Posted by: sano_kanchha June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
होइन के बिधि रमाइलो भएको यो चौपारि मा यो फोक्से केटा ले के भनेको आज मेरो जन्म दिन त होइन त गाठे । अनि फोक्से केटा कैले भन्ने मान्छे म होइन म त सानो कान्छ हो । गलाब ले भनेको कुरा मा पनि मेल खाएन है मैले कता बाट सान्कान्छि लाइ भेटनु हो , अहिले अल्लि बेला भएको छैन के कुनै दिन मिल्यो भने म खबर गर्ने नै छु । हिजो आज यो फुसबाल ले अर्दा चौपारि लाइ तेत्ति टेम दिन पाएको छैन मिस ले पनि भकुण्डो को लागि भनेर नै स्कुल मा चापि लाउनु भएको छ । गयल भए पनि मिस ले माफ् गर्नु हुन्छ। चौपारि मा झगदा गर्ने लाइ पहेलो कागत होइन रातो कागत देखाएर चौपारि बाट बाहिर निकाल्ने कि । मेरो बिचार कस्तो लाग्छ कुन्नि । ठुल्नानि मैले के गफ लगाए भन त तेत्तिकै मलाइ गफ लायो भन्ने यो कुरा अल्लि हजम भएन भोलि यो कुरा लोकतान्त्रीक चौपारि को सदन मा राख्ने छु ।तिमि जस्तो मिठो , गुलियो आप लाइ पनि अ मिलो छ भनेर मैले हिडेको त छैन नि । हो कि होइन भन त । लौ आज पनि जरामुनि ले जित्यो , मैले त फाइनल मा जरामुनि जादैन भनेको त जान्छ कि जस्तो पो छ हो । लौ त म फेरि भकुण्डो हेर्न लागे केरे मन नै मान्दैन भकुण्डो नहेरि । फेरि आउने नै छु तब सम्म लाइ सुभ रात्री ।
Read Full Discussion Thread for this article