[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 229412 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-29-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है तितौरी नानी तिमीले नै बनाउ यसपाळि चौतारी ।मैले छुटेको नामहरु पनि राखिदिएकिछु। बिर्खेजीले सरसल्लाह दिनेगर्नुहुन्थो क्यारे अबचाँहि चौतारीलाइ बिर्सनु भयोजस्तो छ

...."नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे मास्टरनी दिदी, ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्"

कसैको छुटेको भएजानकारी पाम है॥
:D
 
Posted on 06-30-06 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

आबु, रातको तीन बजे, भोली सखारै फेरुन् तो के जाती कामलाई उठ्न छ! यति राती त बोक्सो मात्रै उठ्छ भुन्थे, ऐना हेर्दा आफू नि बोक्सो बोक्सोऽऽऽ जस्तै ला’गो।

क्यार्नु? भाराभुरीले सम्झेचन् के रे! बुढो खोकी थाम्दै भे नि ख्यास्सेको स्वर सुनाम्नै परो!

अन्फेरुन्, यो चौताराँ आयो कि मुलाई त मेरी धोबिनी कै झलझली सम्झना आम्च, गाँठे! तै धोबिनी कै च्यात्त्या पेटीकोटको कस्सम्! बेला बेलाँ दाबिलोले खप्पर ताकेर च्याठेनि निर मुया भुनेको निर मुयई हो के रे! भउते काजी हराको, सालीलाई भगा’र, सिरे नि हरायो, धोबिनीसंगै! बज्जेले ताल मारो जस्तो ला’गो। लु, गाम्ले हो! पञ्चे भेला अरेर कुरोको टुँगो लाम त!

तन्नेरी छँदा हुँदो बारै मास चौताराँ सुर्लेर बित्थो के रे। दुई बीस छुनै ला’को खुईले भएसि जान परिवारको ख्याल अर्नै परो! काम कुरो एकातिर कुम्लो बोकी चौतारीतिर अर्न भे’न। बरु भनम् को को गाम्ले यसपालाओ यन्ये (ANA) मा आम्छौ? आम्नि हो भुने हेरम के रे मुईले तयार पारेको फिलमहुर नि। फिलम सकेसि बसेर मज्जाले दोहोरी पड्काम्ला के रे नि!

लु, दैवले साँचे, नमरी बाँचे, फेरि अर्को पाला मौका पारेर आम्ला के रे। आस अरे, भर चईं नपरे। यस्तै छ अचेल यो पुन्टे बाजेको हालत! मुया चईं मुईले नि मार्ने छैन, तिमेरुले नि नमारे!

रामो राम, सीताऽ पोई!
 
Posted on 06-30-06 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जि,

म पनि भुगोल को बिध्यर्थि परे, भुगोल मा इन्ट्रेस्ट् भयेका साथि हरु को गुगल गुरुप् सुरु गरम कि भन्नि सोचे, के छ तपै को बिचार्
 
Posted on 06-30-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D पून्टे दाई आएर खूब हसाउनु भो। तपैंको फिलिम हेर्न आउन त मन लाग्या हो तर म टाढा परें। :(

हो तितौरी, मैले हिजो पून्टे दाईलाइ अर्कै ठाममा देख्याथें, अनि याँ बोलाएँ, आउनुभो, खुशी लाग्यो।

दादाले हिजो असार १५ राम्ररी मनाउनु भो जस्तो छ नि।

मास्टर्नी दिदी, अब ईस्कूल कहिले देखि खुल्छ?

अम्रिकाने, म भूगोलको विद्यार्थी नभएनि मलाई भूगोल बच्चै देखि मन पर्थ्यो, त्यसैले भूगोलको गुगल ग्रुप बनाउने भए म खुशीसाथ सहभागी हुनेछु।

ठूल्नानीऽऽ, अब एक घण्टामा त भकुन्डो शुरू हुन्छ। याऽऽहूऽऽ :)
 
Posted on 06-30-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे कल्लाई सपोर्ट गरुम् हँ? आज त अब सुकबार भओ केरे म नि हेर्छु भकुन्डो।

अनि १७ लम्बरको चौपारो चिनुम् न दाजुभाइ मिलेर। ल जम्मै आओ कसैले माटो लेउ कसैले ढुगां लेऊ।
 
Posted on 06-30-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिमी कति भाग्यमानी । भकुन्दो नि हेर्न पाको छौ । आफुलै नि कत्ति भकुन्दो हेर्ने मन् च तर आफ्नो तो कर्मै फुतेको। जहिलेनि भकुन्दो हेर्ने बेलमा काम् म हुन्चु।

दादा धरै हिलोमा नखेल्नु होला मस्तेर्नि दिदि ले थाहा पाउनु भो भेने तपैको कान् को जरा उखेल्नु हुन्च।
 
Posted on 06-30-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, पहिलो खेलमा अर्जेन्टिनालाई सपोर्ट गर्नुस्, दोस्रो खेलाँ युक्रेनलाई। म त त्यही गर्छु। :)

अब १७ लम्बरको चौतारो बनाउनु त पर्ने हो, तर कहिले काम कहिले भकुन्डोले गर्दा नभ्याईरा', लौ यसपाली दादाले नै बनाउने हो कि?
 
Posted on 06-30-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, मेरो त काम नि सकिसक्यो, फुटबल हेर्नेको लागि समय मिल्छ, योरोपमै भएको हुनाले। :) चिन्ता नगर, म खबर सुनाइदिन्छु नि तिमीलाई भकुन्डोको। तिम्रो काममा इस्टि्रिमिङ् (streaming) गरेर हेर्न मिल्दैन भकुन्डो? हुन त मेरो काममा नि गर्न पाईन्न, नेटवर्क डाउन भो भने समात्छन्। :) जे भए नि मेरो त आज काम सकिहाल्यो, अब टि भी मा मज्जाले हेर्चु। :)
 
Posted on 06-30-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हाँस्सी खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-
...."नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे मास्टरनी दिदी, ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्"
*** *** ***
Bob Dai : होईन यो मुसी(Mysty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
*** *** ***
uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नाफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)
*** *** ***
gaalab : हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?
*** *** ***
pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु ह‍ै ? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।
*** *** ***
Nepal ko : कोरियाले जित्यो २-१
हुर्रे।
uptowngal : चित्रे धन्यवाद छ तपाईं को जानकारी को लागि ।
*** *** ***
Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, सानोकन्छा, ठुल्ननि चित्रे इन्द्रेनि नि आउलान् गीत् सुनेर ,ल म गीत् सुरु गरौ है त ।

माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........

*** *** ***
miss_ me :
प्रितीलाई---
मेरो उपस्थिती यदि तिम्रो लागि खूसि भए
मैले मेरो सारा खुसि तिमिलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा

*** *** ***
Tyra :
ल ल मिस् लाई है यो चाँहि-

आइ दिए दिनको एक पटक घुम्दै चौतारीमा
खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा

*** *** ***
CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?
*** *** ***
Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!

 
Posted on 06-30-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे माथीकोलाई सुधारेर नयाँ चौपारी खोल। छुटेका दौँतरीहरुको रमाइलो कुरा थप गर है। हतार हतारम गुदी गुदी हेरेको त रमैलो लागो।

भुलचुक लिनेदिने।
 
Posted on 06-30-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हु !लौ ! खै, त नयाँ चौतारी भन्या।
झन् मु चै बिहानै उठेर कुद्दै कुद्दै आएको त नुया चौतरि हेर्न छैन ,हैन यि ठुल्दाइ ठुल्दिदि,मिस् लाइ किन जागर् नलागेको होला। अनि मिस् ले मलाइ बनाउ रे म त सानो मान्छे बोल्न मात्र आउछ ढुङा उचाल्न सक्दिन नि मिस्:)
तर चौतारि बल्ल रमाइलो हुन सुरुभो के ,पुन्टे दाइ ,दादा हरु आउन थालेर,अ , पुन्टेदाइ लाइ बाडुलि मात्र लागेच अबनि आउनभेन भुनि हामि तपाइ को घाटि खस्खस् हुने गरि कुराकाट्ने ,अनि हेरुम्ला कसरि आउनुहुन्न् चौतारि मा बाबै।अनि पुन्ट्दाइ को फिलिम् रे? कुन् चै? लौ न जानकरि पाम्।
दादा किन हिलो मा पछार्या होला?
ठुल्नानि तिमि कत्ति पढ्छौ झन् तिमि लाइ त सबै आउछ त ए,बि,सि,डि ४ वटै।
मलाइ यौटा नि आउदैन ।
 
Posted on 06-30-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारी ल आउन तिमी लाई म सिकाए दिन्छु । ल अब सुरु गरौ अब ए, बि, सि, दि, इ, एफ, जि आज् लै येति नै।
 
Posted on 06-30-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा कुमारी तिमी सानी भएर हो कि अल्छि लागेर हो ?:)
पर्ख है त म लिपपोत गर्दैछु नयाँ चौतारीलाई
 
Posted on 06-30-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(

अब भोलि पोर्चुगलले जित्नु पर्छ ईङ्गल्याण्डलाई।
 
Posted on 06-30-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा आहा मिस् ले नयाँ चौतारी बनाउदै हुनुहुन्छ अब नाच्न पाइनि भो।
चित्रे कत्ति भकुन्डो जात्रा मा अल्मल्ली रा,मिस् लाइ सहयोग् गर्नु पर्दैन। लु म चिसो पानि र भुट्या मकै अनि गुन्द्रुक् को अचार् लिएराउछु है त ।
 
Posted on 06-30-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्जेन्टिना ले हार्यो अब के गर्ने नि। लास्ट होप भनेको पोर्चुगल छ। :(
 
Posted on 06-30-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले मेरो नि लासट होपु पोर्चुगाल नै हो। तर मेरो फ्याउरात युक्रेन नि हो, आज राति खेल्छ।

तितौरी, म मास्टर्नी दिदीलाई सहयोग गर्न तयार छु, तर मेरो यक्रेनको खेल नि आउन लाग्यो क्या।
 
Posted on 06-30-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरन्जितीन ले हारेको मा धरै दुखे लाग्यो । :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
Does he deserve Noble Peace prize??
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
2020 : Why No Trump !
Example of how media controls the sheeps
Michael Kobold's expose on Nimsdai Purja
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters