Posted by: focus.nepal June 20, 2006
समझदारी र दलभित्रका मण्डलेहरुको छटपटाहट
Login in to Rate this Post:     0       ?        
June 20, 2006 समझदारी र दलभित्रका मण्डलेहरुको छटपटाहट- कुमार कान्छा Filed under: Article देश यतिबेला परिवर्तनको प्रशव पीडामा छ । विगत एक दशकदेखिको द्वन्द्व समाधानका लागि नेकपा माओवादी र सात दलबीचको ८ बुँदे सहमति भएको छ । यसले अब देशमा शान्ति स्थापना गराउने छ भन्ने कुरामा आम नेपालीलाई आशावादी बनाएको छ । तर, यति नै बेला केही शंकास्पद स्वरहरु सुनिन थालेका छन् । सात दलको र माओवादीबीचको सझदारी दिल्ली वा कुनै अज्ञात स्थलमा भएको थिएन । सहमति अघिको वार्तामा सात दलका शिर्ष नेताहरु रहेका थिए । तर, अहिले एमाले, कांग्रेस र कांगे्रस प्रजातान्त्रिकभित्र देखिएको भनिएको तथाकथित ‘असन्तुष्टि’ को हौवा कहाँबाट संचालित छ त्यसको खाजी गर्नु जरुरी देखिएको छ । हिजो यिनै संचालितहरुका कारण देशले कुनै निकास दिन नसकेको र निरंकुशतावादीहरुले टाउको उठाएको सन्दर्भमा पुनः त्यो दोहोरिन्न भन्ने छैन । निश्चय नै ऐतिहासिक जनआन्दोलन भाग-२ मा सात दलको भूमिका महत्वपूर्ण छ । तर, त्यसमा नेकपा माओवादीको सहभागिता नदेखिएको हुँदो हो त अहिले सात दलको सभा काभ्रेको पाँच खा र थानकोटको नाकढुंगा पुगिसकेको हुने थियो । किनभने चक्रपथभित्र निषेधाज्ञा जारी हुने वित्तिकै सात दल भित्र छिर्न नसक्ने अवस्थामा पुगिसकेको थियो । बरु सात दलका नेताहरु श्रवण मुकारुङ, अर्जुन पराजुली, मनोज गजुरेलले कविता सुनाउन जम्मा गरेको भीडको कुनै कुनामा थचक्क बसेका देखिन्थे । उनीहरुको पछाडि ४ जनासम्म कार्यकर्ता देखिन सकेका थिएनन् । अझ अहिले चर्का कुरा गर्ने ‘नेता’ हरु कतै तास खेलेर दिन बिताइरहेका थिए भने कति पहुँचका आधारमा सेनाका उच्चपदस्थसँग गल्फ खेलेर दिन बिताइरहेका थिए । जतिबेला आन्दोलन उत्कर्षमा थियो । यसले पनि उनीहरुले अहिले चर्का कुरा गर्ने नैतिक अधिकार गुमाएका छन् । ऐहासिक जनआन्दोलन भाग-२ को माग संसद पुनःस्थापना थिएन । तैपनि दरबारले आफ्नो बचाउ त्यसबाटै हुने देखेर संसद पुनःस्थापना गर्न बाध्य भयो । आन्दोलनकारी त्यसबाट पनि सन्तुष्ट नभएको अवस्थामा सात दलका नेताहरु र विदेशी शक्तिसमेतले जनताको अधिकार स्वीकार गर्ने प्रतिवद्धता जनाएकाले आन्दोलन मथ्थर भएको थियो । त्यसैले अहिले त्यही संसदलाई विषय बनाएर बखेडा गर्नुको कुनै औचित्य छैन । संसद हिजो पनि थियो । त्यसमा माओवादीका पनि ९ सदस्य थिए । संसदबाटै माओवादी जंगल पसे । तर, के संसदबाट समस्या समाधान भो ? बरु सुत्केरी भत्ता खाने संसद निस्किए । संसद खसी बोकाझै किनबेच भए । संसदमा महत्वपूर्ण निर्णय हुँदा केही संसद बैकक सवार भए । संसदले आफ्नै मात्र सुविधा बढाउनेतिर काम गर्यो । देशलाई सिंगापुर बनाउने भन्दै देशलाई हानी पुर्याउने महाकाली सन्धी राति १२ बजे पारित गर्यो । सुविधाको नाममा पजेरो लिएर मारवाडीलाई बेच्यो ।Readmore....पुरा लेख पढन यहाँ क्लिक गर्नुस। From -http://focus.blogsome.com/2006/06/20/p86/#more-86
Read Full Discussion Thread for this article