[Show all top banners]

focus.nepal

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 समझदारी र दलभित्रका मण्डलेहरुको छटपटाहट
[VIEWED 2709 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-06 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

June 20, 2006
समझदारी र दलभित्रका मण्डलेहरुको छटपटाहट- कुमार कान्छा
Filed under: Article
देश यतिबेला परिवर्तनको प्रशव पीडामा छ । विगत एक दशकदेखिको द्वन्द्व समाधानका लागि नेकपा माओवादी र सात दलबीचको ८ बुँदे सहमति भएको छ । यसले अब देशमा शान्ति स्थापना गराउने छ भन्ने कुरामा आम नेपालीलाई आशावादी बनाएको छ । तर, यति नै बेला केही शंकास्पद स्वरहरु सुनिन थालेका छन् ।
सात दलको र माओवादीबीचको सझदारी दिल्ली वा कुनै अज्ञात स्थलमा भएको थिएन । सहमति अघिको वार्तामा सात दलका शिर्ष नेताहरु रहेका थिए । तर, अहिले एमाले, कांग्रेस र कांगे्रस प्रजातान्त्रिकभित्र देखिएको भनिएको तथाकथित ‘असन्तुष्टि’ को हौवा कहाँबाट संचालित छ त्यसको खाजी गर्नु जरुरी देखिएको छ । हिजो यिनै संचालितहरुका कारण देशले कुनै निकास दिन नसकेको र निरंकुशतावादीहरुले टाउको उठाएको सन्दर्भमा पुनः त्यो दोहोरिन्न भन्ने छैन ।
निश्चय नै ऐतिहासिक जनआन्दोलन भाग-२ मा सात दलको भूमिका महत्वपूर्ण छ । तर, त्यसमा नेकपा माओवादीको सहभागिता नदेखिएको हुँदो हो त अहिले सात दलको सभा काभ्रेको पाँच खा र थानकोटको नाकढुंगा पुगिसकेको हुने थियो । किनभने चक्रपथभित्र निषेधाज्ञा जारी हुने वित्तिकै सात दल भित्र छिर्न नसक्ने अवस्थामा पुगिसकेको थियो । बरु सात दलका नेताहरु श्रवण मुकारुङ, अर्जुन पराजुली, मनोज गजुरेलले कविता सुनाउन जम्मा गरेको भीडको कुनै कुनामा थचक्क बसेका देखिन्थे । उनीहरुको पछाडि ४ जनासम्म कार्यकर्ता देखिन सकेका थिएनन् । अझ अहिले चर्का कुरा गर्ने ‘नेता’ हरु कतै तास खेलेर दिन बिताइरहेका थिए भने कति पहुँचका आधारमा सेनाका उच्चपदस्थसँग गल्फ खेलेर दिन बिताइरहेका थिए । जतिबेला आन्दोलन उत्कर्षमा थियो । यसले पनि उनीहरुले अहिले चर्का कुरा गर्ने नैतिक अधिकार गुमाएका छन् ।
ऐहासिक जनआन्दोलन भाग-२ को माग संसद पुनःस्थापना थिएन । तैपनि दरबारले आफ्नो बचाउ त्यसबाटै हुने देखेर संसद पुनःस्थापना गर्न बाध्य भयो । आन्दोलनकारी त्यसबाट पनि सन्तुष्ट नभएको अवस्थामा सात दलका नेताहरु र विदेशी शक्तिसमेतले जनताको अधिकार स्वीकार गर्ने प्रतिवद्धता जनाएकाले आन्दोलन मथ्थर भएको थियो । त्यसैले अहिले त्यही संसदलाई विषय बनाएर बखेडा गर्नुको कुनै औचित्य छैन । संसद हिजो पनि थियो । त्यसमा माओवादीका पनि ९ सदस्य थिए । संसदबाटै माओवादी जंगल पसे । तर, के संसदबाट समस्या समाधान भो ? बरु सुत्केरी भत्ता खाने संसद निस्किए । संसद खसी बोकाझै किनबेच भए । संसदमा महत्वपूर्ण निर्णय हुँदा केही संसद बैकक सवार भए । संसदले आफ्नै मात्र सुविधा बढाउनेतिर काम गर्यो । देशलाई सिंगापुर बनाउने भन्दै देशलाई हानी पुर्याउने महाकाली सन्धी राति १२ बजे पारित गर्यो । सुविधाको नाममा पजेरो लिएर
मारवाडीलाई बेच्यो ।Readmore....पुरा लेख पढन यहाँ क्लिक गर्नुस।

From -http://focus.blogsome.com/2006/06/20/p86/#more-86
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters