Posted by: nepesahila May 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मिति: आज, जो जस संग सम्बन्धित छ। बिषय: जागिर पाउं भन्ने बारे। आदरणीय माष्टरनी नानी, मेरो घरको अवस्था त तपाइलाइ थाह नै होला। मैले पढेर बाकी भको ट्याममा काम गरेर कमाको पैसाले मैले आफ्नो खर्च धान्नुपर्छ। मेरा बाउले कहिले सुकादाम दिदैनन्। तपाइलाइ थाहै छ, अब त म पनि उमेर पुगिसकें, एसेल्सी दिनेबेलाको र खाइलाग्दो पनि भैसकें। बबेदाइ, पुन्टे, सिरेले गांजा खाएर उधुम मच्चाए पनि तहलाउन सक्ने भैसकें। त्यसैले, त्यो प्रौढशिक्षाको कक्षा पढाउने जागीर पाउं भनेर हजुर समक्ष्य यो निबेदन पेस गरेको छु। यो बिषयमा भौते, दादा वा सन्चालक समितीसंग राय सल्लाह लिन परे, म त्यस्को निर्णयनै पनि स्विकार गर्ने छु। हजुरको जो आदेश। उहि तपाइको, साहिला।
Read Full Discussion Thread for this article