Posted by: s.sigdel May 2, 2006
Is Ram Chandra Paudel Gyanedra's Pawn
Login in to Rate this Post:     0       ?        
घोर षडयन्त्र भएको महामन्त्री पौडेलको दावी चितवन डट कम २०६३ बैशाख २० गते बुधबार । नेपाली काग्रेसका महामन्त्री रामचन्द्र पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही समाचार माध्यमहरुमा मन्त्रीहरुको सपथ ग्रहण र संसदमा राजदण्ड राख्ने बारेमा आफ्नो नाम जोडिएर आएका समाचार सतप्रतिशत असत्य र भ्रामक रहेको बताउनु भएको छ । उहाले भन्नुभएको छ ( "मलाई राजदण्ड राख्ने र राजदरबारमा सपथ खान जान भनेको भनि लगाईएको आरोप पुरै झुट्टा हो ।" पौडेलले यी दुइवटै कुरा अब गर्न हुन्न भनेर प्रस्ताव गराउने आफू नै भएको र सातदलको बैठक निर्ण्र्ााोे एजेण्डाबाट पनि सो कुरा स्पष्ट हुने बताउदैं राजाको थिचोमिचो बिरुद्ध सम्झौताहीन संर्घष् गर्दै आएको ब्यक्ति भएकाले आफूले कहिल्यै पनि जनआन्दोलनबाट अनुमोदन भएको जनताको भावनालाई एक रौं पनि तलमाथि नपारी प्रतिनिधित्व गरीरहने प्रतिज्ञा पनि गर्नु भएको छ । आफू माथि लागेको आरोपको बारेमा मंगलबार राती चितवन डट कमसग टेलिफोनमा कुराकानी गर्दै महामन्त्री पौडेलले आफू राजाबाट मन्त्री बनाएर बन्दिन भन्ने ब्यक्ति भएको स्मरण गराउदैं जनताप्रतिको आफ्नो स्नेह भत्काउन गरिएको पछिल्लो षडयन्त्रका रुपमा नियोजित रुपमा समाचारहरु प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाउनु भयो । "म उपप्रधानमन्त्रीमा नियुक्त हुने चर्चा चलेपछि आफू पोर्टफोलियोमा माथि पर्नको लागि थालिएको षडयन्त्र हुनसक्छ ।" उहाले भन्नुभयो ( "मन्त्री बन्नु नबन्नु अहिलेको अवस्थामा ठूलो कुरा होइन,जनताको अभिमत अनुसार काम गर्नुलाई नै मैले आफ्नो जीवनको अभिष्ट सम्झेको छु ।" पौडेलले क्रान्ति सफल भएपछि त्यसमा लागेका क्रान्तिकारीलाई ओझेलमा पार्नका लागि पहिले पहिले पनि यस्ता निकृष्ट किसिमका घोर षडयन्त्रहरु हुने गरेका सम्झाउदैं आफूल्इ र्पनि अहिले त्यसैको शिकार बनाउन खोजिएको दावी गर्नुभयो । साथै मंगलवार साझ पौडेलले नीजिक्षेत्रको एक टेलिभिजन कान्तिपुरमा प्रतिकृया दिदै आफु सरकारमा जान भन्दा दलमा वसेर काम गर्न र वयोवृद्ध नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई सहयोग गर्न र सदैव त्यसका लागि आफु तयार भएको र मन्त्रीमण्डलको भागवण्डामा किचलोमा आफु नरहेको वताउनु भएको छ ।
Read Full Discussion Thread for this article