Posted by: another_nepali April 22, 2006
In the Democracy of Protesting Parties
Login in to Rate this Post:     0       ?        
अहिलेको सात दलहरुको आन्दोलनको स्वरुप हेर्दा उनिहरुको कानुनि राज्य वा डेमोक्र्यासिमा यस्तो यस्तो गर्न पाइने देखिन्छा। आफ्नो राजनितिक माग पुरा गराउन जबर्जस्ति अरुको पसल, कार्यालय, स्कुल, बिजनेस आदि बन्द गराउन सकिने। कसैले पनि अरुको आवतजावत् रोक्न पाइने, यदि अटेर गरेमा कुटपिट र सवारि साधन जलाउन वा तोडफोड गर्न सकिने। सरकार मन पर्दैन भने कर तिर्न नपर्ने। कर्मचारिहरु र बिद्यार्थिहरुले फुलटाइम राजनितिमा लाग्नुपर्ने, जनताले तिरेको करले चल्ने कार्यालय र शैक्षिक सस्थांहरु काम गर्ने र पढ्ने भन्दापनि राजनितिक कार्यकर्ताहरु उत्पादन गर्ने थलो बन्नुपर्ने। सरकारले लगाएको कर्फ्यु, निषेध-आज्ञा आदि पालन गर्न नपर्ने। पुलिस, सैनिक र कर्मचारिहरुले सत्तामा रहेको सरकारसगं राजनितिक असहमत भएमा सरकारको आदेस नमानि बिपक्षिको आदेस मान्दा हुने। राजनितिक प्रतिद्वन्दिहरुलाइ गालिगलौज गर्न पाइने, आफुमात्रै जिन्दाबाद, आफुसगं असहमत हुने अरु सबै मुर्दाबादको निति लागु हुने। सबिंधान् र कानुनको ब्याख्या गर्ने आन्तिम अधिकार पार्टिहरुलाइ हुने, कुनै फैसला चित्त नबुझे मान्न कर नलाग्ने। आफुसगं राजनितिक असहमति हुनेलाइ जबर्जस्ति सामाजिक बहिष्कार गर्न सकिने, कालोमोसो दल्ने र जुत्ताको माला लगाउन पाइने। आफ्नो राजनितिक उद्देश्य प्राप्तिकोलागि हिँसात्मक वा अहिँसात्मक जस्तोसुकै बाटो पनि अगाँल्न पाइने। आफुले नरुचाएको चुनाबमा अरुलाइ पनि जबर्जस्ति रोक्न पाइने।
Read Full Discussion Thread for this article