Posted by: newuser April 17, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
*प्रजातन्त्रजी माथीको तश्विरमा मानिसहरुको सहभागितालाई ठूलो देखाउन फोटशपको दुरुपयोग भएको छैन भन्ने कुरा त तपाईंले बुझिसक्नुभयो। तर प्रकाशन पत्रकारिता - प्रेस र अनलाइनमा फोटोको अवलवकनलाई प्रभावकारी बनाउन केहि चमकधमक गर्ने छुट अवश्य छ। विश्वको जुनसुकै संचार माध्यामले पनि तश्विर प्रकाशन गर्दा सामान्य सम्पादनका लागि फोटोशपको प्रयोग गर्न सक्छन र गरिरहेका हुन्छन, तर खिचिएको तश्विरको गुणस्तर हेरेर कम बेसी सम्पादन हुन्छ वा कहिलेकाहीं दुरुस्तै छापिएको पनि हुनसक्छ। *टेलिभिजन पत्रकारितामा सबै घटनाहरुको फुटेज प्राप्त गर्नु झण्डै असम्भव कुरा हो। त्यसैले मिल्दोजुल्दो विषयमा आर्काइभबाट पूराना फुटेजहरु निकालेर प्रशारण गर्नु पूर्णतया स्वभाविक हुन्छ। बीबीसी, सिएनएन, अल-जजीरा जस्ता नेटवर्कले पनि प्रसस्त मात्रामा पूराना फुटेजहरु देखाइरहेका हुन्छन। र यसमा टेलिभिजनको साधन स्रोतको पनि भूमिका हुन्छ। समाचारको उद्गमस्थलबाट, घटना घटेको समयमै लिइएको दृश्य भएसम्म कसैले आर्काइभ खोज्न चाहदैन। नभएपछि मिल्दोजुल्दो फुटेज प्रशारण गर्नु स्वभाविक हो। पूराना तश्विर र श्रव्य सामाग्रीको पुन:प्रकाशन/प्रशारण सन्दर्भ हेरेरे पत्रिका,अनलाइन र रेडियोमा समेत हुन्छ। *तश्वरमा फोटोशप मात्रै होइन,समाचारको टेक्स्ट, श्रव्य/दृश्य सामाग्रीको पीच/लेवल/ब्राइटनेस/जुम/ मिक्सिङ/काँटछाँट आदि गुणस्तर वृद्धि र सम्पादनका लागि विभिन्न शफ्टवेयरको प्रयोग गर्नु व्यवसायिक पत्रकारिताको एउटा पक्ष हो। *जहाँसम्म अख्तियार प्रकरणको कुरा छ, नीजी लगानीको पत्रिका भएकाले आफ्नो संलग्नता भएका प्रकरणहरुमा संस्थागत स्वार्थ संरक्षण गर्ने क्रममा केहि सूचनालाई लुकाउने वा तोडमोड गर्ने काम कान्तिपुरले नगरेको होला भन्न सकिन्न। यस्तो काम पश्चिमा प्रकाशनहरुबाट पनि भैरहेको हुन्छ। खाली कुन स्तरमा भन्ने कुरा महत्वपूर्ण हो। यदि अति नै गरियो भने सम्वन्धित मिडियाले आफै साख गुमाउन पुग्छ। स्तर निर्धारण गर्ने काम लक्षित दर्शक, श्रोता, पाठकको हो। तर निजी मिडियामा conflict of interest बढिनै आइपर्नसक्छ। यसो भन्दैमा कैलाश सिरोहियामाथी कारवाही गरिएकाले कान्तिपुर राजा विरोधी निक्लेको हो भनि गम्भीर आरोप लगाउनु वा संशय गर्नु त्यहाँ कार्यरत सैयौं पत्रकारहरुको व्यवसायिकतामाथी लांछना लगाउनु हो। कान्तिपुर नेपालका शिक्षित युवा पेशेवरहरुको एउटा प्रतिनिधी संस्था हो त्यसैले उसका प्रकाशन/ प्रशारणमा युवा जनमत अभिव्यक्त भैरहेको हुन्छ भन्ने वुझ्न जरुरी छ। गल्ति औंल्याउनु अवश्य पनि उचित छ तर हचुवा आरोपहरु लगाउनु युक्तिसंगत हुँदैन। अप्रमाणित विवादास्पद कुराहरु उठाएर कान्तिपुरका सबल पक्षहरुलाई ओझेलमा पार्दा त्यहाँका पेशेवरहरुको मिहिनेतको उपहास हुन जान्छ। (पुनश्च: माथीका कुराहरु कान्तिपुरका एकजना नियमित पाठकका नितान्त व्यक्तिगत बिचार हुन। यसमा सहमत असहमत हुनेले न्यूयुजरलाई आफ्ना जवाफमा नतान्नुहोला, धन्यवाद)
Read Full Discussion Thread for this article