Posted by: General April 16, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
मैले माथी गरेको कमेन्ट प्रजातन्त्र भन्ने साथीको विपक्षमा हैन। म उहाँलाई धेरै पहिले देखि चिन्छु- साझावाट मात्र है फेरी। उहाँका धेरै पोष्टहरु नेपालमा लोकतान्त्रिक गणतन्त्रका लागि उपयोगि छन् र म उहाँको प्रशंशक पनि हुँ। नामैले पनि उहाँ मलाई अति अति प्रिय लाग्छ। उहाँलाई यहाँ कसैले ज्ञानेको अथवा कमलेको मान्छे भन्लान्, त्यो मलाई मान्य छैन। उहाँ प्रजातन्त्रवादी हो र रहिरहनु हुनेछ। अब रह्यो कान्तिपुरलाई उहाँले लगाउनु भएको कपिलकल्पित लान्छानाको कुरा। मेरो विचारमा उहाँलाई कान्तिपुरको सानो कुरा निकालेर मन्डले भन्न पाईँदैन। उहाँको रगतमा नै प्रजातन्त्र घुसेको छ। उहाँ जन्मजात प्रजातन्त्रबादी हो। त्यसैले उहाँले जोसमा आएर कान्तिपुरमाथी गर्नु भएको टिप्पणीलाई लिएर हामीले उहाँ माथी नै अविश्बास चाहिँ गर्नु हुन्न है फेरी। फेरी माथिकै पोष्टमा भने जस्तै "सानातिना गल्तिले कसैलाई होच्याएर नबोलौँ। सुद्रने मौका दिउँ।" मलाई विश्वास छ, प्रजातन्त्रजीले सबैका सामु आफ्नो गल्तिलाई महसुस गर्नु हुनेछ। जनरल (गोतामेजी, जनरल क्या जनरल माने सिम्पल--- जर्नेल हैन है!)
Read Full Discussion Thread for this article