Posted by: aman February 23, 2006
Nepal is best country for these MF
Login in to Rate this Post:     0       ?        
निजी सचिव भएको चार वर्षमै विशाल घर केदार ओझा काठमाडौं, फागुन १० - प्रहरी महानिरीक्षक श्यामभक्त थापाले अपहरण र डकैतीको अभियोग लागेका प्रहरी निरीक्षकलाई कारबाही नगर्नुको कारण अत्यन्त निकट सम्बन्ध भएको पाइएको छ । महानिरीक्षकको निजी सचिवालयमा कार्यरत प्रहरी निरीक्षक सुरेश ढुंगाना काठमाडौं जिल्ला प्रहरीले डकैती प्रकरणमा अनुसन्धानका लागि तीन सातादेखि खोज्दा पनि बिहीबार रातिसम्म फेला परेका छैनन् । तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ । निरीक्षक ढुंगानासँगै सचिवालयका अर्का आरोपित प्रहरी सहायक निरीक्षक किरण जोशी पनि सम्पर्कबाहिर छन् । सम्बद्ध स्रोतका अनुसार काठमाडौंको गोकर्ण गाविस स्थायी निवासी महानिरीक्षक थापा र प्रहरी निरीक्षक ढुंगानाबीच अति निकटको सम्बन्ध छ । ढुंगानालाईर् महानिरीक्षक थापा ०५५ सालमा विराटनगरमा नायब प्रहरी महानिरीक्षक -डीआईजी) हुँदा प्रहरी सेवामा प्रवेश गराएका हुन् । प्रहरी सहायक निरीक्षक बनेका ढुंगाना तालिम सकिएलगत्तैदेखि हालसम्म थापाको निजी सचिव हुँदै आएका छन् । स्रोतका अनुसार पैतृक सम्पतिसमेत नपाएका ढुंगानाले थापाको निजी सचिव भएको केही वर्षमै विशालनगरमा ९३ लाख रुपैयाँ तिरेर घरजग्गा किनेका थिए । डेढ रोपनी जग्गामा रहेको आधुनिक सुविधासम्पन्न उक्त घरमा ढुंगाना बस्ने गर्छन् । त्यसलगत्तै उनले बुद्धनगरमा बन्दै गरेको अर्को घरसमेत किनेको स्रोतले जनाएको छ । डेढ वर्षअघि यस्तैगरी न्युरोडबाट भारतीय मूलका एक व्यापारीलाई अपहरण गरी एउटा कार हात पारेको आरोपसमेत उनलाई लागेको छ । थापासँगको निकटताका कारण जागिर सुरु गरेको चार वर्षमै भव्य घर किन्न सक्ने ढुंगानाको आर्थिक हैसियत त्यसपछि पनि बढदै गएको देखेर उनका समकक्षीहरू चकित हुने गरेका छन् । ढुंगानाको समूह सचिवालयबाट नियमित रूपमा अधिराज्यभरि घुम्ने गथ्र्यो । दुई महिनाअघि मात्र पूर्वाञ्चल जाँदै गर्दा उनले आफैं चलाएको टाटा मोबाइलले महेन्द्र राजमार्गको सप्तरी जिल्लाका एकै घरका बाबुछोरालाई ठक्कर दिई मारेको घटनामा पनि कुनै कारबाही भएको छैन । उनलाई सप्तरी जिल्ला प्रहरीले पक्राउ गरी पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर पुर्‍याएको थियो । तर प्रहरी महानिरीक्षकको शक्ति लगाउँदै उनी कार्यालय परिसरमै दुई राउन्ड गोली फायर गरी काठमाडौं फर्केका थिए । त्यसमा पनि उनलाई कुनै कारबाही भएको छैन । सवारी दुर्घटनामा मारिएका बाबुछोराको परिवारले कुनै राहत पनि पाउन सकेको छैन । महानिरीक्षकसँग व्यक्तिगतका साथै आर्थिक मिलेमतोसमेत रहँदै आएको शंका गर्ने उच्च अधिकृतहरू त्यही कारण ढुंगानालाई कारबाही गर्न थापाले रोक्दै आएको बताउँछन् ।
Read Full Discussion Thread for this article