[Show all top banners]

aman

More by aman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepal is best country for these MF
[VIEWED 1752 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निजी सचिव भएको चार वर्षमै विशाल घर



केदार ओझा


काठमाडौं, फागुन १० - प्रहरी महानिरीक्षक श्यामभक्त थापाले अपहरण र डकैतीको अभियोग लागेका प्रहरी निरीक्षकलाई कारबाही नगर्नुको कारण अत्यन्त निकट सम्बन्ध भएको पाइएको छ ।
महानिरीक्षकको निजी सचिवालयमा कार्यरत प्रहरी निरीक्षक सुरेश ढुंगाना काठमाडौं जिल्ला प्रहरीले डकैती प्रकरणमा अनुसन्धानका लागि तीन सातादेखि खोज्दा पनि बिहीबार रातिसम्म फेला परेका छैनन् ।

तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ ।

निरीक्षक ढुंगानासँगै सचिवालयका अर्का आरोपित प्रहरी सहायक निरीक्षक किरण जोशी पनि सम्पर्कबाहिर छन् ।

सम्बद्ध स्रोतका अनुसार काठमाडौंको गोकर्ण गाविस स्थायी निवासी महानिरीक्षक थापा र प्रहरी निरीक्षक ढुंगानाबीच अति निकटको सम्बन्ध छ । ढुंगानालाईर् महानिरीक्षक थापा ०५५ सालमा विराटनगरमा नायब प्रहरी महानिरीक्षक

-डीआईजी) हुँदा प्रहरी सेवामा प्रवेश गराएका हुन् । प्रहरी सहायक निरीक्षक बनेका ढुंगाना तालिम सकिएलगत्तैदेखि हालसम्म थापाको निजी सचिव हुँदै आएका छन् ।

स्रोतका अनुसार पैतृक सम्पतिसमेत नपाएका ढुंगानाले थापाको निजी सचिव भएको केही वर्षमै विशालनगरमा ९३ लाख रुपैयाँ तिरेर घरजग्गा किनेका थिए । डेढ

रोपनी जग्गामा रहेको आधुनिक सुविधासम्पन्न उक्त घरमा ढुंगाना बस्ने गर्छन् ।

त्यसलगत्तै उनले बुद्धनगरमा बन्दै गरेको अर्को घरसमेत किनेको स्रोतले जनाएको छ । डेढ वर्षअघि यस्तैगरी न्युरोडबाट भारतीय मूलका एक व्यापारीलाई अपहरण गरी एउटा कार हात पारेको आरोपसमेत उनलाई लागेको छ । थापासँगको निकटताका कारण जागिर सुरु गरेको चार वर्षमै भव्य घर किन्न सक्ने ढुंगानाको आर्थिक हैसियत त्यसपछि पनि बढदै गएको देखेर उनका समकक्षीहरू चकित हुने गरेका छन् ।

ढुंगानाको समूह सचिवालयबाट नियमित रूपमा अधिराज्यभरि घुम्ने गथ्र्यो । दुई महिनाअघि मात्र पूर्वाञ्चल जाँदै गर्दा उनले आफैं चलाएको टाटा मोबाइलले महेन्द्र राजमार्गको सप्तरी जिल्लाका एकै घरका बाबुछोरालाई ठक्कर दिई मारेको घटनामा पनि कुनै कारबाही भएको छैन ।

उनलाई सप्तरी जिल्ला प्रहरीले पक्राउ गरी पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर पुर्‍याएको थियो । तर प्रहरी महानिरीक्षकको शक्ति लगाउँदै उनी कार्यालय परिसरमै दुई राउन्ड गोली फायर गरी काठमाडौं फर्केका थिए । त्यसमा पनि उनलाई कुनै कारबाही भएको छैन । सवारी दुर्घटनामा मारिएका बाबुछोराको परिवारले कुनै राहत पनि पाउन सकेको छैन ।

महानिरीक्षकसँग व्यक्तिगतका साथै आर्थिक मिलेमतोसमेत रहँदै आएको शंका गर्ने उच्च अधिकृतहरू त्यही कारण ढुंगानालाई कारबाही गर्न थापाले रोक्दै आएको बताउँछन् ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters