Posted by: gwajyo January 3, 2006
believe it or not ! (version Nepali)
Login in to Rate this Post:     0       ?        
खतरनाक अनुबन्ध कुनै पनि विदेशी खेलाडीहरू अनुबन्धनका क्रममा आवश्यक ठानिने इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट -आईटीसी) बिना नै नेपाली क्लबले जुनसुकै विदेशीलाई आफ्नो टोलीमा अनुबन्धित गर्न सक्ने गरी एन्फाले यसै वर्ष लागू गरेको यो नियम भने खतरनाक देखिन्छ । अन्य मुलुकमा विदेशी खेलाडीहरूलाई अनुबन्धित गरिँदा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ -फिफा), खेलाडीको सम्बन्धित देशको फुटबल सङ्घ वा क्लबले सिफारिस गरेको 'ट्रान्सफर सर्टिफिकेट' का आधारमा गरिन्छ । तर, नेपालमा भने व्यावसायिक फुटबलको यो विश्वव्यापी मान्यताको 'ट्रयाक' भन्दा पर गएर खेलाडी अनुबन्धन गर्न थालिएको छ । विशेषगरी अश्वेत मूलका फुटबल खेलाडीहरूको अनुबन्धनको सवालमा यो नियम जरुरी देखिन्छ । आईटीसीबिना नै खेलाडी अनुबन्धनकै कारण हाल विभिन्न क्लबमा खेलिरहेका विदेशी खेलाडीहरूको वास्तविक पहिचान गौण छ । उनीहरू कसरी नेपालसम्म आए ? फुटबलका अतिरिक्त अन्य केही पेसामा संलग्न छन् कि ? उनीहरूको भिसा अवधि कतिसम्म छ ? यावत् प्रश्नहरू अनुत्तरित छन् । एमएमसीले अनुबन्धन गरेका खेलाडीहरूबाहेक अन्य विदेशी खेलाडीहरूको हकमा यी प्रश्नहरू झनै सान्दर्भिक छन् । एमएमसीले 'सकरएज डटकम' का प्रमुख उपेन्द्र श्रेष्ठको सहयोग एवम् क्यानाडास्थित एजेन्टमार्फत नाइजेरियन खेलाडीहरूलाई क्लबमा ल्याएको छ । तर, अन्य क्लबले कसरी नाइजेरियालीहरूलाई क्लबमा ल्याए त ? यो विषय अपारदर्शी छ । एमएमसीका कानुनी सल्लाहकार कुमार भट्टराईको भनाइमा, "यो नियमलाई राम्रो भन्न सकिँदैन ।" स्मरणीय रहोस्, ०६१ पुस १६ गते शाही सेनाका अवकासप्राप्त एक कर्णेलको हाँडीगाउँस्थित घरबाट प्रहरीले १० पुरुष र चार महिला गरी १४ जना नाइजेरियनहरूलाई नक्कली डलर बनाउने नेगेटिभसँगै लागूऔषध हेरोइनसहित पक्राउ गर्ΕΎयो । र, त्यो त्यही समूह थियो, जो पक्राउ पर्नुअघि हरेक बिहान लैनचौरस्थित मैदानमा फुटबल खेल्थ्यो । यस पृष्ठभूमिमा आइटीसीबिना नै नाइजेरियनहरूलाई क्लबबाट खेल्न दिने एन्फाको नियमको परिणाम शंकास्पद हुन सक्छ । खेलाडीको त्यो बाहिरी आवरणभित्र कुरूपता भेटिए, त्यो क्लबहरूका लागि मात्र होइन, एन्फाका लागिसमेत अफापसिद्ध हुनेछ । http://www.kantipuronline.com/nepalkhelkood.php
Read Full Discussion Thread for this article