[VIEWED 2472
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 01-03-06 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्बिटबाट छात्रवृत्ति विदेशमा अध्ययन गर्न चाहनेहरूलाई आवश्यक भाषागत तयारी कक्षा, परामर्श तथा अन्य सहयोग पुर्žयाउँदै आएको अर्बिट इन्टरन्यासनल एजुकेसनमार्फत हाल झन्डै दुई दर्जन विद्यार्थीले अमेरिकामा छात्रवृत्ति पाएका छन् । तीमध्ये एक जनाले पूर्ण छात्रवृत्ति, १३ जनाले ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । कम्पनीका अनुसार पाँच वर्षमा अर्बिट एजुकेसनमार्फत चार सयभन्दा बढी विद्यार्थी अमेरिका उच्च शिक्षाका लागि गएका छन् । http://www.kantipuronline.com/nepalbazar.php
|
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 01-03-06 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेती महावाणीको प्रसङ्ग राजाका 'महावाणी' को हो । विभिन्न अवसरमा, मुख्यतः 'माघ १९' पछि राजाले देशमा प्रजातन्त्र छ र नेपाल अधिराज्यको संविधान, ०४७ अनुसार नै आफूले शासन गरिरहेको छु भन्ने अर्थ लाग्ने वाक्यांश प्रकट गरेका छन् । दुनियाँसामु यस्तै भनाइ राखेर प्रजातन्त्रको दुहाइ दिइरहेका राजाका 'महावाणी' लाई सार्वजनिक ठाउँमा राखिदिएर सूचना विभागले राजा र 'राजाको प्रजातन्त्र' दुवैलाई गुन लगाएको छ ! दुनियाँका नजर सदैव ठोक्किने मूल सडकमा टाँगिएको राजा ज्ञानेन्द्रको भनाइ 'लोकसम्मति र जनआकाङ्क्षा' को अर्थ कसरी लगाउने हो ? अझ 'माघ १९' पछिको शासनमा कति जनआकाङ्क्षाको कदर गरिएको छ, त्यसको साक्षी नेपाली जनता मात्रै छैनन्, अन्तर्राष्ट्रिय जगत् पनि छ । १० लाखभन्दा बढी खर्च गरेर राखिएका यी होर्डिङ्बोर्डबारे काठमाडौँ महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीसम्म बेखबर थिए । दरबारको स्वीकृति मिलेपछि सूचना विभागले कसैलाई सोध्नुपर्ने जरुरी पनि ठानेन । सूचना विभागका कर्मचारीका अनुसार सिंहदरबारको मुख्य गेटछेउमा बोर्ड झुन्ड्याउन खोज्दा त्यहाँ तैनाथ सेनाले अवरोध गर्न खोजेका थिए तर 'दरबारको हो' भनेपछि चुप लागे । सार्वजनिक स्थलमा आँखाकै अगाडि पर्ने गरेर झुन्ड्याइएका होर्डिङ्बोर्डले दुर्घटनासमेत निम्त्याउने हुँदा यसतर्फ ध्यान नदिई राखिएका बोर्ड महानगरपालिकाले आवश्यक ठानेमा झिक्नसमेत सक्ने बेहोरा निर्देशिकामा उल्लेख छ । कतिपय 'महावाणी' कोरिएका होर्डिङ्बोर्डसमेत सुरक्षाका दृष्टिले असुरक्षित पाइएको महानगरको जानकारीमा भए पनि ती 'विशेष' भएकाले केही बोल्न नसकेको एक कर्मचारी बताउँछन् । http://www.kantipuronline.com/nepalsarokar.php
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 01-03-06 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खतरनाक अनुबन्ध कुनै पनि विदेशी खेलाडीहरू अनुबन्धनका क्रममा आवश्यक ठानिने इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट -आईटीसी) बिना नै नेपाली क्लबले जुनसुकै विदेशीलाई आफ्नो टोलीमा अनुबन्धित गर्न सक्ने गरी एन्फाले यसै वर्ष लागू गरेको यो नियम भने खतरनाक देखिन्छ । अन्य मुलुकमा विदेशी खेलाडीहरूलाई अनुबन्धित गरिँदा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ -फिफा), खेलाडीको सम्बन्धित देशको फुटबल सङ्घ वा क्लबले सिफारिस गरेको 'ट्रान्सफर सर्टिफिकेट' का आधारमा गरिन्छ । तर, नेपालमा भने व्यावसायिक फुटबलको यो विश्वव्यापी मान्यताको 'ट्रयाक' भन्दा पर गएर खेलाडी अनुबन्धन गर्न थालिएको छ । विशेषगरी अश्वेत मूलका फुटबल खेलाडीहरूको अनुबन्धनको सवालमा यो नियम जरुरी देखिन्छ । आईटीसीबिना नै खेलाडी अनुबन्धनकै कारण हाल विभिन्न क्लबमा खेलिरहेका विदेशी खेलाडीहरूको वास्तविक पहिचान गौण छ । उनीहरू कसरी नेपालसम्म आए ? फुटबलका अतिरिक्त अन्य केही पेसामा संलग्न छन् कि ? उनीहरूको भिसा अवधि कतिसम्म छ ? यावत् प्रश्नहरू अनुत्तरित छन् । एमएमसीले अनुबन्धन गरेका खेलाडीहरूबाहेक अन्य विदेशी खेलाडीहरूको हकमा यी प्रश्नहरू झनै सान्दर्भिक छन् । एमएमसीले 'सकरएज डटकम' का प्रमुख उपेन्द्र श्रेष्ठको सहयोग एवम् क्यानाडास्थित एजेन्टमार्फत नाइजेरियन खेलाडीहरूलाई क्लबमा ल्याएको छ । तर, अन्य क्लबले कसरी नाइजेरियालीहरूलाई क्लबमा ल्याए त ? यो विषय अपारदर्शी छ । एमएमसीका कानुनी सल्लाहकार कुमार भट्टराईको भनाइमा, "यो नियमलाई राम्रो भन्न सकिँदैन ।" स्मरणीय रहोस्, ०६१ पुस १६ गते शाही सेनाका अवकासप्राप्त एक कर्णेलको हाँडीगाउँस्थित घरबाट प्रहरीले १० पुरुष र चार महिला गरी १४ जना नाइजेरियनहरूलाई नक्कली डलर बनाउने नेगेटिभसँगै लागूऔषध हेरोइनसहित पक्राउ गर्žयो । र, त्यो त्यही समूह थियो, जो पक्राउ पर्नुअघि हरेक बिहान लैनचौरस्थित मैदानमा फुटबल खेल्थ्यो । यस पृष्ठभूमिमा आइटीसीबिना नै नाइजेरियनहरूलाई क्लबबाट खेल्न दिने एन्फाको नियमको परिणाम शंकास्पद हुन सक्छ । खेलाडीको त्यो बाहिरी आवरणभित्र कुरूपता भेटिए, त्यो क्लबहरूका लागि मात्र होइन, एन्फाका लागिसमेत अफापसिद्ध हुनेछ । http://www.kantipuronline.com/nepalkhelkood.php
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 01-03-06 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
युरोपमा नेपाली मालिस नस्मा श्रेष्ठ साइब्लर, ४७, असीको दशकमा आर्किटेक्टकी विद्यार्थी थिइन् । भीमफेदीमा जन्मिएकी उनी उच्च शिक्षाका लागि इन्जिनियरिङ् कलेज पुल्चोकमा भर्ना भइन् । उसबेला आईई गरेपछि बीई पढ्ने अवसर नेपालमा पाइन्नथ्यो । त्यसबेला उनले भक्तपुर डेभलपमेन्ट प्रोजेक्टमा काम पाइन् । कामकै सिलसिलामा उनले सात समुन्द्रपारिबाट प्रोजेक्टमा काम गर्न आएका डा जोभानी साइब्लरलाई जीवनसाथीका रूपमा फेला पारिन् । झट्ट सुन्दा कुरा यत्तिमै सकिएजस्तो लाग्छ । तर, कुराको चुरो त यहाँबाट सुरु हुन्छ । बिहे गरेर उनी जोभानीको गृह देश स्वीट्जरल्यान्ड गइन् । कुरो २४ वर्षअगाडिको हो, जुरिच अस्पतालमा उनले पहिलो सन्तान जन्माइन् । एकल परिवारको संस्कार भएको देशमा बच्चा सुत्केरी आमाले नै स्याहार्ने चलन थियो । नस्माले चाहिँ नेपालबाट आफ्नी आमालाई सुत्केरी स्याहार्न बोलाइन् । उनकी आमाले अस्पतालमा नै गएर नवजात शिशुलाई तेल मालिस गरिदिइन् । यो देखेपछि अस्पतालका डाक्टरहरूले आश्चर्य मात्रै मानेनन्, त्यस्तो सेवा जो-जसले चाहन्छ, त्यसलाई प्रदान गर्न अनुरोध पनि गरे । यसपछि त के चाहियो ? अस्पतालका नर्सहरू नस्माको घरैमा आएर तेल मालिसको अभ्यास गर्न थाले । उनले आफ्नै नवजात छोरीलाई तेल लाइन् र देखाइन् । येनकेन तीन वर्ष बित्यो । सन् १९८६ मा नस्माले 'बेबी मसाज' नामक इन्स्िटच्युट नै स्थापना गरिन् स्वीट्जरल्यान्डमा । यसपछि उनले पछाडि र्फकनु त के भ्याइनभ्याई काम गरिरहेकी छन् । आगामी दुई वर्षका लागि उनको इन्स्िटच्युट 'बुक' भइसकेको छ । यसपछि उनले तेल लगाउने काम आमाले भन्दा बुबाले गर्नु उचित हुने ठहर गरिन् । यसमा उनको तर्क छ, "आमासँग त यसै पनि शिशुको सामीप्यता हुन्छ तर बाबुको धेरै नहुने हुनाले यसो गरिएको हो ।" उनले यो तालिम अस्टि्रया, जर्मनी र स्वीट्जरल्यान्डमा दिइसकिन् । भाषाका कारण अरू देशमा दिन सकेकी छैनन् । भन्छिन्, "डच भाषामा लेखिएको पुस्तक अब अङ्ग्रेजीमा अनुवाद गर्ने विचारमा छु ।" पछिल्लो समय माइती आउँदा उनलाई यो चलन नेपालमा चाहिँ हराउँदै जान थालेको आभास भयो । यसप्रति उनलाई चिन्ता पनि लागेको छ । यसका लागि जनवरीभरि उनले नेपालमा तेल मालिससम्बन्धी प्रदर्शनी गर्नेछिन् । धुलिखेल अस्पतालमा १५ दिने प्रदर्शनी सकिएपछि भावी दिनमा नेपालमा के गर्न सकिन्छ भन्ने खाका पनि उनले तयार गर्ने छिन् । http://www.kantipuronline.com/nepalindreni.php
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 01-08-06 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दौतरी मात्र होइन, बुज्रुकहरू पनि उनलाई 'जाजरकोटी वैज्ञानिक' को उपमा दिन्छन् । नदिऊन् पनि किन, अझै मध्ययुगीन अवस्थामा गुम्सिएको जाजरकोटी परिवेशमा बालकुमार शर्मा, २०, ले आफ्नै बुताले एफएम र टेलिभिजन च्यानल चलाएका छन् । करिब डेढ वर्षअघि आप\mनो जिज्ञासु स्वभावलाई परीक्षण गर्दा उनी सफल भए । त्यससम्बन्धी कुनै औपचारिक शिक्षा नलिएका शर्मा भन्छन्, "बिगि्रएको रेडियोलाई बनाउने क्रममा नयाँ प्रयोग थाल्दा एफएम र टेलिभिजन च्यानल बनाउन सफल भएँ ।" प्रतिभा प्रस्फुटन भएको लगत्तै उनले २७ दिन परीक्षण प्रसारण गरे, मालिका एफएम ९६.३ मेगाहर्जको नाममा । स्थानीयवासीले टेलिभिजन पनि हेरे । उनको सिर्जनशीलताले छिमेकी जिल्ला रुकुमको सल्ले एयरपोर्ट र सल्यानको कैनकाँडालाई समेत असर गर्यो । हरेक दिन बिहान-बेलुका दुई-दुई घण्टा एफएम प्रसारण गर्ने क्रममा एक दिन स्थानीय मातपोत अधिकृतले घूस मागेको रेकर्डसहितको स्थानीय समाचार प्रसारण गरेपछि स्थानीय प्रशासनले उनको काममा भाँजो हाल्यो । स्थानीय भेरी ज्ञानोदय क्याम्पसमा स्नातक पढ्दै गरेका शर्मा भन्छन्, "राजा ज्ञानेन्द्रले जाजरकोट भ्रमण गर्दा प्रशासनले राजाको सवारीको प्रत्यक्ष प्रसारण गर्न भनेको थियो तर मैले मानिनँ ।" यसै वर्ष रोनास्टद्वारा प्रदान गरिएको २५ हजार नगदको राष्ट्रिय प्रतिभा पुरस्कार हात पारेका शर्माको अनुभवमा देशको विद्यमान निरङ्कुशताले प्रतिभाहरूलाई खुम्चिन बाध्य पारेको छ । दिनेशजङ्ग शाह/जाजरकोट http://www.kantipuronline.com/Nepal/ankhijhal.php
|
|
|
gwajyo
Please log in to subscribe to gwajyo's postings.
Posted on 01-08-06 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपाङ्ग बालक पनि गर्जो टार्ने माध्यम बनेका छन् भन्दा धेरैले नपत्याउन सक्छन् । तर, सात सदस्यीय परिवारको दैनिक गर्जो टार्ने सहारा बनेका छन्, एक आठ वषर्ीय अपाङ्ग बालक । कपिलवस्तु नगरपालिका- १३, कोदहवा गाउँका अपाङ्ग बालक शिवशङ्कर बनियाका कारण उनको परिवारले जीवनयापन गरिरहेको छ । सदरमुकाम तौलिहवादेखि चार किलोमिटर पश्चिम कोदहवा गाउँमा सानो चिया पसल चलाउँछन् उनका अभिभावक । आफ्नी हजुरआमासँग दिनभरि चिया पसलमा बस्ने शिवशङ्करलाई हेर्न आउनेहरू यहाँ चिया पिउँछन् । "के गर्ने, सुखदुःख गरेर चिया पसल चलाइरहेकी छु, नाति हेर्न आउनेले चिया पिइदिँदा डेढ-दुई सय दैनिक आम्दानी भइरहेको छ," हजुरआमा गुजराती भन्छिन् । शिवशङ्करको दाहिने र देव्रे दुवै हात घुँडादेखि तल छैनन् । यस्तै दाहिने खु्ट्टा पनि घुँडाबाट तल छैन । एक जनाले उनको स्याहार गर्नुपर्छ । भात खुवाउने, कपडा लगाइदिने, दिसा-पिसाब गराइदिने गर्नुपर्छ । शिवशङ्करलाई कृत्रिम हातखुट्टा हालिदिने परिवारको ठूलो धोको छ । मनोज पौडेल/कपिलवस्तु http://www.kantipuronline.com/Nepal/ankhijhal.php
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-08-06 7:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मानवीय अपराध राजेन्द्र ज्ञवाली यस्तो त चलचित्रमा हेर्न र उपन्यासमा पढ्न मात्र पाइन्थ्यो । तर नेपालमा भने एउटा सच्चा खेल प्रेमीमाथि कल्पना पनि गर्न कठिन हुने घटना भएको छ । नेपालका किशोर टेनिस खेलाडी एन्जल भट्टराई म्यानमारको यंगुनमा हुन लागेको १४ वर्ष मुनिका खेलाडीहरूको १४ औँ एसियाली जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएका थिए । नेपाली खेलकुदको परम्पराअनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव किशोरबहादुर सिंहले उनलाई बिदाइ पनि गरेका थिए । तर नेपाली खेलकुदमा क्यान्सरका रूपमा रहेको प्रवृतिले अर्कैरूपमा देखा पर्žयो । टिम म्यानेजरले विमानस्थल पुगिसकेका भट्टराईलाई त्यही अलपत्र पारेर अर्कै खेलाडीलाई लिएर उडे । केही वर्ष पहिले स्विडेनका लङ टेनिस प्रशिक्षक रोल्यान्ड हेन्सनले नेपाली खेलाडीहरूको प्रदर्शन हेरेपछि भनेका थिए, 'मलाई अचम्म लाग्छ, तिमीहरू डेविस कपमा किन खेल्दैनौँ । नेपाली खेलाडीहरूमा प्रतिभा निकै भएको बताउने हेन्सन अहिले नेपालमा भएको भए नेपाली टेनिसको खेल स्तर किन माथि नगएको भन्ने कुरा राम्रैगरी थाहा पाउने थिए । जुन मुलुकमा अन्तर्राष्ट्रिय स्पर्धाका लागि छनोट भएको खेलाडीलाई अन्तिम समयमा विमानस्थलबाट फर्काएर अर्कैलाई लगिन्छ, त्यस मुलुकमा खेलको स्तर किन खस्कँदो छ भनेर अनुमान लगाउन कसैलाई पनि कठिन हुँदैन । आवश्यक प्रक्रिया पूरा गरेर छनोट भइसकेका खेलाडीलाई अन्तिम समयमा आएर अलपत्र पार्दै अर्कै खेलाडीलाई लैजाने घटना स्वयंमा नेपाली खेलकुदमा हुँदै आएको अनियमितता मात्र नभई मानवीय दृष्टिकोणले हेर्ने हो भने अपराध पनि हो । अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो मुलुकको प्रतिनिधित्व गर्न पाउनु नै खेलाडीहरूका लागि गर्वको कुरा हुने गर्छ । टिम म्यानेजरले भट्टराईलाई अन्तिम समयमा पन्छाएर उनको मात्र नभइ समस्त खेलाडीको भावनामाथि खेलवाड गरेका छन्, समस्त खेलभावनालाई नै मर्महात तुल्याएका छन् । यो घटनाबाट अन्तर्राष्ट्रिय स्पर्धाका लागि विदेशमा खेल्न जानु भनेको खेल अधिकारीहरूका लागि विदेश सयरभन्दा बढी केही होइन भन्ने पनि प्रमाणित भएको छ । खेलाडीको छनोट उसको योग्यता र प्रतिभाबाट हुनेगर्छ । तर यहाँ भने खेलाडीको प्रतिभा र योग्यतालाई आफ्नो व्यक्तिगत स्वार्थका लागि पन्छाइएको छ । यस्तो अवस्थामा नेपाली खेलकुदको भविष्यका बारेमा जो कोहीले पनि सजिलै लख काट्न सक्छ । यो घटना नेपाली खेलकुदमा निहित स्वार्थी प्रवृतिको चरम रूप भए पनि पहिलो भने होइन । विगतमा एउटा खेलका अध्यक्षले आफ्नो नाता पर्नेलाई जसरी भए पनि विदेशमा लैजाने गरेको खेलाडीहरूले बताएका थिए । नेपाली खेलकुदमा व्याप्त यो विडम्बनालाई केलाएर हेर्ने हो भने धेरै कुराले यसमा भूमिका निर्वाह गरेको पाइन्छ । त्यसमध्ये पहिलो कुरा सरकारी उपेक्षा हो । सरकारी उपेक्षाका कारण केही खेलहरू सम्बन्धित पदाधिकारीहरूका लागि निजी पेवाका रूपमा रहँदै आएका छन् । लङ टेनिस पनि त्यस्तै खेल हो । महँगो खेल भएका कारण यसमा सर्वसाधारणहरूको पहँुच निकै कम मात्रामा छ । पारिवारिक सीमाभित्र रहेको यस खेललाई सम्बन्धित अधिकारीहरूले आफ्नो परिवार झैं चलाएका हुन्छन् । अनि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय संस्थाहरूबाट आउने सहयोग राशि पनि यहाँका खेलाडीहरूसम्म पुग्दैन । खेलाडीहरूले अन्तर्राष्ट्रिय स्पर्धा खेल्न जाँदा धेरै कुराको चाँजो पाँजो आफैं मिलाएर जानुपर्छ । यहाँ पनि यस्तै भएको पीडित खेलाडीले बताइसकेका छन् । सबैभन्दा दुःखको कुरा नेपाली खेल क्षेत्रमा व्याप्त यस किसिमको अनियमिततालाई हटाउन ०४६ साल पछिका प्रजातान्त्रिक सरकारबाट पनि कुनै पहल भएन । परिणामस्वरूप मन्डले प्रवृत्तिको अधिनमा रहेका धेरै जसो खेल संस्थाहरूभित्र प्रजातान्त्रिक संस्कार आउन पनि पाएन । प्रजातान्त्रिक सरकारका लागि खेलकुद आफ्ना कार्यकर्तालाई जागिर दिने माध्यमका रूपमा रहेको थियो । त्यसले गर्दा उनीहरूले आफ्नो स्वार्थ भन्दामाथि उठेर नेपाली खेलकुदको हितका बारेमा कहिल्यै सोच्न सकेनन् । टेनिसकै कुरा लिउँ । यसको राष्ट्रिय प्रतियोगिता नभएको कति भयो ? कतिवटा जिल्लामा यस खेलको विस्तार भएको छ । यसका कति जना प्रशिक्षक छन् ? कुन-कुन जिल्लामा नेतृत्व वर्गले प्रशिक्षणको व्यवस्था मिलाएको छ ? यी प्रश्नहरूको जवाफ नेपाली खेलकुदको विकासको जिम्मा लिएर बसेको राष्ट्रिय खेलकुद परिषद्ले माग्नुपर्ने होइन र ? तर यस किसिमका प्रश्नहरू सम्बन्धित निकायबाट आउने प्रचलन नेपालमा छैन । जवाफदेहिताको अभावका कारण कतिपय संस्थाहरूमा निर्वाचन पनि हुन सकेको छैन । खेलाडीले आफ्नो परिश्रमले अन्तर्राष्ट्रिय स्पर्धामा विजय हात परेको खन्डमा निकै प्रचार गराई त्यसको श्रेय सम्पूर्ण रूपमा सम्बन्धित खेलको नेतृत्व वर्गले लिने गर्छन् । तर मुलुककै बेइज्यत हुने गरी भएको पराजयको जिम्मा भने उनीहरू लिन चाहन्नन् । यस किसिमको प्रवृत्ति रहेसम्म नेपाली खेलकुदको विकास सम्भव छैन ।
|
|