Posted by: Nepe December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
'सम्विधान सभा' बाट राजतन्त्रको छिनोफानो गर्ने भन्ने कुरा राजालाई दिईएको एक सुविधाजनक विकल्प मात्र हो । राजाले सम्विधान सभा वा जनमत संग्रह जस्ता जनताले गर्ने फैसलाको विकल्प स्विकार गरेनन् भने गणतन्त्रवादी सडकले गरिदिनेछ राजतन्त्रको फैसला । र संविधान सभा क्रान्ति पछिको आरामसंग बसेर गरिने संविधान निर्माणको प्रक्रियाको रुपमा हुनेछ । राजाले 'संविधान सभा' द्वारा राजतन्त्रको भाग्य फैसला गर्ने प्रस्तावलाई स्विकार गरे भने चुनाव जरुर गणतन्त्रवादी उम्मेदवारहरु र राजतन्त्रवादी उम्मेदवारहरुको बीचको रुपमा हुनेछ । त्यस अर्थमा 'सम्विधान सभा' को सभा बस्नु अगावै राजतन्त्रको फैसला भईसक्नेछ । राजाको स्वभाव र क्रियाकलाप हेर्दा उनले राजतन्त्रको भाग्यको फैसला जनताबाट गरिने विकल्प स्विकार गर्ने सम्भावना झिनो देख्छु म । त्यसैले अन्ततोगत्वा 'संविधान सभा' संभवत: आरामसंग गणतान्त्रिक संविधान लेख्ने सभा र संसदको द्वैध स्वरुपको रुपमा बन्नेछ ।
Read Full Discussion Thread for this article