Posted by: Nepe December 26, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राजाको राजनैतिक महत्वाकांक्षा छैन, उनलाई दलहरुले राजदरबारको गोठमा थुनेर कुँडो घाँस गरे भैहाल्यो नि भन्ने कुरो चैं पो त फटाहा कुरो । राजाको राजनीति गर्ने अदम्य ईच्छा छ भन्ने कुरो यतिन्जेल सबैको सामान्य ज्ञानको कुरो हो, कसरी फटाहा कुरो हुन्छ त्यो ?
(अनि यो मदन भण्डारीलाई "भन्थ्यो" भनेर संबोधन गरेको चैं अंग्रेजीमा भन्छन् नि, was in a poor taste भनेर, त्यसो भो है ?)
जे भए पनि, दलहरुले राजालाई जुनसुकै रुपमा नै किन नहोस्, राख्ने भनेर निर्णय/संझौता गरे, अर्थात् राजतन्त्रको फैसला जनता (संविधान सभा) लाई गर्न नदिने भनेर निर्णय गरे भने त्यसलाई सशस्त्र प्रतिरोध गर्ने शक्ति (माओवादी) र नि:शस्त्र प्रतिरोध गर्ने शक्ति (आन्दोलनकारी) दुबै मौजुद छन् ।
त्यसैले दल, माओवादी र राजा सबैले "ल तैले भन्या पनि भएन, मैले भन्या पनि भएन, यो कुरो जनता जनार्दनलाई निर्णय गर्न दिम" भन्नु बाहेक अर्को सर्वस्वीकार्य विकल्प छैन ।
त्यसैले राजा नभई नहुनेहरुले अरु कसैसंग बिन्तीभाउ गर्ने होईन, सिधै जनता जनार्दनसंग गर्ने हो, त्यो पनि सम्विधान सभाको चुनाउमा ।
राजा नचाहिने हरुले पनि गर्ने त्यहि हो ।
जनताको फैसला जिन्दावाद ।