Posted by: Nepe December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, यो कम्निष्टहरुले लगाउने 'भारतिय विस्तारवाद' को नारा पनि अर्धझल्ला नारा हो, मेरो हेराईमा । यो नारामा डरपोकता ज्यादा र रचनात्मक सक्रियताको टाट पल्टाई छ । हाम्रो आवश्यकता भारतसंग एक मुष्ट डर र एक मुष्ट घृणा होईन, बरु उसंग कारोबार गर्ने साहस र त्यस्तो कारोबार गर्दा भारतको सकारात्मक शक्तिबाट लाभ लिन सक्ने र कमजोरीबाट हानी हुन नदिने कुटनैतिक, अर्थ-कुटनैतिक र राजनायकी दक्षता बढाउने हो । थोत्रा विचारका कम्निष्ट र विचारै (vision) नभएको राजालाई मात्र यो चिन्तनविहिन, चिन्ताप्रधान नाराले काम दिने हो । भारतको भन्दा तिव्र आर्थिक वृद्धिदर कायम गरेर नेपाललाई अघि बढाउन ता भारतियहरुलाई काँच्चै खाईदिने चलाख अर्थ-कुटनीतिज्ञहरुद्वारा संचालित engagement चाहिन्छ, कुनै झल्ला नारा होईन ।
Read Full Discussion Thread for this article