Posted by: Nepe December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, मैले तपाईको कुरामा निहित राजतन्त्रमैत्री आग्रहलाई नै आधार मानेर त्यसो भनेको हुँ, तपाईको परिचय वा ईतिहासको आधारमा मात्र त्यसो भनेको होईन । जहाँसम्म गणतन्त्रको निम्ति मुल्य चुकाउने कुरा छ, त्यसको पनि कुनै तुक छैन । गणतन्त्र तपाई र मेरो सहयोग बेगर नै र तपाई र मेरो असहयोग/विरोध को वावजुद पनि आउँदैछ । अब त यसलाई कसरी as smoothly as possible आउँन दिने भन्ने कुरा मात्र हो । जहाँसम्म दलहरुको सुधारको कुरा छ, त्यसको पृष्ठभूमि तयार भईरहेको अवस्था हो अहिले । केहि कुरा आन्दोलन संगसंगै हुँदै जानेछ, केहि कुरा क्रान्ति हुँदा हुन्छ, केहि क्रान्ति पछि हुनेछ, केहि कुरा धेरै वर्ष लागेर हुनेछ र केहि कुरा कहिले पनि हुने छैन । हो यसको गतिले क्रान्तिको गतिलाई असर गर्नेछ, तर गतिलाई मात्र हो असर गर्ने, दिशालाई होईन । दिशा त अब ढुंगाको अक्षरले लेखिएको छ समयको भित्ता भित्तामा ।
Read Full Discussion Thread for this article