Posted by: dodhare December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
> जहासम्म तपाईका राय-सल्लाहहरु छन्, तिनीहरु कुनै आदर्शवादी, कुनै पुर्वाग्रहपूर्ण, कुनै फटाहा र कुनै चाहिं झल्ला टाईपका छन् (माफ गर्नुस् है यो झल्ला शब्दको लागि) । नेपेजी, यस्ता कुरा गर्नु त नेपाली कम्युनिष्टहरुको कला नै हो नि। तपाईले कम्युनिष्ट बिचार त्यागे पनि मानसिकता चै बोकिरहनु भएको छ भन्ने झल्किन्छ। ठीक र बेठीक बिचारको जुन कुण्ठित घेरा तपाईले कोर्नु भएको छ त्यसले मलाई फरक पार्दैन। मेरा माथिका बिचार कमजोर पार्टीहरुले मजबुत हुन कुन रणनीति लिनु पर्छ भन्ने विषयमा केन्द्रित हुन। र म सही साबित हुनै पर्छ भन्ने छैन। तर गणतन्त्रको लागि जस्तो सुकै मूल्य चुकाउनु पर्छ भन्ने म मान्दिन। बरु कम्युनिष्टहरुले प्रजातन्त्रको विगुल फुकेको पो आदर्शवादी हो कि? कसैको बिचारप्रति स्वतन्त्र मनन गर्नुको साटो यो मान्छे राजाको समर्थक हो भनेर आफ्नो संकीर्ण घेराबाट हेर्नु पो पुर्वाग्रही हो कि? आफ्नो निहित स्वार्थ पूर्तिको लागि अनिश्चित कालका लागि समयलाई नै रोक्ने धृष्टता गर्नु पो फटाही हो कि? आजन्म भारतीय बिस्तारवादको बिरोध गर्नेहरुले क्षणिक लाभमा डुबेर उल्टै उनीहरुको निस्वार्थीको स्तुति गान गाउनु पो झल्लापन हो कि?
Read Full Discussion Thread for this article