Posted by: Nepe December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
जहासम्म माओवादीको लोकतान्त्रिक अवतरणको सम्भावनाको कुरा छ त्यसबाट राजतन्त्रवादीहरुको सातो जानु स्वभाविक हो । माओवादीको लोकतान्त्रिक अवतरणलाई हरतरहले रोकेर युद्ध जारीराख्नु पर्छ भन्ने तर्क कुनै गम्भिर छलफलको योग्य विषय नै होईन । गम्भिर छलफल त लोकतन्त्रको स्थापना र माओवादीको मूलप्रवाहिकरणको वारे हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्र नै अबको राजनैतिक मूलप्रवाह हो । र अहिलेको "प्रजातन्त्रको लडाई" राजाको विरुद्ध भन्दा पनि राजालाई राजनैतिक मूलप्रवाहमा ल्याउने पक्षमा भएको मानिनुपर्छ । त्यसैले म सधैं के कुरामा जोड दिन्छु भने राजालाई ह्यान त्यान भन्नु भन्दा उनलाई एउटा राजनैतिक दल खोलेर प्रतिस्पर्धात्मक राजनीति गर्न आह्वान गरियोस् । राजा, राजभक्त, राजसमर्थक र राजमैत्री सबैलाई मुलुकको लोकतान्त्रिक यात्रामा सकारात्मक योगदान पु-याउन दिने एउटा वैधानिक र वान्छनिय बाटो भनेको राजाको लागि एउटा छुट्टै राजनैतिक दल नै हो, राजगद्धि होईन । Nepe
Read Full Discussion Thread for this article