Posted by: dodhare December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
तर पार्टीहरुले आफ्नो खाल्डो आफै खन्दैछन्। माओवादीसंग मिल्नु उनीहरुको आत्माघाती कदम हो। यो कुरा बुझ्न हामीले २ वर्ष पछाडि फर्केर हेर्नु पर्छ। २ वर्ष पछाडि सम्म माओवादीलाई राजनैतिक शक्ति भनिदैनथ्यो। उनीहरु बिद्रोही मात्र थिए। त्यतिबेलाको प्रमुख शक्ति राजा, नेपाली कांग्रेस र एमाले थिए। जब माओवादीलाई राजनैतिक शक्तिको रुपमा स्वीकार गरियो, त्यसपछि राजा, प्रजातान्त्रिक शक्ति र माओवादी ३ शक्ति भए। यहां नेपाली कांग्रेस र एमालेको दुई शक्ति एक प्रजातान्त्रिक शक्तिको रुपमा परिणत भयो। आफ्नो पहिचान गुमाई सकेको नेपाली कांग्रेस र एमालेको प्रजातान्त्रिक शक्ति माओवादीसंग मिल्यो। अबको शक्ति राजा र आन्दोलित शक्ति हो। राजासंग लड्न सक्ने ताकत भनेको माओवादीको सशस्त्र शक्ति मात्र हो। यसरी हिजो एउटा राजनैतिक शक्तिको रुपमा स्वीकार नगरिएको माओवादी शक्ति राजा पछि दोश्रो एक मात्र शक्तिको रुपमा चिनिन पुग्दैछ। स्मरण रहोस, माओवादीले २ शक्तिको मात्र उल्लेख गर्दै आएका छन् � पुरानो सत्ता र नयां सत्ता। राजाले पुरानो सत्ताको प्रतिनिधित्व गर्छन भने माओवादीले नयां सत्ताको। भविश्यमा सम्झौता हुदा राजाको शक्ति र माओवादी शक्तिको बीचमा हुन्छ। यसरी प्रजातन्त्रमा विश्वास राख्�ने पार्टीहरुको पत्तासाफ हुदैछ। राजतन्त्रको अन्त्य गर्न कम्युनिष्ट पार्टीहरुको झुकाव माओवादीसंग हुनु सहज लागे पनि नेपाली कांग्रेसले यति चांडो आफ्नो अस्तित्व गुमाएको कुरा चै गजब नै मान्नु पर्छ। यस्तो अबस्थामा पार्टीहरुले चुनावमा भाग लिनु पर्ने देख्दैनन् परिणाम देख्�न अझै केही समय कुरौ। मलाई त नाना पाटेकरले एउटा चलचत्रमा आफू ज्युदै हुंदा आफैले आफ्नो क्रियाक्रम (अन्त्येष्ठि) गरेको झल्झली याद आईरहेको छ।
Read Full Discussion Thread for this article