Posted by: dodhare December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
पार्टी र माओवादीहरु भारतको ईशारामा चलहिरहेका छन। उनीहरुको १२ बुदे सहमतिमा राजतन्त्रको अन्त्य पछि माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसंघ वा भरपर्दो अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा राख्�ने भनेका छन्। भारतले राष्ट्रसंघ वा अन्य देशको मध्यस्थताको बिरोध गर्दै आएको छ। अर्को कुरा सैनिक शक्तिको सुपरिवेक्षण civilian ले हैन army ले मात्र गर्छ। त्यसैले राजाले भगाएका भारतीय सेनालाई पार्टी र माओवादीले फेरी नेपाल भित्र्याउन खोज्दैछन्। उनीहरुलाई अराष्ट्रिय तत्वको संज्ञा दिनु पर्ने यस्तै कारणले हो। यो कुरा बुझेका राजाले चीनका लाल सेनालाई तुरुन्त नेपाल बोलाएर आफ्नो चाल चालेका छन्। अन्तराष्ट्रिय कानून अनुसार चीनले आफ्नो सीमा क्षेत्र (नेपाल) मा भारतीय सेनाको उपस्थितिलाई रोक्न सक्छ। त्यसैले राजाले पार्टी र माओवादीसंग मात्र हैन भारतीय चाल बिरुद्ध पनि खेलिरहेका छन्। त्यसैले राजा राष्ट्रवादी हुन। मेरो प्रश्न, हामीले नेपालमा गणतन्त्र ल्याउन के के कुरा गुमाउनु पर्ने? असक्षम सावित पार्टी र नेताहरुको भाबी सक्षमताप्रति आशावादी हुनु पर्ने मापदण्ड के? राजालाई माओवादीले अशान्ति र अस्थिरता ल्याएर शक्तिशाली बनायो। त्यसैले माओवादी कमजोर भएपछि मात्र राजालाई पहिलेको स्थानमा पुर्�याउन सकिन्छ। अर्को कुरा निर्वाचित प्रधानमन्त्रीले संसदको बिघटन गर्ने शिफारिस गर्नाले राजाले धारा १२७ को प्रयोग गर्ने मौका पाए। अब निर्वाचित सरकार बनेपछि त्यो स्वत: खारेज हुन्छ। यसरी पार्टीहरु सरकारमा जान्छन र राजा संवैधानिक हुन्छन्। पार्टीको अस्तित्व कायम गर्ने अर्को विकल्प के?
Read Full Discussion Thread for this article