Posted by: dodhare December 25, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
राजाका कुराहरु प्रष्ट छन्। उनले पार्टी र माओवादीहरुलाई ठाडो चुनौति दिएका छन्। राजतन्त्रको अन्त्य गरेर देखाउ भनेर तुलसी गिरीको मुखबाट बोलिसके। अब राजाले के गर्ने? आफै हटेर देखाउने? पार्टीहरु भने गणतन्त्रको घुर्की लगाएर राजाले बार्तामा बोलाएनन्, हाम्लाई राजाले वास्ता गरेनन् भन्छन्। यो त हासो उठ्ने कुरा भो नि! अर्को डरमर्दो कुरा तुलसी गिरीले राष्ट्रिय पञ्चायतको चुनाव भनेको सुन्नु भो हैन? त्यो झुक्किएर निस्किएको बोली हैन, चेतावनी हो। त्यसैले चुनाव पछि म पार्टीहरुको संसद देख्žन चाहन्छु, पञ्चहरुको राष्ट्रिय पञ्चायत हैन। तर माओवादी र पार्टीहरु राजालाई राष्ट्रिय पञ्चायतको पुनरबहाली गराउन अप्रत्यक्ष सहयोग गर्दैछन। चुनाव हुदैन कि भन्ने विषयमा बिबाद नै नगरुं। अमेरिका जस्तो प्रजातन्त्रवादी देशमा चुनाव कस्तो भयो र मतगणना कसरी टुंगियो भन्ने साक्षी त तपाई हामी नै छौ। ईराकको युद्ध कसरी र के का लागि भो भन्ने पनि बुझियो। त्यत्तिमात्र हैन, उनीहरुको अन्तरराष्ट्रिय जगतमा प्रजातन्त्रको आधारमा मित्रता हुन्छ कि आफ्नो स्वार्थको लागि हुन्छ भन्ने पनि देखिएकै छ। यो महान प्रजातन्त्रवादी मुलुकबाट हाम्रा राजाले केही पाठ त अवश्य सिकेका होलान। त्यसैले पार्टीहरु स्वतन्त्र र निष्पक्ष निर्वाचन हुदैन भनेर डराउने हैन। उनीहरु त मत माग्न जनता सामू जानु पर्छ। आखिर निर्वाचन स्वतन्त्र र निष्पक्ष भयो कि भएन भन्ने त सबैका सामू झल्किन्छ नै। आफूले मत दिएपछि जनता राजनीतिको हिस्सा बन्छ। उसको मतको सही मूल्याङ्कन भएन भने पार्टीहरुको आन्दोलनमा उनीहरुको सकृयता बढ्छ। जनताको सकृयता बढ्यो भने जस्तोसुकै आन्दोलन पनि छिटै सफल हुन्छ। अहिलेको आन्दोलनमा जनताको सकृयता छैन। त्यसैले पार्टीहरुले जनतालाई राजनीतिको हिस्सा बनाउनु पर्žयो, उनीहरुको सकृयता बढाउनु पर्žयो। उनीहरुलाई धम्कि दिएर निष्कृय बनाउने गल्ति गर्दा जनता आफ्नो पकडबाट निस्किन्छ। किनभने, भोलिको निर्वाचनमा थोरै सही तर जनताको सहभागिता हुन्छ। जसले निर्वाचनमा भाग लिन्छ, त्यो भाबी आन्दोलनको विपक्षमा हुन्छ। त्यसैले, १० बर्षै माओवादी आन्दोलनलाई ७ पार्टी जोडेर अर्को २०-३० बर्षे बनाउनु भन्दा चुनावमा भाग लिदा नै बढी प्रभावकारी हुन्छ। हैन भने, आन्दोलनको समय रेखा बुझी पाऊं।
Read Full Discussion Thread for this article