Posted by: dodhare December 25, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
नेपेजी, प्रजातन्त्रको लडाई प्रति मेरो आपत्ति छैन। प्रजातन्त्रको लडाई कति उपयुक्त छ भन्नु भन्दा पनि परिणामलाई ध्यान दिनु जरुरी छ। आन्दोलन निर्णायक हुनु पर्žयो। आन्दोलनको समय रेखा कोर्नु पर्žयो। यदि ६ महिना भित्र राजतन्त्रको अन्त्य गर्न आन्दोलनकारीले सक्दैनन् भने या आन्दोलनकारीहरु असक्षम छन या राजतन्त्रको आवश्यकता बहुमतले देख्छन्। त्यसैले कि त पार्टी र कार्यकर्ताहरु सशक्त आन्दोलनको गृहकार्यमा भूमिगत रुपमा लाग्नु पर्žयो जसले गर्दा सर्व साधारणको जन जीवन अस्तब्यस्त नहोस। कि त राजतन्त्रलाई स्वीकारेर चुनावमा भाग लिएर संसद मार्फत सुध्रिढिकरणमा लाग्नु पर्žयो। सुधार हरेक क्षेत्रमा आवश्यक छ। समयको महत्वको जटिलतालाई जिम्मेवार पार्टी र कार्यकर्ताहरुले मनन गरेर ब्यवहारिको हुनु पर्žयो। माओवादी र पार्टीले उठाएका जायज कुराहरु आन्दोलनको असफलताले तुहिनु भएन। त्यसैले आन्दोलनरत पार्टीहरुले आफूलाई मुल्याङ्कन गर्नु पर्žयो। जबरजस्तिको राजनैतिक संस्कार अन्त्य हुनु पर्žयो। कसैले नेता र उनीहरुको रणनीतिलाई चुनौति गर्छ भने त्यसको सम्मान गर्न सिक्नु पर्žयो। नेपाल र नेपालीलाई अनिश्चित कालका लागि रोक्ने कोशिसको अन्त्य हुनु पर्žयो। जनतालाई प्रजातन्त्रको औचित्य सम्झाउदा र सहयोगका लागि गुहार्दा हुदैन भने तर्साउने नीति लिनु प्रजातन्त्रको मर्यादा उल्लङ्घन गर्नु हो। नेपाली जनताले राजनैतिक ब्यक्ति र संस्थाहरुबाट भन्दा गैरराजनैतिक ब्यक्ति र संस्थाहरुबाट बढी राहत मिलेको छ। त्यसैले बिपक्षी पार्टी र नेताहरुले मात्र देशको समस्याको समाधानको जिम्मेवारीको भार बोक्न खोज्नु गलत हो। माओवादी समेतको संलघ्नता रहेको सभाहरुले आन्दोलन प्रभावकारी नभएको पुष्टि गर्छ। जमात देखाउन पर्याप्त छन् तर राजतन्त्रको निकट भविष्यमा अन्त्यको लागि छैन। यो कुरा हाम्रा असक्षम नेताहरुले पनि बुझेका छन्। नत्र राजतन्त्रको अन्त्यको समय रेखा कसैले किन उल्लेख गर्दैन? कि आन्दोलन आफ्नो नालायकी यथार्थताको ढाकछोप गर्ने हतियार हो?
Read Full Discussion Thread for this article