Posted by: Dada_Giri December 24, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
तर साथी हो म त्यै बेला नेपाल जाने जोजनामा छु। बोर हुने भो। गौचरबाट हिँडेर हाम्रो गाउँ पुग्नलाई ७ दिन लाग्छ रे। के गर्ने गर्ने। यो माओबादीले युध्दबिराम बढाए हुने नि। दलहरुलाई बहिस्कार गर्ने अधिकार त छँदैछ नि। हेरुम् न निर्बाधरुपमा भोट खसाल्न मन हुनेलाई कसाल्न जान दिन र बहिस्कार गर्नेलाई बहिस्कार गर्न दिएर हेरे पो था लाग्छ त। मन्छेहरुको बिचार के छ भनेर, मिनि के भन्छ त्यो जनमत सग्रंह पनि हुने थियो। त्यो पो प्रजातन्त्र यार। अब अर्को कुरा के भने नि माओबादीहरु हतियार लिएर चुनाब बिथोल्न हिन्दा हिन्दै उनसित सहकार्य गर्ने हो भने दलहरुको एजेण्डा झन अस्पष्ट हुन्छ दोधारेजीले भन्या जस्तै र यो १२ बुँदाको पनि ठचित्य रहँदैन। त्यसका बाबजुद पनि चुनाब त सकिएला। अनि कसको जीत नि? दलहरुकै? माओबादिकै? राजाको पनि के जित भो र? जितिसकेकाहरुलाई राजिनामा गराउन सकिहाल्छन् नि माओबादीले। त्यसैळे यो गेममा पनि सबैको हार होला। तर मेरो मनमा जहिले नि चीसो पस्छ के। त्यस अगाडि केइ हुन्छ गर्नुपर्छ राजाले नि। जस्तो भनुम् न राजाको सरकारले एउटा वार्ता टोळि गठन गरेर अल्मलाउने अथवा ... ... ...
Read Full Discussion Thread for this article