Posted by: Nepe December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
प्रश्न न त मायाको हो, न त मात्राको । प्रश्न प्राथमिकताको हो । ज्ञानेन्द्रको प्राथमिकता पैसा र शक्ति हो । मुलुक पछि आउँछ । प्रमाण ? ज्ञानेन्द्र स्वयंले नेपाललाई गणतन्त्र घोषणा गरे (अझ राम्रो त त्यसपछि एउटा राजनैतिक पार्टी खोलेर प्रतिस्पर्धात्मक राजनीति गरे, नभए सामान्य नागरिक भएर रहे पनि हुन्छ ) मुलुक त रहिरह्यो नै, तर पैसा र शक्ति भने (राज्यको ढुकुटी र गद्धिबाट आउने) भएन । के यो उनलाई स्वीकार होला ? उत्तर स्पष्ट र निष्कर्ष पनि । ज्ञानेन्द्रको मात्रै प्राथमिकता त्यस्तो भनेको चाहिं होईन नि । सबैको प्राथमिकता हो त्यो । र यसलाई जीवनको यथार्थ मानेर अर्थात राजनीति लगायत सम्पूर्ण कुरालाई पैसा, शक्ति वा कुनै लाभको लागि हुने संघर्षको रुपमा जानेर त्यो संघर्षलाई व्यवस्थित र नियमित गर्नुलाई आजको युगको अर्डर मानिन्छ । त्यसको नाम पनि छ । र त्यो नाम हो DEMOCRACY.
Read Full Discussion Thread for this article