Posted by: world_map December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
जनताले देशलाइ यति माया गर्छन्, राजाले देशलाई त्यो भन्दा बढी माया गर्छन् भनी तौलेर हेर्ने कुनै भरपर्दो आधार छैन। सबै नेपालीले नेपाललाइ उत्तिकै माया गर्छन्, केवल माया गर्ने तरीका मात्र फरक छ। अहिलेको परिस्थितिमा राजा र प्रजा भन्ने शब्दावली नै महत्त्वहीन भइसकेको छ, सबै जनता हुन्, मात्र नेपाली नागरिक। श्री ज्ञानेन्द्र शाह पनि एक नेपाली नागरिक हुन्, आम नेपाली नागरिक झैं। उनले पहिले असल नेपाली नागरिक बन्न सिक्नु पर्छ, अनि मात्र देशको स्थिति बिस्तारै सुध्रँदै जान्छ।
Read Full Discussion Thread for this article