Posted by: dodhare December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
यस्तो परिस्थितिमा पार्टीहरु राजसंस्थाको अन्त्यका लागि लडेका छन। अब उनीहरुले आफूले आफैलाई मूल्याङ्कन गर्नु पर्ने समय आएको छ। यदि उनीहरुको यो लक्ष पूरा हुन अर्को ३० वर्ष लाग्ने हो भने चुनावमा किन भाग नलिने? ७ पार्टी र माओवादीको मित्रता सत्ता प्राप्तिमा सीमित छैन भने त्यो मित्रतालाई चुनावमा लगेर बहुमत ल्याएर सम्विधानको सम्सोधन किन नगर्ने? यसो गर्दा राजालाई अप्ठेरो त पर्छ तर त्यसपछि उनको चाल के रहन्छ, त्यसलाई पनि माथ गर्ने आफ्नो चाल हुनु पर्žयो। अहिले जस्तै तिम्रा भाबी सन्तानले कसरी राज गर्छन हेरौला भनेर धारे हात देखाएर राजालाई केही फरक पर्दैन। एउटा सत्य कुरा के हो भने हामी नेपाली हाम्रो पुर्खाको देश भनेर नेपाललाई जति माया गर्छौ राजाले त्यो भन्दा बढी गर्छन। उनको त पुर्खाले आर्जेको मुलुक। सही र गलत भन्ने कुरा हैन यो। देशप्रतिको आशक्ति कति छ भन्ने कुरा हो। त्यसैले राजाहरुले देशप्रति सम्झौता गरेका छैनन् र गर्दैनन् पनि। तर विगतको आचरण हेर्दा अहिलेका नेताहरुले देशप्रति गद्दारी गर्दैनन् भन्न सकिन्न। त्यसैले भारतसितको सांठगांठले पार्टी र माओवादी दुबैलाई नोक्सान पुर्žयाउने निष्चित छ। त्यसैले भारत र चीनको खेलमा पनि राजा एक कदम अघि नै छन्। सायद नेताहरुलाई आफू चुकेको होश छैन। त्यसैले, यथास्थितिमा पार्टीहरुको एक मात्र हतियार चुनाव हो। संसद कब्जा गरेर मात्र उनीहरुको असली खेल सुरु हुन्छ। सही समयमा सही चाल नचाल्ने हो भने उनीहरुको सक्षमता प्रति प्रश्न चिन्ह मात्र हैन पूर्ण बिराम नै लाग्ने देखिन्छ।
Read Full Discussion Thread for this article