Posted by: dodhare December 23, 2005
Login in to Rate this Post:
0
?
राजा सकृय भएकोमा पार्टीहरुले विरोध किन गरेका हुन भन्ने पनि मैले बुझेको छैन। राजा त संसद बिघटन हुनु भन्दा धेरै पहिले देखि सकृय भएका हुन। नेपाली कांग्रेस र एमालेको दुई तिहाई भन्दा बढी मत भएको संसदले शिफारिस गरेको न्यायधिस, गभर्नर, निर्वाचन आयुक्त र प्राय: सतप्रतिशत राजदूतहरुको फेरबदल गर्न राजाले कसरी सके? यी कुराहरु नै उनीहरुको पतनका मापदण्ड हुन् जो अहिलेसम्म परिवर्तन भएको देखिदैन।
यसरी पार्टीहरु आफू आफैमा कमजोर रहेको अवस्थामा राजाले आफ्नो समय माओवादीमा केन्द्रित गरे। माओवादी नेतृत्वको विवाद र झगडालाई जनसामू ल्याउने काम राजाले नै गरे। भारतीयहरुसंगको सांठगांठ र अहिले पार्टीहरुसंग मिल्नु पर्ने बाध्यताले तुलसी गिरीले भनेझै उनीहरुको कमजोरी नै दर्शाउंछ। काठमाण्डुमा सीमित नै सही तर पार्टीहरुको सरकार हुंदा जस्तो माओवादीको ज्यादति अहिले छैन। यसबाट राजाको सरकारले केही न केही सही गरेको प्रष्ट हुन्छ।
अब राजा मात्र चुनाव गराउने ध्याउन्नमा छन्। चुनाव मात्र भने राजाको लक्ष हैन। राजाको सफलताको लागि माओवादीले हिंसात्मक गतिविधि छोड्नु हुंदैन र पार्टीहरुले चुनावमा भाग लिनु हुंदैन। ईराकमा अमेरिकाले स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन गराउन सक्न भने राजाले नेपालमा पनि सक्छन्। माओवादीको चेतावनीका बाबजुध उम्मेदवारको कमी हुने छैन। के अहिलेका जिल्ला र अञ्चलका पदाधिकारीहरुलाई माओवादीको डर छैन र? माओवादीले चुनाव बिथोल्दा पनि राजालाई नै फाईदा हुन्छ। २-४ जना उम्मेदवारको ६ ईन्च घटेर राजालाई के घाटा हुन्छ? १२-१३ हजार नेपालीको ६ ईन्च घटेर माओवादी नेतृत्वलाई के फरक परेको छ? राजनितिको खेल। भने, माओवादीको हिंसात्मक गतिविधि बढेमा जस्तै भएपनि निर्वाचित सरकारलाई विदेशीले समर्थन गर्नु पर्ने बाध्यता हुन्छ। त्यसैले पार्टीका असक्षमता र माओवादीको हिंसा राजाका लागि श्राप हैन वरदान सिद्ध छन्।