Posted by: dodhare December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
चुनावमा भाग लिने र पार्टीहरुमा नयां अनुहारहरुले नेतृत्व लिने जस्ता अप्रत्यासित निर्णयले पार्टीहरुलाई बलियो बनाउछ भन्ने आशुको सुझावहरुबाट प्रजातन्त्रवादीहरुले मान हानी भएको महसुस गर्नु पर्ने म देख्दिन। नेपालको राजनितिमा राजा, पार्टी र माओवादीहरुले त्रिपक्षिय खेल खेलिरहेका छन। ती शक्तिहरु मध्ने पार्टीहरुको अबस्था कमजोर रहेको पनि स्पष्ट छ। अर्कोलाई कमजोर बनाएर नै आफू बलियो होईन्छ। राजा र माओवादीको रणनीति आफू बलियो हुने छ। सैन्य शक्ति र स्वतन्त्र अनि अनअपेक्षित रुपमा निर्णय लिन सक्ने हिसाबले उनीहरु बलिया पनि छन्। तर पार्टीहरु आफू आफैमा पूर्ण र स्वतन्त्र छैनन्। किन? पार्टीहरुको स्पष्ट रणनीति नै छैन। भोलि माओवादीहरु पार्टीहरुसंग एकतर्फी निर्णय गरेर पार्टीसंगको समझदारी तोड्न सक्छन। त्यति गर्दा पनि उनीहरु कमजोर देखिने छैनन्। किनभने उनीहरुको चाल सधै अप्रत्यासित र अनअपेक्षित हुन्छ। किन र के का लागि उनीहरुले त्यो चाल चले भन्ने सबैका लागि अड्कल काट्ने विषय मात्र रहन्छ। त्यस्तै गरी माओवादीहरुले हिंसात्मक गतिविधि शुरु गरे भने उनीहरुको समझदारी आफैमा टुङ्गिन्छ। यस्तो अवस्थामा एकातिर उनीहरु माओवादीलाई साथ दिन सक्दैनन् भने अर्कोतिर उनीहरुको लामो समय बिना परिणाम खेर गैसकेको हुनेछ। राजासितको घुर्की र माओवादीसंगको मिलनले पार्टीहरु परजीवि प्राणी जस्ता भएका छन्। उनीहरु राजा र माओवादीको चालको बीचमा पेण्डुलम बनेर झुण्डिएका छन्। आज जसरी उनीहरु माओवादीसंग मिलेका छन्, त्यसरी नै भोलि उनीहरु सत्ताका लागि राजासित हात मिलाउंदैनन् भन्न सकिन्न। उनीहरुको समस्या या डर भनेको केवल राजाको चाल अड्कल काट्न नसक्नु मात्र हो। राजा र पार्टीहरु बीचको दूरी बढ्नुको कारण पनि त्यत्ति हो। यसरी हेर्दा पार्टीहरुको हरेक निर्णयले उनीहरुलाई कमजोर मात्र बनाएको छ। भ्रष्ट, अस्थिर, अन्यौल, अदूरदर्शी उनीहरुको पहिचान बनिसकेका छन्। संसदको बिघटन गर्न शिफारिस गर्नु, त्यसपछि राजाले गठन गरेको मन्त्रिपरिषदमा आफू सामेल हुनु, पछि आफू हट्छा विरोध गर्नु, आफू मन्त्री हुंदा राजाको भत्ता बढाउनु, बाहिरिएपछि त्यसैको बिरोधमा सडकमा उत्रिनु जस्ता कुराहरुले उनीहरु कति गहिराईमा छन् भन्ने मात्र देखाउंछ। बिचराहरुले राजाको मन्त्रीमण्डलमा आफू समावेश भएर राजालाई बैधानिक र चोखो बनाउन मात्र टेवा पुर्ΕΎयाएको अहिले बुझे। अहिले माओवादीहरुसंगको सांठगांठले कस्तो असर ल्याउंछ भन्ने हेक्का पनि उनीहरुमा पक्कै छैन।
Read Full Discussion Thread for this article