Posted by: salokya June 5, 2005
South Korea Supports Royal Move
Login in to Rate this Post:     0       ?        
दक्षिण कोरियाद्वारा शाही कदमको समर्थन २०६२ जेठ २२ आइतबार राजावादीहरुका लागि खुशीको खबर ! माघ १९ को शाही कदमको समर्थन गर्ने एउटा अर्को देश अगाडि आएको छ- दक्षिण कोरिया । यसअघि कुन-कुन देशले समर्थन गरेका थिए त ? मेरो विचारमा पाकिस्तान, म्यान्मार र रुस । चीनले त आन्तरिक मामिला भनेको थियो । अरु कुनै देश थियो र समर्थन गर्ने ? मलाई त याद भएन । दक्षिण कोरियाको समर्थन भने आज दक्षिण कोरियाली सरकारका विशेष दूत पार्क जुङ इलले आफ्नो नेपाल भ्रमणको क्रममा शितल निवासमा विदेशमन्त्री रमेशनाथ पाण्डेसितको भेटवार्तामा व्यक्त गर्नुभएको हो । पत्रकारहरुसितको कुराकानीमा पार्कले "मेरो देशमा नेपालीहरुलाई कुनै भेदभाव गरिएको छैन, कतिले त कोरियालीहरुसित विवाह पनि गरेका छन्" भनेका छन् । यो ब्लगका पाठकहरु कोरियाका पनि छन् । के हो मित्रहरु, साँच्चिकै नेपालीहरुलाई कुनै भेदभाव गरिँदैन त कोरियामा ? प्रतिक्रिया लेख्न झण्झट नमान्नु होला है । - http://merosansar.blogsome.com
Read Full Discussion Thread for this article