Posted by: sardarsing June 3, 2005
Never Trust A King
Login in to Rate this Post:     0       ?        
सिद्धान्ततः लोकतन्त्र भएको ठाउँमा राजतन्त्र र राजतन्त्र भएको ठाउँमा लोकतन्त्र हुँदैन । लोकतन्त्र र राजतन्त्र अलग अलग कुरा मात्र हैन, विपरीत स्वार्थ र संस्कृतिका उपज हुन् । राजतन्त्र लठैतहरू -आधुनिक सर्न्दर्भमा बन्दुकेहरू) को सहयोगमा टिकेको हुन्छ भने लोकतन्त्र आम नागरिकको विवेकमा आश्रति र सञ्चालित हुन्छ । राजतन्त्रमा राज्यको सम्पर्ूण्ा शक्ति एउटा यस्तो व्यक्तिमा निहित हुन्छ, जसको योग्यता र क्षमता कसैले परीक्षण र प्रमाणित गरेको हुँदैन । र, जो आफ्नो कामको लागि कसैप्रति जवाफदेही पनि हुनुपर्दैन । कुनै देशले भाग्यले, इतिहासको कुनै कालखण्डमा देशभक्त, इमान्दार र विवेकशील राजा पाएमा त्यो देशको उन्नति हुन पनि सक्छ । तर इतिहासमा त्यस्ता राजा विरलै पाइएका छन् । संसारमा अहिलेसम्म भएका राजाका क्रियाकलाप, शासन शैली र चरित्र हर्ेर्ने हो भने अधिकांश राजाहरू क्रूर, अहङ्कारी, जनविरोधी र लहडी रहेका पाइन्छन् । - http://www.himalmedia.com/hkp/2062/jestha-16-31/rajniti_bishleshan.html
Read Full Discussion Thread for this article