Posted by: newuser March 9, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
नेपाललाई कस्तो राजनीतिक परिवर्तनको खाँचो छ? नेपाल राजनीतिक संकटको गहीरो भूमरीमा फसेको छ। सबै राजनीतिक पक्षहरु देशको वास्ताविक समस्या निराकरण गर्ने सम्भावित उपायको सामुहिक खोजी गर्ने भन्दा पनि कसरी परिस्थितिलाई आफ्नो अनुकुल पारेर सत्ताको मूख्य हिस्सा आफ्नो मुठ्ठिमा कस्ने भनेर एक्लै एक्लै भौतारिइरहेका छन्। यो नै देशका लागि सवभन्दा दूर्भाग्यपूर्ण कुरा हो। हाम्रा शासक तथा राजनीतिज्ञहरु आफूहरुबाट विगतमा भएका भूलहरु सच्च्याएर अघि बढ्नुपर्ने टड्कारो आवश्यकता देशले माग गरिरहेका बखत पनि सत्ता लिप्साको फोहोरी खेलमा तल्लिन भैरहनु नेपाल र नेपालीका लागि दुखद यथार्थ बन्न पुगेको छ। अहिले राजा, बहुदलवादी राजनीतिक दलहरु र माओवादी तीनै पक्ष?ले अख्तियार गरेको राजनीतिक बाटोले देशलाई संकटको भूमरीबाट सुरक्षित रुपमा निकाल्नुको सट्टा भूमरीमा रन्थना?एर डुबाइदिने खतरा बढ्दै गैरहेको छ। वर्तमान राजनीतिक दूष्चक्र अझै केहि समय घुमिनै रह्यो भने नेपालको सार्वभौमिक अखण्डता सदाका लागि विलिन हुने पीडादायी सम्भावनको वादल सगरमाथा र माछापुच्छ्रे वरिपरि मडारिइरहेको छ। त्यसैले नेपालको अस्तित्वमा गौरव गर्ने सम्पूर्ण सचेत नेपाली आमाका सपूतहरु- हामी सवैले राजनीतिको फोहोरी खेलबाट देशलाई पराजित र पराधिन गराउन खोज्ने स्वार्थी शासक र नेताहरुलाई सहि मार्गमा फर्काउने उपायहरुको खोजी गर्नु वान्छनिय भएको छ। कुनै एक राजनीतिक वर्गको समर्थन गरेर तीन पक्षबीचको सत्ता संघर्षको आगोमा घ्यू थप्ने होइन कि तीनै पक्षलाई आ-आफ्नो राजनीतिक दिवास्वप्न र असम्भव सुगा रटान परित्याग गरि स्वच्छ र देशभक्तिपूर्ण राजनीतिको मूलधारमा समाहित हुन वाध्य पार्नु समयको आवश्यकता र हाम्रो दायित्व हुन आउँछ। आउनुस नेपाली दाजुभाई दिदीवहिनीहरु एकैछिन नेपालमा भैरहेको राजनीतिक झगडाको ओखति के हुन सक्छ त? यसबारेमा आ- आफ्ना वुद्धि र वर्कतले भ्याएसम्मका उपायहरुको खोजी गरौं। सत्ताका लागि बैचारिक र शसस्त्र संघर्षरत सबै पक्षहरुलाई मेलमिलापको डोरीले वाध्ने गाँठो के हुनसक्छ? यहि जटील र गहन यक्षप्रश्नको उत्तर खोज्ने इमान्दार प्रयास गरौं। Please put your comments and I will also keep on writing . Newuser
Read Full Discussion Thread for this article