Posted by: Nepe January 18, 2005
Differences between Muktak & Poem
Login in to Rate this Post:     0       ?        
उर्दु काव्यको गजल भन्दा छोटो चार पंक्तिको एक कविता विधा "रुवाई" लाई हामीले मुक्तक भनेर भित्र्याएका हौं । अंग्रेजीमा Quatrain भनिन्छ क्यार । गजलको पहिलो र दोश्रो शेर गरी जम्मा चार पंक्तिको मात्र कविता "रुवाई" हुन्छ । तर गजलको जस्तो पहिलो शेर (जसलाई मतला भनिन्छ) र दोश्रो शेर (वास्तवमा यसलाई पहिलो शेर भनेर चिनाईन्छ, मुशायरा मा) को जस्तो अलग अलग theme मा लेख्न सक्ने स्वतन्त्रता रुवाईमा हुँदैन । मुक्तकका चारै पंक्तिले एउटा theme को एउटा कथा भन्नुपर्छ । मुक्तकको चार पंक्तिको अन्त्यानुप्रास विधान AABA हुन्छ । उदाहरण: दुनिया भी अजब सराये फानी देखी हर चीज यहाँ की आनीजानी देखी जो आके न जाए वो बुढापा देखा जो जाके न आए वो जवानी देखी
Read Full Discussion Thread for this article