Posted by: logan April 5, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
गैतुंगेब्रो आफुले BMW EV चलाउनु भयो भन्दैमा अरुले पनि तेही दाजोमा हेर्नु भएको हो, सोच राम्रै राख्नु हुदो रहेछ | धन्न १९९५ को क्याम्री चलाउदै छौ भनि सोध्नु भएन ? वहा त पुर्ब रास्ट्रपति बुशले किनेको र चलाउने Ford KING CAB चलाउनु हुन्छ भलै दैनिक घरेलु सामान किन्न डलर ट्री छिर्नु हुन्छ | Frugal वा Economic नभै कहा बाट घर किन्न सक्नु ? बचत गर्ने तौर तरिका देख्नु भो है न त ? वचत गर्न सिक्नुस र अरुलाई पनि सिकाउनुस | एक जनाको " रेसेसन होला र घर किनुला" कमेन्ट पढेको थिए | यस्तो कुरा चै बुढो मर्ला र म पोईला जाउला भनि आराधना गर्ने हरुका कुरामा अल्झिनु भो भने छेपाराको कथा झैँ हुन्छ ( छेपाराको कथा पढ्नु भएकै होला)|
बुढा बुढि भएर बार्षिक २००K कमाउछु भन्छन एउटा धागोमा अनि अर्को मा Pay check to Paycheck भन्दै डलर ट्री पनि धाउने कुरा बाझिन पुग्दा बाईडेनलाइ कहिलै माफी नगर्ने धागोमा चै आफ्नो सत्यता खुलाएका हुन् कि जस्तो लाग्यो |
कुनै धागोमा बुढा बुडिको स्याहार सुसार गर्ने काम बारे केहि कोर्नु भाको थियो | रिटायर हुदा सम्म घर पनि किनिने छोरा छोरी पनि कलेज गइ सक्ने बेलामा तेही काम लिएर बस्दा दैनिक BBQ खान मिल्ने कुरा हामीलाई पनि जानकारी गराउनु भए जस्तो लाग्यो | Tesla Guy ले चै चासो देखाएको थियो , जानकारीको लागि सहर्स धन्यबाद र आभार ब्यक्त गर्दछु |
Read Full Discussion Thread for this article