Posted by: logan March 3, 2024
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Login in to Rate this Post:     1       ?         Liked by
KTMPOST : को भनाइ संग केही असहमति कोर्न चाहन्छु | हामि नेपालिहरु परलंबन मै जीबन गुजार्योउ | अमेरिका छिरे पछि कसैले auto machanic पढेर एक गराज खोलेको youtube कसैले टासेका थिए | त्यो धागोमा एउटा लाउकेले हाम्रोमा भारत बाट आउनले गाडि मर्मत गर्ने काम गर्छ भनी रगतै आउने गरि साझामा खोके |
जातपातले कामको विभाजन भएर आएकोमा अझै पनि कामले सानो र ठुलो हुईने कुरामा मानिसहरु बिस्वास गर्छन र अरुलाई टोकसो गर्न छोड्दैनन | उधाहरण को लागि अमेरिकामा गराज खोलेर जिबीको पार्जन गर्ने सानो काम र सानो मानिस वा जात अनुसारको काम नगरेको झैँ गरि साझामा लेख्न पुगेका छन् भने तेस्ता मानसिकता बोकेकाहरु र आफु बेरोजगारनै भए पनि अरुलाई प्रोत्साहन भन्दा हतोत्साही बनाउछन | यहि साझामा पढेको थिए 'माछा पसल खोलौ" को कुरा उठदा कसैले भाते पसल त्यो पनि बस पाकको छेउमा भए अझै राम्रै चल्ला ?
यस्तो छ हामि नेपालीको मानसिकता अनि तेही मानसिकता यो साझामा पनि छता छुल्ल भै बेला बेलामा मात्र होइन टुकुचा झैँ स्थान पाएको छ | लाज गाल केहि नहुनेलाई सबै भन्दा बढि हुन्छ ? नसुन्दा सम्म हो केहि नहुने तर सुनिसके पछि तेस्को प्रभाब नाकारात्मक रुपमा मौलाउछ | खालिमुलुकका बिमान स्थलमा काम गर्ने SAARC मुलुकका मानिसहरु धेरै छन् र toilet सफा गर्ने पनिछन | निर्धक्क लाज नमानी काम गरेका देखिन्छन | तर नेपालमा चै किन गर्न सक्दैनन् वा गरेका छैनन ? करोड को बराबरी खर्च गरि अमेरिका छिर्न खोज्ने धेरै देखिन्छन | तेतिले नेपालमै कुनै सानोतिनो कारोबार चलाउन सकिदैन र ? कसैले लेखेको थियो "gay" पनि प्राकृतिक कारणले नभई देखासिखी पो होकी भने झैँ विदेश जाने पर्ने पनि देखा सिखी को परिणाम त होईन ?
परिणाम कामले सानो र ठुलो हुईने हाम्रो समाजको बिक्रित्तिको कारणले पनि बिदेसिएका हुन् कि ?
Read Full Discussion Thread for this article