Posted by: Bennedict October 13, 2023
critical review on "घण्टा" by Benedict
Login in to Rate this Post:     0       ?        
ब्यान्डईडीभिज्यु,
तपाईंको क्रिटिकल रिभिउको लागि धन्यवाद छ। लेखाई लामो हुन गयो होला, म मान्छु तर अब कुरा के भने, यो कथा एक लाइनमै सकिन्थ्यो होला, तर अब क्रिएटिभ राइटिङ क्लास लिएको मान्छे परे म। अलिकती भूमिका, अलिकती सस्पेन्स, मसाला त हाल्नै पर्‍यो। छोटो मिठो लेख्न सकिन्थ्यो तर धेरै दिन पछि साझामा केही लेखेको हुनाले कलमको स्याही चै धेरै खर्चन पुगेछु हो। नत्र नेपाली टाइप गरी गरी यहाँ पोस्ट गर्न त जाङर नै चल्नुपर्छ। जस्तो मलाई नेपाल भ्रमण पछि भएको थियो। त्यो बेला त लाग्थ्यो नेपालको बारेमा के के भन्न मन छ अनी टाइप पनि सजिलै भैरहेको थियो। अहिले चै केही बिषयले तान्यो भने मात्र नेपालीमा लेखिन्छ।
छोटो-मिठो कसरी लेख्ने तपाईंबाट सिक्ने त भन्नुभयो तर, अब फेरी तपाईंको बिल्ला गरेको जस्तो होला, मैले तपाईंको लेखाइ चै कम नै बुझ्ने गरेको छु। अब मैले एकदम राम्रो लेख्छु भनेको चै हैन है फेरी। स्कुल हुँदा नेपाली टिचरले कहिले १००मा ५०-५१ भन्दा बढी दिएनन नेपाली बिषयमा, अब के कुरा गर्नु? नेपाली सब्जेक्टले गर्दा ओभरअल पर्सेन्टेज घटेर कत्रो टेन्सन पो हुन्थ्यो हो। अहिले सोच्दा नेपाली टिचरले गरेको मुल्याङ्कनले गर्दा सधैं सुद्ध नेपाली भनेको के हो? व्याकरण भनेको कस्तो हुनुपर्छ सबै मैले बुझेको होला। अनी फेरी यहाँ आएर क्रिएटिभ राइटिङ क्लासले पनि हेल्प गर्‍यो भन्नुपर्ला।
अब सेक्सी इन सारीज्यु को "साला" भन्ने गाली त्यो कथाको अन्तमा जोड्नु चै के देखाउनु थियो भने केटीहरु पनि बोल्छन यस्ता शब्दहरु "साला", "घण्टा", "मु...", "मा..." भन्नु हो। केटीको मुखबाट यस्तो शब्द सुने चै सार्है अजीब पो लाग्छ हो। तेही भएर सेक्सी इन सारी ज्युलाई केटी नभएर केटा या बिचको के के हो भनेर आरोप लगाउने गरेको हामी सबैलाई थाहा छ। बाँकी जनता जान्ने नै छन नि हैन र?
सस्तो लोकप्रियता खोजेको चै नभनौ, रमाइलो तरिकाले मेरो "घण्टा" कथालाई बिट मारेको भन्ने बुझौ कि कसो?
Read Full Discussion Thread for this article