[Show all top banners]

bandedv2023
Replies to this thread:

More by bandedv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 critical review on "घण्टा" by Benedict
[VIEWED 7142 TIMES]
SAVE! for ease of future access.
Posted on 10-13-23 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सोह्र स्राद्द लागे पछि साझामा खासै लेख्न ब्याएको छैन . कर्म काण्डी र सनास्क्रितको ज्ञाता भएको कारण यो समय धेरै बेस्त नै हुने गरेको छु . रेगुलर जबमा घण्टाको १६ डलर हुने तर कर्म काण्डीको समय ताल परे घण्टा को १०० सम्म कमै हुने भएको कारण बर्सिक बिदा लिएर मिले सम्म जजमानीमा हिड्ने गरेको छु . सोह्र स्राद्द पनि सकिएको कारण ब्येस्ताता स्वात्तै घट्यो र साझा खोलि हेर्दा अनुकाउ रंगी बिरंगी लेखहरु देख्न पाइयो ?
खासै लेख्ने केहि नभएको कारण आज फुर्सदमा साझाका लेख धेरै दिन पछि पढ्न पाइयो . लौ आज समालोचना गरौ भनेर बेन्डिक ज्यो को "घण्टा" सिर्सकको लेखमा आफ्नो छोटो क्रिटिकल रिभीउ दिने सोच बनाए .

सबै लेख जस्तै बेन्डिकज्युको यो लेख पनि समयसामयिक र राम्रो छ . ह्रस्सो दिर्घका गल्तिहरु खासै छैनन् . मलाई यसमा खदिकिएको एउतै कुरा भनेको लेखाई सार्है लामो भयो . तलतिर सम्म पढी सक्दा माथिको लेख नै बिर्सिने खालको लामो भयो . धेरै लामो भयो भने पढ्दा पढ्दै हाइ हाइ आउने रैछ तेसैले छोतॊ मिठो नै अति उत्तम . यो लेख पढी रहदा मैले सन् २००२ को रेफुजी मुभी सम्झे. फिलिम राम्रो हुदा हुदै पनि लामो भएर धेरै दर्सक हलमै निदौना पुगेका थिए .

छोटो मिठो र सबैले बुझ्ने कसरि लेख्ने भन्ने कुरा हजुरले मेरा लेखहरु बाट पनि सिक्न सक्नु हुन्छ . (कृपया मेरा ह्रस्सा दिर्घका गल्ति औलाउन नालागु होला , काट छात गर्ने गरेको छैन र समय पनि छैन )

कथा सरल रुपमा बगी राखेको बेला असंधर्बिक रुपमा सेक्सी इन सरिको प्रसङ्ग जोड्नु भनेको TV मा रामायण हेर्दा हेर्दै बीचमा ढालको बिज्ञापन बजेको जस्तो भयो . के एस्लाई सस्तो लोकप्रियताको खोजि भन्न मिल्ला ?
 
Posted on 10-13-23 12:45 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान्डईडीभिज्यु,
तपाईंको क्रिटिकल रिभिउको लागि धन्यवाद छ। लेखाई लामो हुन गयो होला, म मान्छु तर अब कुरा के भने, यो कथा एक लाइनमै सकिन्थ्यो होला, तर अब क्रिएटिभ राइटिङ क्लास लिएको मान्छे परे म। अलिकती भूमिका, अलिकती सस्पेन्स, मसाला त हाल्नै पर्‍यो। छोटो मिठो लेख्न सकिन्थ्यो तर धेरै दिन पछि साझामा केही लेखेको हुनाले कलमको स्याही चै धेरै खर्चन पुगेछु हो। नत्र नेपाली टाइप गरी गरी यहाँ पोस्ट गर्न त जाङर नै चल्नुपर्छ। जस्तो मलाई नेपाल भ्रमण पछि भएको थियो। त्यो बेला त लाग्थ्यो नेपालको बारेमा के के भन्न मन छ अनी टाइप पनि सजिलै भैरहेको थियो। अहिले चै केही बिषयले तान्यो भने मात्र नेपालीमा लेखिन्छ।
छोटो-मिठो कसरी लेख्ने तपाईंबाट सिक्ने त भन्नुभयो तर, अब फेरी तपाईंको बिल्ला गरेको जस्तो होला, मैले तपाईंको लेखाइ चै कम नै बुझ्ने गरेको छु। अब मैले एकदम राम्रो लेख्छु भनेको चै हैन है फेरी। स्कुल हुँदा नेपाली टिचरले कहिले १००मा ५०-५१ भन्दा बढी दिएनन नेपाली बिषयमा, अब के कुरा गर्नु? नेपाली सब्जेक्टले गर्दा ओभरअल पर्सेन्टेज घटेर कत्रो टेन्सन पो हुन्थ्यो हो। अहिले सोच्दा नेपाली टिचरले गरेको मुल्याङ्कनले गर्दा सधैं सुद्ध नेपाली भनेको के हो? व्याकरण भनेको कस्तो हुनुपर्छ सबै मैले बुझेको होला। अनी फेरी यहाँ आएर क्रिएटिभ राइटिङ क्लासले पनि हेल्प गर्‍यो भन्नुपर्ला।
अब सेक्सी इन सारीज्यु को "साला" भन्ने गाली त्यो कथाको अन्तमा जोड्नु चै के देखाउनु थियो भने केटीहरु पनि बोल्छन यस्ता शब्दहरु "साला", "घण्टा", "मु...", "मा..." भन्नु हो। केटीको मुखबाट यस्तो शब्द सुने चै सार्है अजीब पो लाग्छ हो। तेही भएर सेक्सी इन सारी ज्युलाई केटी नभएर केटा या बिचको के के हो भनेर आरोप लगाउने गरेको हामी सबैलाई थाहा छ। बाँकी जनता जान्ने नै छन नि हैन र?
सस्तो लोकप्रियता खोजेको चै नभनौ, रमाइलो तरिकाले मेरो "घण्टा" कथालाई बिट मारेको भन्ने बुझौ कि कसो?

 
Posted on 10-15-23 11:43 AM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैँको कुरा निकाली हाल्नु भयो लोउ सोर श्रद्द पछिआज जमरा राख्ने दिन तर जमरा राखिएन किनकि . येस्पली को जमरा सारै अपसगुन छ . मेरा गुरुले भानु भाको जमरा रखाइ २ महिना भयो भने राम्रो हुन्नर तेसैले कार्तिक १ गते मात्र जमरा राख्ने साइत जुर्यो र खसी को तरखर मा हिडियो किनकि साझमा खसीमासु खानु पर्छ भनी काम हिड्नु अघी काटकुट अनी मोलेर राखियो | वर्षमा एक चोटी मात्र खसी खाने भएको करन म ग्रेभी भएको मासु मन पराउछौ भने गृह मन्त्रानीलाई रस नभै हुँदैन| सालोलाइ बडो मान मनितो गरी मामाले मेजमान गराएर सोधिन खान पिन कस्तो भो ज्वाँई ? ज्वाँईले पनि घरमा खाए जस्तो का हुन्छ र भनी प्वाक्क खोकी हालेछ | सासुलाई पर्यो खुल्दुली ! छोरीलाई सोद्धा एकमुठी खोर्सानी राखिदिनु पर्थ्यो भनिन, |

सोर स्रद्दको पैसाले खसी किनिस र साझामा बखान लाइस भन्नु होला तर खसीकि लागि मैले कैले कज्नुशी गरको छैन . फेरी चाड बाद मा नाता गोता देखी साला भतिजा सबैको सवारी हुन्छ र सबैको रोजाई पक्कु नै पर्ने गरेको छ , तेसैले पनि ३ ४ सय डलरको लोभ नगरी दसैको लागि जागेर गरेको छु ?
 
Posted on 10-18-23 2:01 PM     [Snapshot: 357]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आखिर के हो के? दशैको कुरा कसले निकाल्यो यहाँ? "बर्षमा एक चोटि मात्र खसी खाने भएको कारण" रे ??? हँ के हो यो? कुन चै नेपाली अमेरिका बसेर बर्षको एकचोटी मात्र खसीको मासु खाने कुरा गर्छ होला?? यस्तो पनि नेपाली हुन्छ र? अमेरिकामा बसेर नेपालको कुनै निकै बिकट दुर्गम ग्रामीण क्षेत्रमा बसेको जस्तो कुरा पो सुनियो पो। खसी किन्न पनि यस्तो जोहो गर्नुपर्ने? सोर्हश्राद्दको पैसा जम्मा गर्नुपर्ने रे? राम राम। अमेरिका बस्ने नेपालीले खसिको मासु खान दसैं कुरेको रे...

के हो यस्तो? म कुन जमानामा छु? हरिबन्शको "दसैं" सिरियल हेरेको याद आयो हो।

 
Posted on 10-21-23 8:44 PM     [Snapshot: 490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसी किलो को २३ डलर छ , घरमा हामी जोइ पोइ ४ जना चिचिरा अनि सासु बा र सासु आमा सबै लाई खसी पुर्यौना त सिङ्गै खसी ढल्नु पर्ने हुन्छ . फेरी हामी जस्ता लिमिटेड बजेट मा चल्नेको लागि ३ ४ सय डलर तल माथि भयो भने पनि बजेट डामाडोल हुन्छ . तेसैले खासै चै मनग्ये तर दशैँमा एकचोटी खाने नियेम बनाएका छौ बिगत १२ वर्ष देखि ( घर किने देखि ) अब १७ १८ वर्षमा त घर को किस्ती तिरी सकी हलिंचा तेस्पची फेरी मनग्गे खसी खाने हो . तेतिन्जेल सम्म वाल्मार्टको प्लास्टिक पोके बोसो वाला फ्यामिली प्याक चिकेनमा झोल हालेर हप्तामा कम्तिमा एक चोटी चिकेन खाने गरेको हुनाले आफुलाई मासुको खासै तल तल हनुने कुराको अवगत गर्न चाहे


खसीको सबै परिकार आफुलाई मन पर्ने कुरा यहाँ आवगत गर्न चाहे तेस्मथी राजखनिको परिकारको चै म पारखी नै हु . अम्रिकामा राज्खानी प्राय फाल्ने गएको हुन्छ आफु मै बगरे कहाँ गएर त्यो नफाल मलाई राख बरु म ५ डलर दिन्छु भनेर हप्तामा एकचोटी २ ३ किलो मिले सम्म राज्खानी संग ३ पने खाने गरेको छु . घरमा राज्खानी खासै कसैले मन नपराउने हुनाले म र ससुरामा मनगे पुग्छ .

यहाँ नेपालमा आए देखि चै कुखुराको नंग्रा ( खुती ) धेरै खाने गरेको छु , किलोको ५० रुपिया मै पायिंचा .
दसैँ जसरि मनाया पनि आफु खुसि हुनु पर्यो तेती हो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters