Posted by: Bennedict September 1, 2023
भर्खरै मात्र नम्रता श्रेष्ठले सारूक ताम्राकारका बारे आफ्नो मुख खोले
Login in to Rate this Post:     0       ?        
शिकागोअनज्यु,
साझामा म लड्न भनेर त आउन्न है, तर कती पटक, मेरो दिमागको नसा सन्किन्छ अनी लामो लामो टाइप गर्न वाध्य हुन्छु, तर सबैको भाव, अभिप्राय त म पढिरहेको हुन्छु, सुनिरहेको हुन्छु। जिन्दगिमा मैले यती ठुला ठुला अचिभमेन्ट त पाएको छैन, तर आफुले केही जानेको र बुझेको चै लेख्छु। कत्तिलाई त यो सबै नचाहिने पुराण भट्टाएको जस्तो लाग्ला। अस्ती कस्ले हो त साझाको "पोजर" भनेर मलाई उपाधी पनि दिईसके हो।
मेरो कुरा सबैजनालाई चित्त नबुझ्न सक्छ, आई अग्ग्री। हामी सबैजना फरक फरक मान्छे हौ, फरक फरक ठाउबाट आएका छौ, अनी बिचार , सोचाइ सधैं त मिल्दैन नि, हैन? लजिकल कुरा, तर्क गर्ने आँट चै गर्छु, तर कतिलाई मन पर्दैन, सही हो। मलाई मन नपर्ने भनेको मेन कुरा चै हरेक मान्छेमा रहने "डबल्-स्ट्याडर्ड नेस" हो। धेरैले आफुले एउटा कुरा भनिरहेको हुन्छ तर गर्ने बेला चै अर्कै गरिरहेको हुन्छ। यस्तो बेला चै म बोल्छु, लेख्छु, मेरो समस्या देखाइ राख्छु।

आत्म-हत्या जघन्य अपराध हो, यस्तो कुरालाई प्रशय दिनु हुँदैन। तपाईंको कुरा सहि हो। संसारमा धेरै अभाव छन, भुखमरी छन, कती मान्छे हार नखाइ बाचिरहेका हुन्छन। तपाईंले त सजिलै भन्नुभयो, सबै पुग्ने मान्छेले पलायनको बाटो रोज्नु भनेको "भीरको गोरु लाई राम राम" भने सरह हो। तर यस्तो भन्दा कमजोर मनस्थिती भएकाहरुलाई डिस्क्रिमिनेट गरेको जस्तो भएन र? हेर्नुस् एउटा क्लासमा सबै प्रकारका बिद्यार्थी हुन्छन, कोही सार्है स्मार्ट, कोही कम, अब कम स्मार्ट हुने स्टुडेन्टहरु फेल भए भनेर उनिहरुप्रती सहानुभुति नै नराख्ने त? कम्जोर बिद्यार्थीहरुलाई हेल्प, एक्स्ट्रा पुश, एदवाइस आदी दिनु त उनिहरुको आवश्यकता हैन र? काउन्सिलिङ गरेर या एक्स्ट्रा क्लास दिएर कमजोरहरुलाई पनि माथि ल्याउन त जुन स्कुलले पनि खोज्छ हैन र? त्यो हिसाबले भन्नु पर्दा चै सारुकको मेन्टल स्थिती कस्तो थियो, लास्ट समयमा के कस्तो घटना भएका थिए, हामीलाई त थाहा छैन नि हैन। सबै "रे रे" को आधारमै कुरा हुँदैछ नि।

तर पनि अहिले आएर डाइरेक्टर र अस्सिस्टेन्ट डाइरेक्टरको बयान सुन्दा चै नम्रताको धेरै दोष देखिरहेको स्थिती छ। सारन्शमा भन्नु पर्दा, नम्रता र सारुक लिभ-इन रिलेशनमै रहँदा नम्रता चै निम्स पुर्जा सङ "सल्केकी", र नयाँ फिल्मको टिमलाई ज्यादा नै "भाउ" खोजेको र हुँदा हुँदा फिल्मको दोस्रो नायकसँग पनि "सल्केकी" भन्ने कुरा आईरहेको छ हो। यती मात्र नभएर पुरा फिल्म युनिट्को अगाडि सारूकलाई गाली गरेकी, हप्काएकी आदी सुन्नमा छ। अब एउटा लोयल बोइफ्रेन्डलाई उस्को गर्ल्फ्रेन्डले सबैको अगाडि गाली गरेको, अनी तेतिले नपुगेर रिलेशनमा हुँदा हुँदै अर्को अर्को केटासँग नजिकिएको कुन चै केटालाई मन पर्छ? रिजेक्सन, ह्युमिलिएशन, बित्रेयल, शेम, सबै कुरा एक साथ भएको यहाँ देखिन्छ। म कुनै डिटेक्टिभ हैन, अब के भएको थियो भनेर भन्ने, त्यो त इन्भेस्टिगेशनले थाहा लगाउला। अरु यस्तै केटा भएको भए तँ यस्ती केटी भनेर दुई चडकन लगाएर तेस्को मुखमै थुकेर जान्थ्यो होला, तर सारुक त्यो अपब्रिङ्गइङको मान्छे नभएको हुनाले असिम शोक, दु:ख खेप्न नसकेर आत्महत्याको बाटो रोजे भन्नुपर्ला।
शिकागोअनज्यु, अलिकती काइन्डनेस र ह्युमिलिटी राखेर सोच्ने हो कि? यहाँ त मर्ने मान्छे धेरै अन्यायमै परेको देखिन्छ नि, झन अब सारुकको बाबा पनि बिते। देख्नु भयो, पुत्र शोक भनेको कस्तो हुन्छ? लाँउ-लाँउ, खाँउ-खाँउ उमेर भएको एक्लो छोरा मर्दा कस्तो हुन्छ फ्यामिलीलाइ भनेर?

खाओबादीज्यु,
# १५ गते सिरियल मैले हेरेको छु। तपाईंले त्यो सिरियलमा के सिक्नुभयो? खाली आमा बाउ ले जबर्जस्ती केटीहरुको बिहे गर्दिन्छन भनेर मात्र देख्नुभयो त? हो त्यस्तो पनि गरिएको छ त्यहा, आई अग्ग्री। तर त्यो देखाउनु त्यो सिरियल को मेन उद्देश्य जस्तो त मलाई अझै पनि लाग्दैन। त्यो सिरियलले एउटा धोका पाएको युवकले कसरी केटीको बिहे १६ गते छ भने आफुले तेस्को घमन्ड झार्न १५ गते नै बिहे गरेर देखाउछु भन्ने औडाहा कसेको र गरेर पनि देखाएको बारेमा पो हो नि हैन र? म अझै पनि भन्छु, केटा भनेको त्यस्तो हुनुपर्छ रियलमा पनि, कुनै केटीले धोका दिई, मलाई बाच्नु र मर्नु बनाई भनेर डिप्रेस्स् हुनु भन्दा तेही केटीलाई आफुले बाचेर, बिहेको बाजा बजाएर देखाइदिनुपर्छ हो। तेसै भनिन्छ? ईख बिनाको मान्छे र बिख बिनाको सर्प काम छैन भनेर? तपाईंले चै त्यो सिरियलको गलत मेस्सेज बुझ्नु भएछ हो। तैपनी, अहिले त धेरै कुराहरु चेन्ज भएका छन नि हैन? आमा-बाउले जबर्जस्ती छोरा छोरीको बिहे गर्दिन्छन र? यो त कुनै समस्याको कुरा नै हैन नि।

# भुवन के सीको कती कुरा गर्नु हो? भुवन के सि अहिलेको हिरो हो? पहिला पहिला पनि मान्छेहरु गर्थे एक्स्ट्रा म्यारिटल अफ्फैर्स, दुई वटा बिहे, आदी आदी। तेतिखेर हामीहरु बिच तेती धेरै चेतना थिएन, "कन्सेन्ट" भनेको के हो कमैले बुझेका थिए। भुवन के सी दुधले धुलेको मान्छे हो भनेर त म कहिले भन्दिन। जती बेला मान्छेहरु भुवन के सीले गरेका कार्यकलाप देखेर सुनेर जिब्रो टोक्थे, अहिले त्यस्तो समय छैन, मान्छेहरु बिद्रोह गर्छन्, जागरुप भएका छन। साम्राग्यी चै कुन चै सन्स्कार सिकेकी चरी भन्नु हुन्छ हँ तपाईं? साम्राग्यीले अरुसँग गरेकी चीप बिहेभियर देखे होलान भुवन के सि ले अनी आफ्नो लक ट्राइ गर्दा अब सेक्सुअल ह्यारेस्मेन्ट भयो भनेर साम्राग्यीको दिमाग ठन्केको जस्तो देख्निछ। कोही कोही भन्दा कम चै छैन है यो काण्डमा। एक त ईन्डिया पढेकोहरुको अट्टिट्युड चै बेग्लै हुन्छ। मेरो नेपाली साथी थिईन, प्लस २ सम्म ईन्डिया पढे पछी त अर्कै मान्छे भएकी थिईन। केही भन्न, केही गर्न नडराउने, नयाँ नयाँ, चिन्नु न जान्नु बाटोको केटासँग बोल्न त कुनै लाज सन्कोच त थिएन हो। पछी लभ एक्जनासँग अनी कती सजिलै बिहे चै अर्कोसँग गरिदिदा त सब चकित। सम्राग्यी रिमाइन्ड्स मी अफ हर।

# हामीले तपाईंको नम्रता श्रेष्ठलाई अवसर, मौका नदिएका हौ र? तेस्ती क्यारेक्टर नभकी आईमाइ मर्नु नि भनेर भनेका छौ र? अहिले त समाज धेरै उदार भएको छ, मेरो १५ बर्षपछी को नेपाल भ्रमणमा मैले बुझेको पनि यही हो। हामी तपाईंले भनेको जस्तो पुरुष प्रधान समाज भएर नि कुरा गर्ने गर्दैनौ नि हैन? प्यात्रिआर्कल समाज अब तपाईंले भने सरह कम्प्लिट्ली उखेली फाल्न त हामी नसकौला तर समाज, मान्छेहरु चेन्ज भएका छन हुँदै पनि गर्छन्।

# हेलिकप्टर प्यारेन्टिङको पक्षमा मैले बोलेको हैन। ४० बर्ष काटेकी अविवाहित छोरीलाई कठपुतली झै नचाउनु पर्छ नि भनेको हैन। ४०-४० बर्ष भएकी लाई कुन चै आमा बाउले केटा खोजी खोजी बिहे गर्देलान रे? मेरो भनाइ, ४० बर्षमा पनि मेरी छोरिको घर-बार बसेन भनेर आमा-बाउको मनमा पीर रहन्छ भनेको हुँ। तेत्रो बर्षको त केटा पनि केटी पनि आँफै निर्णय लिन सकिहाल्छन नि हैन? खास कुरा के हुन्छ भने आमा बाउले जे सोच्छन त्यो बुझ्न, सम्झन छोराछोरिलाई आफु बुढा बुढी भए पछी मात्र आउछ, अहिले त रमाइलो गरौ, एक्स्प्लोर गरौ, आमा बाउ आर बोरिङ्ग, सो ओल्ड फैशन्ड भन्छन अनी जब तिनिहरु मर्छन अनी बल्ल उनिहरुलाई मिस्स गर्छन्। कुरा तेही हो।
खैर,

मनिषा कोइरालाको रिसेन्ट इन्टर्भिउ हेर्दै थिए, मनिषा भन्छिन "पहिले पहिले मलाई कसैले यो नगर, यो नखा, भन्दा रिस उठ्थ्यो किन भने म लेट मी एक्स्प्लोर माइसेल्फ भन्थे, तर अहिले (क्यान्सरबाट बचेँर आएपछी) कसैले त्यस्तो भने, म टक्क अड्किन्छु, त्यो मान्छेले केही भएको भएर त यो नखा, यो नगर भनेको होला नि भनेर। व्हाइ शुड आई वेष्ट माइ टाइम नाउ व्हेन सम्बडी ह्याज एक्स्पेरिएन्सिड इट अल्रेडी।"
कुरा बुझ्नु भो अब। जिबन बुझ्न भोग्न मात्र पर्दैन, अरु अनुभवी मान्छेहरुको भनाइ, कुरा पनि सुन्न पर्छ, सबै लेट मी एक्स्प्लोर, लेट मी ट्राइ माइसेल्फ मात्र भनेर चै हुन्न।
Read Full Discussion Thread for this article