भर्खरै मात्र नम्रता श्रेष्ठले सारूक ताम्राकारका बारे आफ्नो मुख खोले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र '# MAYA' छायङकन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए यो धटना ले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुप मा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिक बाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुट को खेती गर्नु हुने सबै दिग्गज महानुभाव हरु लाइ सत्य को बाटो हिड्न को लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरु बाट कल आएको थियो मेरो फोन मेरो दादा सॅग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै HANDLE गर्नु हुन्छ तर मिडया मा बोल्दा अनुसन्धान मा असर पर्छ भनेर मेरो परिवार बाट बोल्ने अनुमति भएन,मैले बिभन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको INTERVIEW हरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइन ..आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन,यो धटना सँग जोडीएका FABRICATED समाचार र बिभीन्न भिडियो हरू मेरो कानुनी टिम ले हेर्नेनै छ, म यस चलचित्र को एक कलाकार पनि थिए, सोही चलचित्र को कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो सम्बेदनशील बिषय लाइ GLORIFY गर्नु उचित हुदैन! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो धटना पछी VIEWS का लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म धोर भर्त्सना गर्दछु। यो किसीम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश बिदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषय लाइ मिडिया मा ल्याउन उचित ठानिन म TOTALLY घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाॅदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर .. तर कतै भिजिट गरेको देखिन्नत भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतक का परिवार सॅग मेरो परिवार का सदस्य हरू र सहयोगी ले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउनु चाहनु भएन.. म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें.. जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो धटना सम्बन्धि डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्र को मेकिङ टिम, कलाकार हरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किन की सो चलचित्र को कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ.. 'कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ' भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं 'JUSTICE FOR SARUK ' निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासन लाइ अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस .. नम्रता श्रेष्ठ काठमाडौं, नेपाल मिति > 2080/05/11 गते सोमबार मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी REALITY बाहिर थाह होस भनेर..तर मेरो परीवार को सुझाव अनुसार प्रहरीअनुसन्धान मा बाधा पुग्ने भएकोले गरीन ..त्यही कुरालाई अहीले जस्ताको तेस्तै पोष्ट गरेको छु । साभार - नम्रता श्रेष्ठ फेसबुक https://www.facebook.com/Namra... Last edited: 28-Aug-23 11:50 AM

ktmpost · Aug 28, 2023 11:42 AM · 32,525 views

28 Replies · Showing 21 - 28
Page 2 of 2

"Uta Priyanka ko saasu amaa ko majak udaudai chas ani yeta sajjan banna khojdaichas haha kubuddhi chora" Both Priyanka and her sasu muma look hot. And as consenting adults, nothing can stop them from entering into same-sex relationship if they wish to do so. https://www.hrw.org/news/2023/... <img src="

Khaobaadi_Netaa · Aug 31, 2023 8:36 PM

खाओबादिज्यु, मलाई कुनै रहर थिएन र छैन पनि यो नम्रताको सेक्स स्क्यान्डल को चर्चा-परिचर्चा गर्ने। कहिले कहिलेको कुरा लिएर किन म मेरो टाउको दु:खाउ? तर तपाईं जस्तो मान्छे बेला-बेला आउछन कुराको शल्यकृया गर्न हो। नम्रताको जिन्दगी हो, डिसिजन हो, तेही हो। तर यस्तो मान्छे मेरो नजिकको परिवारमा चै कोही नहोस्, तेही हो मेरो चाहना। समाजमा बिकृती बसाल्ने, आमा-बाउ, दाई भाई को अगाडि नै लाज के हो, शरम के हो भन्न नसक्ने मान्छेसँग म कुनै प्रकारको सरोकार राख्न चाहन्न। अनी फेरी अहिले आएर, नम्रताले मलाई डिप्रेसन भो, मेन्टल हालत यस्तो भो, उस्तो भो भन्नु चै मुर्ख्याइ नै हो। पहिले पहिले सुन्थ्यौ, केटाहरु केटी भने पछी बस्नै नसक्ने हुन्छन भनेर तर नम्रता जस्तो आईमाई देखेर चै केटीहरु झन उग्र हुन्छन सेक्सको मामलामा भन्ने प्रुव्ड भएको छ। आफ्नो सेक्सुअल बिहेवियर कन्ट्रोलमा नराख्न सक्ने मान्छेले कती दु:ख खेप्छ, अहिले सबैले देखिरहेका छन पनि। र यो भन्दा नम्रतालाई मात्र लागु हुन्न, निम्स पुर्जाको नाम पनि आउछ, अहिले जो मान्छे बिदेशी युवतीहरुलाई समेत सेक्सुअल ह्यारेस्मेन्टको केसमा अल्झेको छ, यस्तो कन्या राशीको मान्छेले नम्रता जस्ती लाई पड्काएन होला त? सजिलै अनुमान लाउन सकिन्छ हो। हेर्नुस् खाओबादिज्यु, तपाईंलाई नम्रताको सेक्स स्क्यान्डलले नम्रतालाई मात्र एक तर्फी अन्याय गरेको जस्तो लाग्छ भने लड्नुस् नम्रताको लागि केस, यस्तो सहानुभुति छ उहाप्रती भने कन्ट्याक्ट गर्नुस् बिचरी पीडित मान्छेलाई हो, यहाँ कानुन पढाएर चै केही हुनेमा छैन। शायद नम्रताको डिप्रेस्सन पनि ठीक होला अनी। तपाईंलाई त धर्म नै होला। रक्सी कस्ले खुवायो? कन्सेन्ट लिएको थियो या थिएन, कस्ले क्यामरा राख्यो? जान्नुस्, खोज्नुस्। तपाईंको नम्रतालाई त्यो बेला पत्रकारले के गरेको भनेर सोध्दा त "मेरो पर्सनल भिउको लागि खिचेको, कसैलाई हेर्न मन भए हेरे हुन्छ" भनेकी थिईन भनेर त्यो बेला अनलाईनमा चर्चा बटुलेको त अझै याद नै छ हो। कुनै गल्तीको आभास नभएकी आईमाईको कुरा गर्दै छौ हामी हो। हामी मात्र फत्-फताएर के काम? ४० काट्न लागेकी छोरी घरमा अविवाहित बस्दा कुन चै नेपालीको घरमा चिन्ता हुन्न होला ए। तपाईं मलाई यि फन्टुश (ABCD) माने America born confused desiको भिडियो देखाएर हासो गर्ने? तपाईंको घर, नजिक परिवारमा कोही महिला होला बिबिध कारणले विवाह नभएका, उनिहरुको आमा-बाउ भएर सोच्नुस् अनी थाहा होला तपाईंलाई मेरो तर्क हो। ४० काट्न लागेकी आईमाईलाई दाम्लोले बाधेर राख्ने भनेर मैले कहाँ भने? छोरीले ४०-४० बर्ष सम्म घरबार नबसाले पछी आम-बाउ डराउन्नन? छोरी एक्लै होला, जिबनसाथी नपाउला भनेर चिन्ता हुन्न? कस्तो कुरा हो तपाईंको? अमेरिकन आमाबाउ पनि डराको, मैले खुद देखेको छु। छोरीले डेटिङ धेरै गर्‍यो, अझै सेटल भएन भनेर चिन्ता मिश्रित कुरा मसँग पनि गरेका थिए। तपाईं यस्तो भब्य भब्य निउज त हामीलाई पस्कन हुन्छ तर तपाईंको कन्सिएन्स चै पूर्ण बिकसित नभएको पाए। आफुले चै अनेकन सम्बन्ध गरे भनेर अरुको मल्टिपल अफ्फेयर्स जस्टिफाइ त गर्नुहुन्छ तर आफ्नो अयाक्सन, अभिब्यक्तीले गर्दा आफ्नो परिवार, समाजप्रती कस्तो मेस्सेज गईरहेको छ, तपाईंले आत्म-अवलोकन गर्न चै बाँकी नै देखियो हो। खैर, अरु के भनौ?

Bennedict · Aug 31, 2023 11:59 PM

Benedict Jyu, Tapainko Kati kura chitta nabujhe pani kati kura logical nai hunchhan. Saruk naam tesari Ba Aama ko naam bata rakheko rahechha….malai thaha thiyena….kasto ramro lagyo… Tara pani atmahatya jasto jaghanya aparadh ma, ma jasle garyo uslai mai dosi thanchhu….kamjor manasthiti ko pratifal…..sansar ma kati dherai abhabh ra bokh hunda pani dherai manchhe jindagi bata har nakhai bancheka hunchhan….euta dal bhat khana pugne madhyam Barga pariwar ko manchhe le Palayan ko bato rojnu “bhir ko goru lai ram ram “ ho jasto lagchha Malai Hindi le Nepali bhasa lai atikraman gareko asadhyeyi man pardaina….ke garnu Nepali bhasa ko sarai Maya lagchha…Upadhyaya Bahun ko matrai bhasa ta hoina ni…ma paschhim ko Magar ko pani ta ho :-)

chicagoan · Sep 1, 2023 7:00 AM

Bennedict, "पहिले पहिले सुन्थ्यौ, केटाहरु केटी भने पछी बस्नै नसक्ने हुन्छन भनेर तर नम्रता जस्तो आईमाई देखेर चै केटीहरु झन उग्र हुन्छन सेक्सको मामलामा भन्ने प्रुव्ड भएको छ। आफ्नो सेक्सुअल बिहेवियर कन्ट्रोलमा नराख्न सक्ने मान्छेले कती दु:ख खेप्छ, अहिले सबैले देखिरहेका छन पनि। " पहिले पहिलेकै कुरो गर्ने हो भने पहिले पहिले बाबु आमाले केटो रौजी दिन्थे । केटीलाई केटो मन परोस या मन नपरोस बिचरी केटीहरू बाध्य भएर बिहे गर्थे । एक पटक गएर Madan Krishna Shrestha - Hari Bansa Acharya को १५ गते tele-serial फेरी हेर्नु होस । त्यस tele-serial मा त्यही कुरा दर्शाएका छन् मह जोडीले comedic रूपमा ।&nbsp; पहिले पहिलेकै कुरो गर्ने हो भने पहिले पहिले श्री तीन चन्द्र शमसेर राणाका पाला सम्म केटीलाई सती जान बाध्य गराउन गैरकानुनी थिएन । "सेक्सुअल बिहेवियर" कै कुरो गर्ने हो भने नायक भुवन केसीले कती केटी सीत यौन सम्पर्क राखे, कती सीत लीभ इन टुगेदरमा बसे, कतीलाई बिहे गरे, कतीलाई डिभोर्स गरे, आफु भन्दा झन्डै ४० बर्ष सानी बिचरी Samragyee Rajya Laxmi Shah माथी सम्म यीनले आॅखा लगाए। अनी ल यीनको मती भ्रष्ट भयो भनेर औला ठड्यान त परै जाओस उनलाई माहा नायकको दर्जा दिई फिल्म डिभलेपमेन्ट बोर्डका अद्यश्र ज्यू भनी जय जयकार गर्दै हिड्छन मान्छेहरू । यस जमानामा यस्ता patriarchal society तथा patriarchal सोचलाई जरैबाट उखेलेर फालीदिन उचीत होला । "तपाईंको घर, नजिक परिवारमा कोही महिला होला बिबिध कारणले विवाह नभएका, उनिहरुको आमा-बाउ भएर सोच्नुस् अनी थाहा होला तपाईंलाई मेरो तर्क हो। ४० काट्न लागेकी आईमाईलाई दाम्लोले बाधेर राख्ने भनेर मैले कहाँ भने? छोरीले ४०-४० बर्ष सम्म घरबार नबसाले पछी आम-बाउ डराउन्नन?" हैन हुर्केर आफै गरिखाने भैसेकालाई helicopter parenting किन गर्ने ? आफै गरिखाने भैसेकालाई आफ्नो ईच्छा लाद्दै कठपुतली झै नचाउन खोज्ने ? Helicopter parenting गर्न भनेकै दाम्लोले बाधेर राखेका गाॅई भैसी सरह ब्यबहार गर्न हो। आमा बाबु सधै बाच्दैनन् क्यार । दुख परे होस या सुख आखीरमा आफ्नो जीवन स्महाल्ने जिम्मा आफ्नै थाप्लोमा आईनै हाल्छ। नम्रताले बिहे गरी घर बसाउलीन या नबसाउलीन यसको निर्णय गर्ने अघिकार तथा जीम्वेवारी कसैको नभई सीर्फ उनको हुनेछ । यही सुझाब मैले मेरै सानी बहिनीलाई दिएको थिए । जीन्दगीमा उतार चडाव आई रहन्छन् । जीन्दगीको उतार चडावलाई कसरी आफैले MANAGE गर्ने ज्ञान तथा EXPERIENCE नत आमा बाबुले दिन सक्छन नत अरू कसैले । यो त आफ्नै भोगाई बाट मात्र प्राप्त हुन्छ । एक पटक मात्र जीउन पाइन यो जीवनमा आफै explore गर्न छाड्न हुन्न । https://www.youtube.com/watch?... Last edited: 01-Sep-23 08:31 AM

Khaobaadi_Netaa · Sep 1, 2023 8:29 AM

शिकागोअनज्यु, साझामा म लड्न भनेर त आउन्न है, तर कती पटक, मेरो दिमागको नसा सन्किन्छ अनी लामो लामो टाइप गर्न वाध्य हुन्छु, तर सबैको भाव, अभिप्राय त म पढिरहेको हुन्छु, सुनिरहेको हुन्छु। जिन्दगिमा मैले यती ठुला ठुला अचिभमेन्ट त पाएको छैन, तर आफुले केही जानेको र बुझेको चै लेख्छु। कत्तिलाई त यो सबै नचाहिने पुराण भट्टाएको जस्तो लाग्ला। अस्ती कस्ले हो त साझाको "पोजर" भनेर मलाई उपाधी पनि दिईसके हो। मेरो कुरा सबैजनालाई चित्त नबुझ्न सक्छ, आई अग्ग्री। हामी सबैजना फरक फरक मान्छे हौ, फरक फरक ठाउबाट आएका छौ, अनी बिचार , सोचाइ सधैं त मिल्दैन नि, हैन? लजिकल कुरा, तर्क गर्ने आँट चै गर्छु, तर कतिलाई मन पर्दैन, सही हो। मलाई मन नपर्ने भनेको मेन कुरा चै हरेक मान्छेमा रहने "डबल्-स्ट्याडर्ड नेस" हो। धेरैले आफुले एउटा कुरा भनिरहेको हुन्छ तर गर्ने बेला चै अर्कै गरिरहेको हुन्छ। यस्तो बेला चै म बोल्छु, लेख्छु, मेरो समस्या देखाइ राख्छु। आत्म-हत्या जघन्य अपराध हो, यस्तो कुरालाई प्रशय दिनु हुँदैन। तपाईंको कुरा सहि हो। संसारमा धेरै अभाव छन, भुखमरी छन, कती मान्छे हार नखाइ बाचिरहेका हुन्छन। तपाईंले त सजिलै भन्नुभयो, सबै पुग्ने मान्छेले पलायनको बाटो रोज्नु भनेको "भीरको गोरु लाई राम राम" भने सरह हो। तर यस्तो भन्दा कमजोर मनस्थिती भएकाहरुलाई डिस्क्रिमिनेट गरेको जस्तो भएन र? हेर्नुस् एउटा क्लासमा सबै प्रकारका बिद्यार्थी हुन्छन, कोही सार्है स्मार्ट, कोही कम, अब कम स्मार्ट हुने स्टुडेन्टहरु फेल भए भनेर उनिहरुप्रती सहानुभुति नै नराख्ने त? कम्जोर बिद्यार्थीहरुलाई हेल्प, एक्स्ट्रा पुश, एदवाइस आदी दिनु त उनिहरुको आवश्यकता हैन र? काउन्सिलिङ गरेर या एक्स्ट्रा क्लास दिएर कमजोरहरुलाई पनि माथि ल्याउन त जुन स्कुलले पनि खोज्छ हैन र? त्यो हिसाबले भन्नु पर्दा चै सारुकको मेन्टल स्थिती कस्तो थियो, लास्ट समयमा के कस्तो घटना भएका थिए, हामीलाई त थाहा छैन नि हैन। सबै "रे रे" को आधारमै कुरा हुँदैछ नि। तर पनि अहिले आएर डाइरेक्टर र अस्सिस्टेन्ट डाइरेक्टरको बयान सुन्दा चै नम्रताको धेरै दोष देखिरहेको स्थिती छ। सारन्शमा भन्नु पर्दा, नम्रता र सारुक लिभ-इन रिलेशनमै रहँदा नम्रता चै निम्स पुर्जा सङ "सल्केकी", र नयाँ फिल्मको टिमलाई ज्यादा नै "भाउ" खोजेको र हुँदा हुँदा फिल्मको दोस्रो नायकसँग पनि "सल्केकी" भन्ने कुरा आईरहेको छ हो। यती मात्र नभएर पुरा फिल्म युनिट्को अगाडि सारूकलाई गाली गरेकी, हप्काएकी आदी सुन्नमा छ। अब एउटा लोयल बोइफ्रेन्डलाई उस्को गर्ल्फ्रेन्डले सबैको अगाडि गाली गरेको, अनी तेतिले नपुगेर रिलेशनमा हुँदा हुँदै अर्को अर्को केटासँग नजिकिएको कुन चै केटालाई मन पर्छ? रिजेक्सन, ह्युमिलिएशन, बित्रेयल, शेम, सबै कुरा एक साथ भएको यहाँ देखिन्छ। म कुनै डिटेक्टिभ हैन, अब के भएको थियो भनेर भन्ने, त्यो त इन्भेस्टिगेशनले थाहा लगाउला। अरु यस्तै केटा भएको भए तँ यस्ती केटी भनेर दुई चडकन लगाएर तेस्को मुखमै थुकेर जान्थ्यो होला, तर सारुक त्यो अपब्रिङ्गइङको मान्छे नभएको हुनाले असिम शोक, दु:ख खेप्न नसकेर आत्महत्याको बाटो रोजे भन्नुपर्ला। शिकागोअनज्यु, अलिकती काइन्डनेस र ह्युमिलिटी राखेर सोच्ने हो कि? यहाँ त मर्ने मान्छे धेरै अन्यायमै परेको देखिन्छ नि, झन अब सारुकको बाबा पनि बिते। देख्नु भयो, पुत्र शोक भनेको कस्तो हुन्छ? लाँउ-लाँउ, खाँउ-खाँउ उमेर भएको एक्लो छोरा मर्दा कस्तो हुन्छ फ्यामिलीलाइ भनेर? खाओबादीज्यु, # १५ गते सिरियल मैले हेरेको छु। तपाईंले त्यो सिरियलमा के सिक्नुभयो? खाली आमा बाउ ले जबर्जस्ती केटीहरुको बिहे गर्दिन्छन भनेर मात्र देख्नुभयो त? हो त्यस्तो पनि गरिएको छ त्यहा, आई अग्ग्री। तर त्यो देखाउनु त्यो सिरियल को मेन उद्देश्य जस्तो त मलाई अझै पनि लाग्दैन। त्यो सिरियलले एउटा धोका पाएको युवकले कसरी केटीको बिहे १६ गते छ भने आफुले तेस्को घमन्ड झार्न १५ गते नै बिहे गरेर देखाउछु भन्ने औडाहा कसेको र गरेर पनि देखाएको बारेमा पो हो नि हैन र? म अझै पनि भन्छु, केटा भनेको त्यस्तो हुनुपर्छ रियलमा पनि, कुनै केटीले धोका दिई, मलाई बाच्नु र मर्नु बनाई भनेर डिप्रेस्स् हुनु भन्दा तेही केटीलाई आफुले बाचेर, बिहेको बाजा बजाएर देखाइदिनुपर्छ हो। तेसै भनिन्छ? ईख बिनाको मान्छे र बिख बिनाको सर्प काम छैन भनेर? तपाईंले चै त्यो सिरियलको गलत मेस्सेज बुझ्नु भएछ हो। तैपनी, अहिले त धेरै कुराहरु चेन्ज भएका छन नि हैन? आमा-बाउले जबर्जस्ती छोरा छोरीको बिहे गर्दिन्छन र? यो त कुनै समस्याको कुरा नै हैन नि। # भुवन के सीको कती कुरा गर्नु हो? भुवन के सि अहिलेको हिरो हो? पहिला पहिला पनि मान्छेहरु गर्थे एक्स्ट्रा म्यारिटल अफ्फैर्स, दुई वटा बिहे, आदी आदी। तेतिखेर हामीहरु बिच तेती धेरै चेतना थिएन, "कन्सेन्ट" भनेको के हो कमैले बुझेका थिए। भुवन के सी दुधले धुलेको मान्छे हो भनेर त म कहिले भन्दिन। जती बेला मान्छेहरु भुवन के सीले गरेका कार्यकलाप देखेर सुनेर जिब्रो टोक्थे, अहिले त्यस्तो समय छैन, मान्छेहरु बिद्रोह गर्छन्, जागरुप भएका छन। साम्राग्यी चै कुन चै सन्स्कार सिकेकी चरी भन्नु हुन्छ हँ तपाईं? साम्राग्यीले अरुसँग गरेकी चीप बिहेभियर देखे होलान भुवन के सि ले अनी आफ्नो लक ट्राइ गर्दा अब सेक्सुअल ह्यारेस्मेन्ट भयो भनेर साम्राग्यीको दिमाग ठन्केको जस्तो देख्निछ। कोही कोही भन्दा कम चै छैन है यो काण्डमा। एक त ईन्डिया पढेकोहरुको अट्टिट्युड चै बेग्लै हुन्छ। मेरो नेपाली साथी थिईन, प्लस २ सम्म ईन्डिया पढे पछी त अर्कै मान्छे भएकी थिईन। केही भन्न, केही गर्न नडराउने, नयाँ नयाँ, चिन्नु न जान्नु बाटोको केटासँग बोल्न त कुनै लाज सन्कोच त थिएन हो। पछी लभ एक्जनासँग अनी कती सजिलै बिहे चै अर्कोसँग गरिदिदा त सब चकित। सम्राग्यी रिमाइन्ड्स मी अफ हर। # हामीले तपाईंको नम्रता श्रेष्ठलाई अवसर, मौका नदिएका हौ र? तेस्ती क्यारेक्टर नभकी आईमाइ मर्नु नि भनेर भनेका छौ र? अहिले त समाज धेरै उदार भएको छ, मेरो १५ बर्षपछी को नेपाल भ्रमणमा मैले बुझेको पनि यही हो। हामी तपाईंले भनेको जस्तो पुरुष प्रधान समाज भएर नि कुरा गर्ने गर्दैनौ नि हैन? प्यात्रिआर्कल समाज अब तपाईंले भने सरह कम्प्लिट्ली उखेली फाल्न त हामी नसकौला तर समाज, मान्छेहरु चेन्ज भएका छन हुँदै पनि गर्छन्। # हेलिकप्टर प्यारेन्टिङको पक्षमा मैले बोलेको हैन। ४० बर्ष काटेकी अविवाहित छोरीलाई कठपुतली झै नचाउनु पर्छ नि भनेको हैन। ४०-४० बर्ष भएकी लाई कुन चै आमा बाउले केटा खोजी खोजी बिहे गर्देलान रे? मेरो भनाइ, ४० बर्षमा पनि मेरी छोरिको घर-बार बसेन भनेर आमा-बाउको मनमा पीर रहन्छ भनेको हुँ। तेत्रो बर्षको त केटा पनि केटी पनि आँफै निर्णय लिन सकिहाल्छन नि हैन? खास कुरा के हुन्छ भने आमा बाउले जे सोच्छन त्यो बुझ्न, सम्झन छोराछोरिलाई आफु बुढा बुढी भए पछी मात्र आउछ, अहिले त रमाइलो गरौ, एक्स्प्लोर गरौ, आमा बाउ आर बोरिङ्ग, सो ओल्ड फैशन्ड भन्छन अनी जब तिनिहरु मर्छन अनी बल्ल उनिहरुलाई मिस्स गर्छन्। कुरा तेही हो। खैर, मनिषा कोइरालाको रिसेन्ट इन्टर्भिउ हेर्दै थिए, मनिषा भन्छिन "पहिले पहिले मलाई कसैले यो नगर, यो नखा, भन्दा रिस उठ्थ्यो किन भने म लेट मी एक्स्प्लोर माइसेल्फ भन्थे, तर अहिले (क्यान्सरबाट बचेँर आएपछी) कसैले त्यस्तो भने, म टक्क अड्किन्छु, त्यो मान्छेले केही भएको भएर त यो नखा, यो नगर भनेको होला नि भनेर। व्हाइ शुड आई वेष्ट माइ टाइम नाउ व्हेन सम्बडी ह्याज एक्स्पेरिएन्सिड इट अल्रेडी।" कुरा बुझ्नु भो अब। जिबन बुझ्न भोग्न मात्र पर्दैन, अरु अनुभवी मान्छेहरुको भनाइ, कुरा पनि सुन्न पर्छ, सबै लेट मी एक्स्प्लोर, लेट मी ट्राइ माइसेल्फ मात्र भनेर चै हुन्न।

Bennedict · Sep 1, 2023 3:21 PM

In analyzing the whole series of event, is it possible that it was not a suicide. It is possible that he was murdered and made to look like suicide. Some things do not add up. He was normal all day and he even had told his parents that he would join them for a party in the evening. It is suspicious that the police only got hold of the so called suicide note only after a week. That too it was suspicious because the message said not to look further into his suicide and only he is to blame. That was just too perfect a message to attempt to stop further investigation into this death. Nims Purja is a very powerful man with history of violence. Also the fact that Namrata stayed hidden for almost a month also points to foul play. Why would someone's girlfriend not even visit the boy's family after his untimely death? Now she has come up with more lies about the masan ghat and booti incident when the directory of the movie has already given his account that it actually happened. I am surprised why people would not want to investigate further. Even in movies, detectives would investigate this kind of situation because it's very possible that there was foul play. Of course this is my opinion and I could be wrong but at the least there should be a thorough investigation and Namrata Shrestha needs to be questioned.

NCP · Sep 1, 2023 8:24 PM

NCP, you forgot about the fake suicide note that was planted. Saruk was adopted but the note claimed otherwise

wakeyour_mind · Sep 1, 2023 11:35 PM

I am not sure if he was adopted. I have no way of verifying this. Can anyone verify this? If so it’s 100% murder

NCP · Sep 2, 2023 10:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion