Posted by: Bennedict August 28, 2023
भर्खरै मात्र नम्रता श्रेष्ठले सारूक ताम्राकारका बारे आफ्नो मुख खोले
Login in to Rate this Post:     1       ?         Liked by
कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ' भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ ।
यहाँ चै नम्रता झुटो बोल्दैछिन् किन भने त्यो फिल्मको निर्देशक आँफैले भनीसक्नुभएको छ कि नम्रताको आग्रहमा मसानघाट गएर कालो बोका काटिएको र निर्देशक अनी सारुकले बुटी लगाएको भनेर। पछि चै सारुकको मृत्यु पछि निर्देशकले त्यो बुटी फालेको भनेर आँफै कबुल गरेका पनि छन, प्रुफको लागि युट्युबमा उहाको इन्टरभ्यु हेर्न सकिन्छ।
अनी फेरी आँफै नम्रता भन्दैछिन कि "पुजा गर्ने गुरु"को बयान लिई सकेको छ, सो भन्नुको अर्थ मसानघाट पनि गएको, पूजा पनि लाएको भन्ने कुरा पक्कै हो। अब नम्रताले त्यो सबै गतिबिधिलाई "यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं " भनेर आफ्नो बचाउ गरेकी छिन। फेरी आफ्नो त्यो कामलाई अहीले को एक्काईसैं सताब्दीमा आएर "रुढीवाढी कुरा" हैन पनि भन्दैछिन। अच्चमै छ बा। भन्नुको अर्थ मसानघाटमा ती सबै "काम" भएका चै छन, अब मान्छेले यस्लाई "फन्डा" नबनाएर के "अन्डा" बनाउलान त? एकदमै कन्फ्लिक्टिङ भयो उहाको पोइन्टसहरु। केही विश्वाश भएर यी कामहरु गरेका भए गरेको हो भने भैहाल्यो नि, हैन र?

"नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ.."
नम्रताले यस्तो लेखेको चै सार्है फन्नी लाग्यो हो। भन्न पनि कती सकेका हुन। राम राम। फेरी यो दुधको दुध, पानीको पानी भएर चै के नै हुन्छ होला र? मर्ने मान्छे मरेर गईसके। तर पनि खास कुरा के भएको थियो भनेर चै सबैलाई थाहा भए मन बुझाउने बाटो हुनेथियो होला। तर सबै प्रश्नहरु चै सिधै नम्रताकै तर्फ गएका हुँदा, उहाँलाई धेरैले दोषी देखिरहेका छन। युट्युब मात्र नभएर सिनेमाकै धेरै मान्छेहरुले उहालै तथानाम भनिरहेका छन। यो मान्छेले चै ठुलै नाम कमाउने भाग्य किएर जन्मेको रहिछिन हो। अब नाम राम्रो कामले होस् या नराम्रो कामले। ग्रह चै ठुलै रहेछ।

शिकागोअनज्यु,
तपाईं त मलाई लाग्छ, यहाँ कसले कस्तो नेपाली लेख्यो, कस्तो नेपाली बोल्यो, पुलिसिङ गर्न बसेको मान्छे जस्तो पो लाग्यो गाठेँ। अब नम्रताले "हरकत" शब्द युज गरिन भनेर तपाईं तेही समातेर बस्नुहुन्छ। त्यहा नेपाली आर्टिस्टले टिभी (नेपाल आईडल, भोइस आदीमा) हुँदो बोलेको सुन्नुभएको छ? "छप्पर फाँडेर दियो" रे "उसले त फाँडिदियो" रे। यस्लाई अब के भन्नुहुन्छ तपाईं? कती शब्दहरु भारतबाट सापट लिएर बोलिन्छ होला, कती चै अब धेरै नै इन्फ्लुएन्स भएर हैन र? उसै त सानोदेखी हिन्दी फिल्म हेरेर हुर्केका हामी, हिन्दी शब्द त यता उता युज गर्ने नै भयौ नि। बोलिमा अली अली मिसावट त चल्छ नि हैन र? अनी अमेरिकामा हेर्नुस्, कती नेपाली भेटे, ईन्डिअन रेस्टुरेन्टमा काम गर्दा गर्दा धेरैको इन्डियन अयाक्सेन्ट नै भएको नोटिस गरे हो।
तपाईं चै सुद्दमा अती सुद्द नेपाली बोल्ने उपाध्याय बाहुन हुनुहुन्छ कि? कुनै जात धर्मलाई टन्ट गरेको हैन है फेरी, सबै उपाध्यायहरु म माथि खनिन बेर छैन फेरी।

खैर, तपाईं कती सारुक कि शाहरुख भन्दै बस्नुहुन्छ बा। यहाँ सारुकको फ्यामिलीको नाम हेर्नुस् न।
बाबाको नाम : सानु ताम्राकर
ममीको नाम : रुक्मिणी ताम्राकार
अनी छोराको नाम : सा + रुक = सारुक
तपाईंले अहिले सम्म यो बुझ्नुभएन? हत्तेरिका।
Read Full Discussion Thread for this article