Posted by: Bennedict April 21, 2022
Returning back to Nepal was a good decision
Login in to Rate this Post:     0       ?        
लोगनजी,
तपाईंलाई जवाफ दिदै।
हेर्नुस्, मैले नेपाल गएर भेडा बाख्रा पाल्ने, गाई बस्तु डुलाउने काम सानो हो, यस्तो काम गर्ने मान्छे सानो हुन भनेर कहिले भनिन। तपाईंको कट्टु तिवारीले भने जस्तो बर्गर फ्लिप गर्दा गर्दा फेक IT रेजुमे बनाएर काम गर्ने यस्तो उस्तो भनेर कहिले अरुलाई भनिन। काम भनेको सानो ठुलो हुन्न। कसैले बर्गर फ्लिप गरेर पसल नखोले हामीले कसरी बर्गर खान पाउने? कसैले भेडा बाख्रा नपाले हामीले कसरी मासु खाने? दसैं तिहार कसरी मनाउने? हजुरले भनेको साचो हो, परिश्रम गर्नुपर्छ र गर्नेलाई हेय दृष्‍टिले हेर्न हुन्न तर यसो भईराको भने हुन्न। तपाईं मलाई सोध्नुस् मैले कस्तो कस्तो काम गरिन होला, कतीपटक आफ्नै नेपालीले समेत आफ्नै अगाडि अन्डरएस्टिमेट गरेनन होला त? तपाईंको दोस्त कट्टु तिवारीले भनेको सुनुहुन्न? श्रीमतीले यु ट्युब हेरी हेरी अटोमेशन सिकेर कमाको पैसा ($५०-६०,००० प्रती बर्ष, एक्जाक्ट बिर्सें, आँफै पत्ता लाउनुस्) पनि जाबो पैसा रे। अब भन्नुस् परिश्रम ठुलो कि पैसा ठुलो यहाँ? अनी जो मान्छेले आफ्नै श्रीमतीलाई रेस्पेक्ट दिन सक्तैन कामको मामलामा, उनिहरुलाई चै के भन्नुहुन्छ नि तपाईं?

मैले कहिले नि मान्छेलाई उसले गरेको कामले तौलेको छैन। शेखरजी ले जे काम गर्नु भयो, जे काम गर्नु हुन्छ अमेरिका हुँदा, नेपाल हुँदा मलाई केही फरक पर्दैन। मेरो टण्ट उहाले भनेको स्टेट्मेन्टको बारेमा थियो हो। मैले भेडा बाख्रा पालेर शेखरजी सानो मान्छे हुन्छ, उहालै हेयको दृष्‍टिले हेरौ भनेर कहिले भनेको छुइन। पहिलो कुरा त मलाई उहाले लेखेको कुरा माथि नै शन्का थियो, जो मान्छे १८-१८ बर्ष अमेरिका बसेको छ, उसले यस्तो बक्त्यब दिदा हामीले कसरी पत्त्यौने? लौ भन्नुस्। उसै त शेखरजी स्टोर हुँदा के के चर्तिकला गरे भनेर शानका साथ भन्नुहुन्छ, त्यस्तो मान्छेले नेपाल गएर गाई पाल्छु, भैंसी डुलाउछु भन्दा पत्त्यौन मिल्छ लौ भन्नुस्। भनेको कुरा पनि विश्वाश गर्न लायक त हुनुपर्‍यो नि, मैले पहिले नै भनिसके, कि त उहा नेक्स्ट महाबिर पुन हुनुपर्‍यो कि त अर्को रबी लामिछाने, बोल्न मन लाग्यो र लेख्न मन लाग्यो भनेर जे पनि लेख्ने? अनी त्यस्तो कुरा पत्त्याउने तपाईं चै कस्तो मान्छे नि?
Last edited: 21-Apr-22 08:42 PM
Read Full Discussion Thread for this article