Posted by: ujl July 27, 2021
बोल्दा ध्यान दिनु पर्ने कुराहरु
Login in to Rate this Post:     0       ?        
हिन्दु धर्म शास्त्रका अनुसार बोल्दा ध्यान दिनु पर्ने कुराहरु:

१) सत्यम् : सत्य कुरा बोल्नु। यदि सत्य बोल्दा अरुको हानि हुन्छ वा सत्य वचन करुणामय छैन भने चुप लागेर बस्नु। तर कहिले काँही सत्य तितो सुनिने हुन्छ तर त्यो सत्य उसको दिर्घकालिन हितको लागि हो भने पहिला १० वटा राम्रा कुरा भन्ने अनि अन्तिममा मिलाएर तितो-सत्य भन्ने।
२) अनुद्वेगकम: वचनमा सधै अहिंसा झाल्कियोस। यदि बोल्दा अरुमाथि हिम्सा हुन्छ भने तेस्तो वचन नबोल्नु।
३) प्रियं: बोल्दा एस्तो सुनियोस कि मुखबाट मानौ मह नै झरी राखेको छ। वचन मिठो र करुणामय होस्।
४) हितम: वचन बोल्दा अरुको हित हुने खालको वचन बोलियोस।

माथि उल्लेख गरिएका बुँदाहरुको पालना गर्न सके मान्छे साधु कहलिन्छ र तेस्तो मान्छेको लागि मोक्षको ढोका सजिलै नै खुल्छ।
Read Full Discussion Thread for this article