← Back to Archives

बोल्दा ध्यान दिनु पर्ने कुराहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिन्दु धर्म शास्त्रका अनुसार बोल्दा ध्यान दिनु पर्ने कुराहरु: १) सत्यम् : सत्य कुरा बोल्नु। यदि सत्य बोल्दा अरुको हानि हुन्छ वा सत्य वचन करुणामय छैन भने चुप लागेर बस्नु। तर कहिले काँही सत्य तितो सुनिने हुन्छ तर त्यो सत्य उसको दिर्घकालिन हितको लागि हो भने पहिला १० वटा राम्रा कुरा भन्ने अनि अन्तिममा मिलाएर तितो-सत्य भन्ने। २) अनुद्वेगकम: वचनमा सधै अहिंसा झाल्कियोस। यदि बोल्दा अरुमाथि हिम्सा हुन्छ भने तेस्तो वचन नबोल्नु। ३) प्रियं: बोल्दा एस्तो सुनियोस कि मुखबाट मानौ मह नै झरी राखेको छ। वचन मिठो र करुणामय होस्। ४) हितम: वचन बोल्दा अरुको हित हुने खालको वचन बोलियोस। माथि उल्लेख गरिएका बुँदाहरुको पालना गर्न सके मान्छे साधु कहलिन्छ र तेस्तो मान्छेको लागि मोक्षको ढोका सजिलै नै खुल्छ।

ujl · Jul 27, 2021 12:46 PM · 6,100 views

2 Replies

साभार : गुरु बाट श्रवन गरिएका परापूर्व कालमा साधु : ध्यानमा बस्नु भएको बेला डकैतले मुखियाबा (rich man)  कुन बाटो ( सायद दोबाटो मा आश्रम हुनु पर्छ ) लागे भनी सोधे पछी गुरु रणभुल्लमा परे |सत्य बोलुम भने मुखियालाई मारेर सम्पत्ती लैजान्छ, अस्त्य बोलौ आचरण पालनाको बिरुध्ह हुने भए पछी उन्को ! उनको दिमागमा यस्टो श्लोक फुर्यो रे ? सत्यम ब्रुयात प्रियं ब्रुयात | नब्रुयात सत्यम अप्रियम || No one can be 100 % truth and don't be Donny. Last edited: 27-Jul-21 02:18 PM

Logan · Jul 27, 2021 1:49 PM

@independent .... These parameters directly come from Bhagavad Gita where Lord Krishna on chapter 17, verse 15, says: अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् | स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते || 15|| Translation: Words that do not cause distress, are truthful, inoffensive, and beneficial, as well as the regular recitation of the Vedic skriptures—these are declared as the austerity of speech.

ujl · Jul 27, 2021 6:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant