Posted by: Sajha keto December 9, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     2       ?         Liked by
नाज ब्रो
कतिपय साथीहरु यो थ्रेडलाइ फलो गर्ने अनि तपाइले राम्रो पैसा बनाएको देखेर ढुक्कै तपाइँको भरपरेर त्यसरी नै पैसा बनाउछु भन्ने सोच्न सक्नु हुन्छ कि भन्ने मलाई डर लाग्यो। स्टक मा अरुबाट सरसल्लाह लिनु त बिल्कुलै ठिक हो तर आफु चै केही रिसर्च नगरि ढुक्कै अर्काको भर परेर लगानी गर्दा डुब्ने चान्स नि तेतिकै हुन्छ। सो युज योर जजमेन्ट भन्नु पर्ला। मैंले १ जना साइलेन्ट रिडर भेटेको थिए (यो थ्रेडको जस्को गुजारा ग्यास स्टेसनमा घन्टा हानेर चलिराछ, मैंले डाउन गर्न खोजेको हैन) । वहाँको बुझाइचै यो थ्रेड डेल्लि फलो मात्र गरेनि वहाँ को अहिलको दैनिक आम्दानी ( ग्तस स्टेसन बाट) कम्तिमा उठ्ने रछ भन्ने रैछ। यस्तो बुझाइ धेरै को हुन सक्छ तर स्टक मा सधै त्यस्तो हुदैन। कहिले आउँछ अनि कहिले जान्छ। सो म चै यो थ्रेड फलो मात्र गरेर पैसा छापौला भन्ने साथीहरु लाई आफ्नो बचत को ३०% भन्दा बढि स्टक मा नहाल्न सुझाव दिन चाहन्छु। हालेको ३०% बाट फाइदा बढ्दै गयो भने त्यो फाइदा लाइ अझै लगानी मै हाले नि भयो( तपाइँलाई जे उचित लाग्छ तेहि गर्न सक्नुहुन्छ)।

(यो मेरो बिल्कुलै नितान्त सुझाव हो र यसबाट फाइदा भए नि मलाई १ पैसा दिनु पर्दैन घाटा भए म जवाफदेही हुनेछैन 😜😁)
Read Full Discussion Thread for this article