Posted by: underwear October 1, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     3       ?         Liked by
निर्लज्जता को बाढी अनि शालीनता मा पहिरो
अस्लीलता मा सब रमाउँछन् मात्र तिमी छौ बहिरो

साहित्य को रखवाला तिमी पोख्छौ जहिले व्यथा
साहित्य तिम्रो राम्रो भए लेख कविता होइन कथा

तिम्रा दुई कविता ले भर्छन पूरा किताब
हरफ मा छन् शब्द बढी गर्दैनौ किन हिसाब

अरिश्ना सैँजु जस्तै लेख्छौ, पर्छिन की उनी साख्य
तिमी जस्तै उनको कविता निन्द्रा लाग्ने व्याख्या

कविता मा हुन्छ तुक, अनि हुन्छ सार
तिम्रा कविता पढ्दा लाग्छौ धरती कै भार

जहिले पनि किन देख्छौ मेरो छद्म भेष
अरु गाउँ किन फर्कुन आफैँ फर्क स्वदेश

यौन को कुरा गर्दै मा सबै हुन्छन बोका?
उल्टो लाग्छ तिमीलाई दियो पुरुषत्व ले धोका
Read Full Discussion Thread for this article