Posted by: AnandNepal September 20, 2018
ब्रेक अपको अनौठो संयोग
Login in to Rate this Post:     0       ?        
चंगा चैट -- चैट नहोस
कथा काठमाण्डु .. फ्लप नहोस् !! :)

- २ महिना अघि रिलिज भएको फिल्म "बाबु कान्छा" का हिरो हिरोइन हुन - सलोन बस्नेत र करिश्मा श्रेष्ठ - भर्खर उनिहरुको ४ बर्ष देखिको प्रेम ब्रेक अप भएको खवर आएको छ ।

- सलोन र करिश्मा जस्तै निता ढुंगाना र आमेश भण्डारि "फुलै फुलको मौसम तिमिलाइ" नामको फिल्ममा संगै देखिएका थिए । फिल्म रिलिज हुनु अघिसम्म कसैको नभएको जस्तो एकदमै प्यारो मायानै मायाले बाँधिएको, बिवाह गर्नै लागेको भनेर प्रचार गरियो - फिल्म नराम्ररि असफल भयो । फिल्मको असफलता संगै यो जोडिको प्रेम पनि असफल भयो ।

- रिचा शर्मा र बिनय श्रेष्ठ मिलेर बनाएको फिल्म "भिसा गर्ल" असफल भए पछि यि दुइ टाढिए । बिनयले अहिले अर्कै युवतिसंग बिवाह गरिसकेका छन ।

- आयुष्मान देशराज जोशि र परमिता राज्यलक्ष्मि रानाको जोडि खुवै मिलेको जोडि मानिन्थ्यो र मानिसहरुले परमिता र आयुष्मानको जोडिलाइ उदाहरणिय जोडि मान्दथे । "चपलि हाइट २" फिल्म असफल भयो अनि यो जोडिको प्रेम पनि असफल भयो ।

- आजकल आयुष्मान प्रियंका संग प्रेममा छन । उनिहरुले इन्गेजमेन्ट पनि गरिसके, अर्को बर्ष बिवाह गर्ने भनेर । अहिले प्रियंका कार्कि र आयुष्मान देशराज जोडि भएको फिल्म "कथा काठमाण्डौं" रिलिज हुँदै छ । त्यस पछि प्रियंका र आयुष्मान संग आयुष्मानकि पुर्व प्रेमिका परमिता पनि संलग्न भएको एक् नया फिल्म "चंगा चेट" पनि रिलिज हुँदै छ।

https://www.youtube.com/watch?v=MEhMYXsZy_k
Last edited: 20-Sep-18 07:12 AM
Read Full Discussion Thread for this article