Posted by: prabhat41 August 20, 2018
नसा चढ्न देउ ,
Login in to Rate this Post:     0       ?        
रात ढल्न देउ ,अलिकति नसा चढ्न देउ ,
सुस्तरी सुस्तरी मन मा तरंग बढ्न देउ .
सुन्नु , सुनाउनु त् छदै छ ,
केहि छिन बहकिन देउ ,
आँसु झर्न देउ ,

तिमि मजेरिमा दिपक जलाउ ,
म सारंगी रेटुला ,
हारेको अतित , र लाचार बर्तमान लाइ |
एक चोटी गीतैमा भेटुला ,

यति सम्झ सुस्केरा हरु जाम संगै पिउनु पर्छ ,
खुसि र सुख हरु तिम्रा होइनन |
दुख संगै मिलन पर्छ |
दुख संगै जिउनु पर्छ |

भोलि होलाकी न होला
यो रात तिमीलाई उधारो भो |
पैचो जिन्दगि लिएर मधुसला आऊ|
बदनामी को पिछा छोड ,
तिमि बोतल मै हराउ |
Read Full Discussion Thread for this article