[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मुख्यमन्त्रीको सपना देख्दा सभासद् धरापमा
[VIEWED 6974 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-12 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख्यमन्त्रीको सपना देख्दा सभासद् धरापमा

काठमाडौं, जेठ २ । नेकपा एमालेका सभासद् पृथ्वी सुब्बा गुरुङले पार्टी नीतिविपरीत जातीय प्रदेशको पक्षमा सभासद्हरूको मोर्चाबन्दी गरेपछि उनको सभासद् पद संकटमा परेको छ।
आदिवासी जनजाति सभासद्हरूको समूह ककसका संयोजकसमेत रहेका गुरुङले गत साता मधेसी मोर्चासाग मिलेर जातीय प्रदेशको पक्षमा मोर्चाबन्दी गर्दै हस्ताक्षर गरेपछि उनले पार्टीका शीर्ष नेताबाट ठूलै हप्की खानुपरेको छ। माओवादीका जातीय राज्य माग गर्ने सभासद्हरू देव गुरुङ, वर्षमान पुन, विजय गच्छदार, राजकिशोर यादव, राजेन्द्र महतोलगायतका मधेसी सभासद्हरूको मोर्चासाग एकता गरी जातीय राज्यको पक्षमा मतदान गर्ने विषयमा ककसको संयोजक हैसियतले उनले हस्ताक्षर गरेका थिए। त्यसको भोलिपल्ट सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा गुरुङलाई अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओलीले झपारेको स्रोतले बतायो।
'पार्टी नीति विपरीत तपाईले मोर्चासाग मिलेर हस्ताक्षर गर्नुभएछ नि के गरेको यस्तो, तपाईलाई कसले यस्तो गर्न निर्देशन दियो,' खनालले यसरी झपारेपछि गुरुङ चुपचाप बसेका थिए। गुरुङ केपी ओली पक्षीय नेता हुन्। 'माओवादीले अगाडि सारेको तमुवान प्रान्तको मुख्यमन्त्री बन्न खोजेको होला, तर तपाईको त्यो चाहना पूरा हुन हामी दिन्नौं, पार्टी नीति विपरीत जाने हो भने तपाईले राजीनामा दिनोस्' भन्दै खनालले गुरुङ सातो लिएका थिए। जातीय राज्य निर्माण भए तमुवानबाट गुरुङको प्रतिस्पर्धी गर्ने अन्य दलका ठूला नेता छैनन्।
त्यसपछि वरिष्ठ नेता नेपाले पनि गुरुङलाई छुट्टै भेटेका थिए। भेटको सुरुमै माओवादी, मधेसी मोर्चासाग मिलेर जातीय प्रदेशका लागि हस्ताक्षर गरेको भन्दै नेपालले गुरुङलाई कसको निर्देशनमा त्यस्तो कार्य गरेको भनी स्पष्टीकरण लिएका थिए। स्रोतका अनुसार जवाफमा गुरुङले पार्टीले आदिवासी जनजातिका मागलाई सम्बोधन गर्नुपर्ने बताएका थिए। त्यसपछि नेता नेपाल कड्किए। '२०४८ सालमा स्कुलमा चक डस्टर घोट्दा घोट्दै टपक्क टिपेर तपाईंलाई यहाासम्म ल्याएका हौं, अहिले नेता बन्न खोजेको, धेरै जान्ने हुन खोज्नु भो भने दूधबाट झिागा टिपेर मिल्काए जस्तै मिल्काइने छ' नेपालको भनाइ उद्धृत गर्दै एक एमाले नेताले भने। नेता ओलीलाई भने गुरुङले माओवादी र मधेसी मोर्चाका नेतासाग बसेर संयुक्त हस्ताक्षर गरेको मन परेको रहेनछ। ओलीले गुरुङलाई कसैलाई सोध्दै नसोधी जान्ने भएर किन जातीय राज्यको पक्षमा हस्ताक्षर गरेको भन्दै गुरुङलाई गाली गरेका थिए।
जातीय राज्यको पक्षमा हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका नेता पनि छन्। कांग्रेसबाट जीपछिरिङ लामा, इन्द्र गुरुङलगायतले हस्ताक्षर गरेका थिए। माओवादीको डिजाइनअन्तर्गत नै जातीय राज्यको पक्षमा ऐक्यबद्धता जनाउन हस्ताक्षर अभियान सुरु गरिएको हो। माओवादी महासचिव रामबहादुर थापा 'बादल' ले जेठ १४ भित्र सबै दलका महिला, मधेसी, जनजाति, मुसलमानलगायत सम्पूर्ण वर्ग र क्षेत्रका सभासद्हरूभित्र खेल्ने रणनीतिअन्तर्गत जातीय राज्यको पक्षमा लबिङ थालिएको हो।


http://www.weeklynepal.com/index.php/2011-08-01-14-02-10/12771-2012-05-15-05-47-21


 
Posted on 05-18-12 1:30 PM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Jatho vote line belama sabai jaat ko liyera aayo aile thulo kura garcha....la aba feri election ma uthera dekhaos ta...yasko patta saaaf bhaena bhane malai bhannu....yadi yiniharule jatiyata ko ugra kura gare bhane jhan pachi parne chhan...yadi khas (chhetri, thakuri, dalit,) ra bahun-dasnami mile bhane karib 45% jati janasankhya huncha...yani polarization hune ho bhane jhan lato le kera hereko jasto huncha yiniharu
 
Posted on 05-18-12 2:57 PM     [Snapshot: 101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jo pani mantri padkaune sura maa chaan

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
2020 : Why No Trump !
Nepal TPS has been Extended !!!
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters