आन्दोलन नै आन्दोलन बिच म नि एउता आन्दोलन को घोषणा गर्छु, मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु । मिठो सपना देखाएर , भएको एउता बाटो लाई मोडेर , मलाई यहाँ ल्याएर अल्पत्र पार्ने तिमी अमेरिका , तिम्रो नाम मा आज म आन्दोलन गर्छु , शब्द मै भये पनि तिम्रो म बिरोध गर्छु , अमेरिका मलाई मेरो ५ बर्ष फिर्ता दे ! म आफ्नै देस फर्किन्छु । न मलाई उता को हुन दिएउ , न त आफ्नो नै बनाएउ , म त लाहुरे भको छु, उता को ले यता को भन्चन , यता को ले त मलाई अलिअन भन्चन , अनी म न यता को न उता को , आज म घर को न घाट को , तेइ भएर आज म तिमी सँग मेरो अस्थित्व खोज्छु , अमेरिका म तिम्रो नाम मा आज नारा लाउछु, मलाई मेरो ५ बर्ष फिर्ता दे । मलाई मिठो सपना को संसार धेखाएर , यता को तितो सत्यता मा डुबाउने अमेरिका , मलाई ठुला ठुला महल को फोटो धेखाएर , झुपदी मा बास गराउने अमेरिका , अनी मलाई धेरै थोक दिन्छु अैज भनेर , म सँग भको सब खोस्ने अमेरिका , मलाई मेरो सब फिर्ता दे , त्यो उमेर त्यो जोस त्यो जगर सब फिर्ता गर ! नत्र म तेरो बिरुद्ध राके जुलुस निकल्छु , तेरो पुत्ला वाल स्त्रीट मा लगेर जलाउछु । अमेरिका मेरो ति ५ बर्ष काम को मुल्याङ्कन खै , मैले तिम्रो भुमिमा पोखेको पसिन को मुल्य खै , अनी मैले ज्ञान हासिल गरेका ति अर्थ हिन काम का अर्थ खै, अमेरिका आज म तिम्रो नाम म टाएर बाल्छु ! सेतो घर को बाहेर गएर भोक हद्ताल गर्छु ! मलाई मेरो पसिन को मुल्य दे अमेरिका , नत्र म तिम्लाई अन्त-राष्ट्रिय अदालत मा सु गर्छु ।