[Show all top banners]

RajaHarischandra
Replies to this thread:

More by RajaHarischandra
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

houstonguys
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जमुनी

[Please view other pages to see the rest of the postings. Total posts: 61]
PAGE: <<  1 2 3 4  
[VIEWED 43364 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-21-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

जमुनी


'तिनलाई रातभोरी घूरने पोई परून, तिनलाई लुतो आको बेलामा तिनका नौसिरी पाकुन|' एक बिहानै झिस्मिसेमाँ  गाउनै थर्काउदै सराप्तई जमुनी उकालो लागी| 'हैन ए जमुनी के भयो एक बिहानै, के को भजन कीर्तन गर्दै उकालो लाग्दै छस? कल्ले के गर्यो तलाई एक बिहानै? " आमा ले भैसीको गोबर मोलखादोमाँ फाल्दै जिस्काउनु भयो| हेर्नुन कान्छिमा, गाऊका बोक्सीका छौडा छौड़ीले फडकेको छपनीमाँ गोब्रयेर मरेछन| कल्चाक्कै पो टेके त, आज को दिन नै अछूतों बनाई दिए| तिनलाई काउसो दल्न नपुगेको|  झन आक्रोश पोख्दै थी जमुनी|


पश्चिम तीरको एउटा पहाडी जिल्ला मा थियो  हाम्रो गाऊ| पुर्व-दक्षिण फर्केको पहाड़- तेहि पहाड़को छातीमाँ टेकेर बसेको थियो मेरो गाऊ| बिहानै उठ, गाई भैसीको स्याहार सुसार गर, खाना खाई वोरी बेसी झर, बेलुका घाम डाडामाँ पुगे पछि गाऊ तीर उकालो लाग- तेहि थियो प्राय गाउलेको दिनचर्या| हामी केटा केटी भने भर्खरै खुलेको प्राथमिक बिद्यालय जान्थौ| म तेती खेर ५ कक्षामाँ थिए, जमुनी चाई ४ मा|  म  र जमुनी  दाजू भाई का नाती नातिनी| नाताले म दाईभए पनि न  जमुनीले मलाई दाई भनी, न मैले तेल्लाई बहिनीनै भने| मिलिंजेल आफ्ना पुल्टाका मकै समेत दिन्थी, रिसाउन थाले पछि तेस्का मुखा सरस्वोती आउथे| उमेर भन्दा अलीकती नै सानी थी| बानी बहोरा र तेस्को सरीर हेरेर तेल्लाई हामी 'मरिचे ' भनेर जिस्काउथौ|


जमुनी र आमा कुरा गर्न थाल्दा म पनि उठी सकेको थिए| पोहोरको दशैमा किन्देको जांघे र कमीज लगाए, चप्पलको फीता चुडिएर, एसो एउटा पाटको त्यांद्रो चुदीएको फीता मा बादेर चप्पल को प्वालमा अड्काएको थिए, एसो तेस्लाई घुसारे|   "ओई मरिचे जमुनी-कति प्यार-प्यार कराइ राकी, हिड स्कूल जाने बेला भयो"- मैले आफ्ना किताब काखीमा च्याप्दै भने|मलाई थाहा थियो, पक्कै पनि जमुनीले अब तांडव नाच देखाउछे भनेर| खै के ठानेर हो वा, दिन भोरी को रिस अघिनै पोखेर हो, चुप चाप स्कूल तीर लागी जमुनी|  भिरालो परेको पहाड़को टूपपामा हाम्रो स्कूल थियो| हाम्रो घर, जमुनीको घर र स्कूल को बिचमा पर्थ्यो| तेसैले सधै जमुनी हाम्रो घर तीर बाट आउथि र हामी संगै स्कूल जान्थौ|
भदौको महिना थियो, सरहरुको दिउसो कोदो गोड्ड्नु पर्ने भएकोले हाम्रो बिहानी स्कूल थियो| हाम्रो घरबाट तर्पाय तर्पाय उकालो लागेर जंगल छिचालेर फेरी ठाडडै उकालो लाग्नु पर्थ्यो स्कूल जानलाइ| जंगल काटेर पछाडी हेर्यो भने हाम्रो गाऊ स्पस्ट देखिन्थ्यो| एक बिहानै हरियो कोदो बारीको डिलमा डोकोमा गाग्री बोकेर पधेरा तीर लागेका रंगी चंगी आइमाईहरुको लाइन अति सुन्दर देखिन्थ्यो|

 

ओई राजेशे, यो बर्ष पनि त फस हुन्छस? की होल फस नै हुन्छस? फस र होलफ़स मेरै गोजीबाट हुनेजस्तो गरि सोधी जमुनिले|मैले पनि झोक रोक्न सकिन र भने- मलाई के था, मैले बनार हुने भे त म होलफस हुन्थे, त जमुनीलाई  फेल पारथे नि"| 'सक्ने भए फेल पार्न त राजेशे बजिया| आफु भने साथी जस्तो गरेर सोध्यो, मर्न नसकेको - अझै मलाई फेल पार्छु पो भन्छ| तेरै  अघाडी मै होलफ़स भएर देखाइदिन्छु , अनि बल्ल थाहा पाउछस|"  आक्रोश र चुनौती दिदै गर्जी | "'सक्ने भये देखान तेरो पाइन, हेरौ हामी पनि|   होलफ़स नै भैहालिस भने हामी पनि भनुला- यो बर्ष को होलफ़स हुने छात्रा - जमुनी मरिचे खरेल | ' मैले पनि एक सासमाँ आफ्नो रिस फेरे| के के गाली फलाक्दै जमुनी टम टम परि| त्यों दिन भोरी बोलीन जमुनी  मसँग| येसैगरि कहिले झगडा गर्थौ, कहिले एकदम मिल्थौ, जमुनी र म|  जमुनीको घरमा केराबारी थियो, उसकोमाँ केरा पाकेपछि  लुकाएर भयेपनि  प्राय एक हातो केरा मलाई दिन्थी| उसको दाजू भाईलाइ जत्तिकै माया गर्थी  मलाई|

 

बिस्तारै गाउलेको कोदो गोडेर पनि सकियो, हाम्रो स्कूल पनि अब फेरी पहिलाकै जस्तो दिउसोमाँ सरने भयो|दिनहरु बित्दै गए - त्यों बर्ष को दशैपनि दैलोठेलोमाँ आइपुग्यो| गाउलेहरु त्यों बर्षको दशैमाँ दमै  चौताराको रोहोटे पिंगको खामा फेर्ने तयारीमाँ थिए|  दुई  महिना अगाडीनै पिंगको खामा र मादललाइ भनेर  दुई तिन वोटा सालका रुखहरू राके बनमाँ  ढालेर राखेका थिए|आधारातमाँ मशानले राको बालेर हिड्छ भनेर त्यों बनलाई राके बन भन्थे|अर्को शनिबार बिहानै गाउले जम्मा भएर तास तुस पार्ने र खामा घिसार्ने कार्यक्रम थियो| सायद अलिक छाडा कुरा गर्ने भएकोले होला "आइमाईको रतौली र लोग्नेमान्छेको मुडो घिर्साई " भन्थे| तेसैले खामा घिसार्ने दिन जमुनी जान नपाउने भै| मलाई पनि केटा केटी भनेर लादैननकी भन्ने डर थियो| शनिबार गाउले दमै  चौतरामाँ जम्मा हुने कार्यक्रम थियो|  अति जिद्दी गरे पछि बा ले अरुका छोरा आएका रहेछन भनेमात्र तलाई लैजान्छु, न त्र त चौताराबाट घर फर्कनु पर्छ भन्नु भएको थियो| भाग्यबस मेरा साथीहरु जनके, तीर्थे, रामेश्वोर आएका रहेछन र म पनि खामा घिसार्न जान पाउने भये| राके बन पुगियो| गाउले ले बनादेउताको पूजा गरि, खामा र मादल तास तुस पारे| कसैले खामा घिसार्ने नाल काटे|  हामी केटाहरुलाइ मुडो घिसार्नेका जुत्ता चप्पल बोक्ने जिम्मा दिए| म र तीर्थेले चप्पल बोक्ने भयौ, रामेश्वोर र जनकेले जुत्ता बोक्ने भये| लहरोमा चप्पल  उनेऊ| पोहोर बहुदल आए पछि गाउको प्रधान पंचलाई लगाएको चप्पलको माला जस्तै देखियो| लहरोंको एउटा छेउ तीर्थेले बोक्ने भयो, अर्को छेउ मैले|  जनके र रामेश्वोरले पनि जुत्ताका तुना एउटा नालमाँ बादेर  बोक्ने भये|  नाकै फ़ुटाल्ने गरि डंग डंग गनाएका जुत्ता बोक्न हामी मात्र सक्दैनौ भनेर कीच कीच गर्दै थिए| तर कही सिप लागेन|गाउलेले पनि डोरी, नाल कसी, खामा घिसार्न ठिक्क पारे| "उकाली मुख -होस्टे, बल गरेर ठेल -हैसे" भन्दै बनै थर्कौदै खामा घिसार्न थाले|बेला बेलामाँ छिल्लिदै , हासी मजाक गर्दै आखिर खामा दमै चौतारामा सम्मै घिसारेर ल्याए|
क्रमश:

भाग-२ 
  
कमेरो र रातोमाटोले घर लिपेर गाउनै नौलो देखिएको थियो| केटा केटी , तरुना, तरुनी, बुढा, बूढी सबलाइ झ्याप्प दशैले छोई सकेको थियो|
हामी भने स्कूलबाट फर्कने बित्तिकै झोला फाल्यो, लाग्यो चौतारा तीर उकालो | दिन भरी चौतारामाँ बसों, चौरमाँ लडाएका खामा, पिंगका बाहा, घुर्रा, पिरका हेर्यो | 
 गाउलेले पिंगका पुराना खामा निकालेर तेहि खाल्डोमाँ फेरी नया पिंग हालने भये|  हेर्त माइला- साच्चै भनेका हुन १०० बर्ष बड़ा, १०० बर्ष खडा, १०० बर्ष लड़ा भनेर|
फलाके बुढा भर्खरै खाल्डोबाट निकालेको पुरानो खामो तीर हेरेर बोल्दै थिए| " मेरा हजुर्बाले घिउ खा थे, मेरो हात सुन्घ्त" भने जस्तै  तिनका
हजूरबाऊको फलेकले छाएको घर थियो रे, तेसैले यी बुढालाइ पनि फलाके भन्थे|  "तेहि त, अझै १०० बर्ष गडा, औराख भनेको औराख नै हो,  की कसो फलाके बा? "
माइला बाले पनि फलाकेबुढा संग हो माँ हो मिलाए|सारै बिचित्रको थियो हाम्रो गाऊ| ठुलो एउटा परिवार जस्तो थियो|  सुख, दुःख, हासो, खुसी मिले सम्म एक आपासमाँ बाढेर बस्थे|
 परार साल  असारमाँ गाउमा फैलेको हैजाले तिनै फलाके बुढाकी  बुहारीलाइ लिएर गयो|  असारको महिना,  बिचारा बुढाको खेत बाझो रहला भन्ने पीर|
तिनै माइला बा परेली थिए, बुढाका| मरेर जाने त गए गए, बाच्नेले अर्को बर्ष फेरी जिउनै पर्थो|तेती खेर गाउले मिलेर फलाके बुढाको खेत ४ दिनमा रोपर सकेका थिए|
जिउदाको जन्ति मोर्दाको मलामी-साच्चै येस्तै थियो हाम्रो गाऊ|
 

सरहरुको दशैको तयारी गर्नु पर्ने भएकोले हाम्रो स्कूल नौरथा लाग्नु भन्दा २ दिन अगाडी नै बिदा भयो| तेस पछि त जमुनीको बासै हाम्रोमाँ हुने भयो|
बिदाको पहिलो दिन| बिहानै आमा बोलेको सुने| यसो बार्तलीबाट हेरेको त जमुनी मून्ट्टि सकेकी रैछ| कुकुरले गल्ली पनि चाटन नभ्याउदै कति चाडै 
गाजेछन  ये मरिचे तलाई ? भन्न मन लागेको थियो तर  दशैमा पाकेका केरा गुम्लान भन्ने डरले चुप लागे| बिदाको दिन पनि किन  एति बिहानै आइथिस ये जमुनी?
भैसीको गोठमाँ सोथ्थर फ्याक्दै आमाले सोध्नुभयो| "आज दरै गाउमाँ खसी किन्न जाने की नजाने रे भनेर कान्छाबालाइ सोधेर आईज भनेर बा ले पठाउनु भको"
जुठेल्नु तीर पिच्च थुक्दै जमुनीले भनी| दशैको लागी १ -२ दिन अगाडी बाले आँगन खुर्किनु भएको थियो| आमाले गोबर र माटोले लिप्नु भएको थियो| एकदम सफा देखिन्थ्यो हाम्रो आँगन|
आँगनको एउटा छेउमाँ काठको जुठेल्नु थियो| आँगनको अर्को छेउमाँ  तार्कू बांसको एउटा झिक्रो गाडिएको थियो|तेहि झिक्रोमा ५-७ वोटा पहेला भएर पाकेका काक्रा थिए|
टिकाका लागी भनेर बाले ती काक्रा कापेमा बाधेरा राख्नु भएको थियो| ' जाने हो जाने ,खाना खाएर झर्छु भन्देल तेरो बाउलाई" बाले भैसी दुहने बाल्टी पखाल्दै भन्नुभयो|
"ए राजेस्या बा, राजेशेलाइ पनि लिएर जानू है, खसी किन्न जादा, तेल्लाई पनि रमाइलो हुने, नभए दिन भोरी घरमा चलेर बस्छ| "  मैले कतिनै दुखः दिने गरि आमाले भन्नु भयो|
आमा, बा र जमुनी कुरा गरेको बार्तलीमाँ बसेरा हेरी रहे| खोई काम लिएर आएकी भएर हो, वा किन हो, जमुनीले मेरो बारे खोजी निति नगरी फर्की|
नत्र त "तेरो पूठा आएर कौआले ठुग्ने बेला सम्म किन सुत्छस ए राजेशे"  भनी सक्थी| जमुनीका २ जना दाईहरु अलिक ठूला भैसकेका थिए| 
जेठा दाई देशा लाहुरे थिए अनी कान्छा त्यों बर्ष एस एल सी दिने| २ दाईकी एउटी बहिनी, बुढेस कालमाँ जन्मेकी सारै चढेकी| तेसका त बाऊ आमाले  गाली पनि नगर्ने|
दिनभरी मुलुकी झै गाऊ डूलेर आये पनि हुने| खप्पर चाई लियेरै आयेकी जस्तो लाग्थ्यो|हाम्रो घरमा जम्मा तिन जना- म, आमा र बा| आमा मासु नखाने| 
दशैमा प्राय: जमुनिको घर  र हामी मिलेर अलिक ठुलो खसी ल्याउथेउ, उनिहरु तिन खुट्टा राख्थे, हामी १ खुट्टा|  यो दशै पनि तेस्तै नै हुने भयो|
 
म, बा, जमुनी, र जमुनिका बा भएर दरै गाऊ तीर लागेउ|"रातो राजा, कालो काजी सेतो पाजी, बुझिस कान्छा २-४ पैसो बढ़ी परे पनि किन्न चाई रातै
खसी किन्नू  पर्छ|"  जमुनीका बा हाम्रा बालाई सम्झाउदै थिए|यो गाऊका बुढाहरुको राशि गिद्द्दनै परे जस्तो छ| अस्ति पनि पिंग हाल्ने ठाउमा दुई जना दात
नभएका बुढा "दशैको मासु त लोहोराले पिसेरै भये पनि खानु पर्छ है" भन्दै थिए|२ - ४ घरका खसी हेरेपछी बल्ल एउटा रातो खसी किन्न्ने भये|
ये राजेश, ल खसी घिच्च्या, जमुनी चाई खसी धपा |" बाले खसी बांदेको डोरी मेरो हातमाँ दिदै भन्नुभयो| खसी हेर्दा मैले खसिलाई हैन, खसीले मलाई
घिच्च्याउला जत्रो थियो|तै पनि खसी नभागोस भनेर आफ्नो कम्मरमाँ एकफन्को बादे| खसी भन्दा पनि  मलाई तेहि मरिचे माथी शंका थियो|
नभन्दै, लूरू लूरू हिडेको खसिको राज्खानी घोचेर मरिछे| तेत्रो खसी बुर्लुक्क उफ्रादा मैले के धान्न सक्थे र, भल्यात्तै लडायेरा मलाई घिसार्न  पो थाल्यो| 
लड़दा लड़दै भये पनि "ओई मारोगी मरिचे,  तलाई पख" भन्न चाहि भ्याइहाले| बाहरु हामी भन्दा अलिक अगाडी थिए, म कराएको सुन्नुभएछ  र कस्सों बचे|
खसी घर आइपुग्यो| जमुनिको म २-३ वोटा बाख्रा थिए, तेसैले साथी हुन्छन् भनेर खसी जमुनिको मा नै राख्ने भये| फेरी  आमालाइ पनि खसी काटेको हेर्न मन नपर्ने|
 
अर्को दिन पिंग हाल्ने भए गाउलेले| गाऊ भरका  केटा केटी अरु भन्दा पाहिले चौतरामा पुगे|
 
 
 

 भाग -३
पिंग हाल्ने दिन| गाऊभरका केटा केटी बिहानै चौतरामाँ पुगे|तेतिन्जेल सम्म गाउका बुढा पाकाहरु आईपुगेका  थियेनन|
केटा केटीहरु उखु बारिमा  सारु करा जस्तो कराइ रहेका थिए| कोई भने पिंगको मादलमा ढुंगाको चोके हालेर चाकाचुली खेल्दै थिए|
जमुनी र म अरु संगै चाकाचुली खेल्दै थियेऊ| " अनिकालका काल, बर्सौटेहरु, यिन्का थाप्ला लौरी भाच्न नपुगेको, भाच्ने भये मादल|"
अंतरे बुढा कराएको थाहा पाउने बित्तिकै मादलको एउटा टुप्पातीरका मादल छाडेर भागीहाले| म र जमुनी अर्को टुप्पामाँ थियेऊ, डन्ग्रन्गै पछारियेऊ| 
 जमुनिले चाई के गरि कुन्नी, मैले त तिरिमिरी झ्याई  तोरीका फुल देखे| एकातिर दुखाई, अर्को तीर अंतरे बुढाको गाली| तर पनि चुप्प लागे|
"ओई असती बुढा, तिम्रै स्वास्नी बर्ष पिच्छे कुकूर ब्याये जस्तै ब्याउछिन, घर भोरी ग्याल्ग्यालती छन, अझै हम्लाई बर्सौटे भन्न लाज लाग्दैन" सहनै सकिनछ क्यारे
जमुनिले आफ्नो चोथाले मुख खोली हाली|  लाजैले होला,  अंतरे बुढा जमुनीलाइ नसुने जस्तो गरि पर्खालमाँ बसेर कंकड़ सल्काउन थाले|
हुन पनी बुढाको कान्छी छोरीनै नातिनी भन्दा कान्छी रे|
 
बिस्तारै गाउलेहरु  राबो,  बसौला,  घन, करौती, खुरपा हातमाँ बोकेर चौतारामाँ जम्मा हुन थाले| गाउलेको हूलमा हातमा चप्पल बोकेका
ठाकुरेदाई पनि देखिये|५-६ महीना अगाडी ठाकुरे देश भाग्यो रे भन्ने हल्ला थियो- गाऊ भोरी |छोरो भागे पछि २-४ दिन त ठाकुरेका बाऊ आमा न
भोक न निंद्रा माँ थिए| भागेको १०-१५ दिनमा गोरखपुरमा छू भन्ने  चिठ्ठी पाए पछि मात्र बुढा बूढीले अलिक होलो संग साश फेरे |
खै किन हो, फेरी ५-६ महीनामा नै पत्लुंग लाउने भएर फ़र्केछन ठाकुरे दाई|यी गाउका केटाहरु मकै छरेर देश भाग्छन अनि दोहोरो गोड़ने बेलामा
" यी लम्बी लम्बी पात क्या का हे माँ जी?" भन्दै गाऊ फ़र्कन्छन| कलकत्तेहरु |हुन त १-२ दिन अगाडी "ओई राजेशे, ठाकुरे दाई त
लाहुर बाट फ़र्केछन नि ' भन्दै थी जमुनी|  हुन पनि जमुनीलाइ गाउमा कस्को  भैसी ब्यायो, कस्को भैसी तुहियो,  कस्कि स्वास्नी को संग पोहीला गई,
को देश भाग्यो, कस्का लोग्नेले कल्लाई पिट्ट्यो, सब थाहा हुन्थ्यो|  मुलुकी न परी|
 
"हैन ए दाई, त्यों खुट्टामा लाउने चप्पल किन हो हातमा?" लाहुरे दाइको नजिकै गएर सोधे|
"अरे यो त हाम्रो कान्छाबा को बेटा जैसे पो लाग्छ|अरे भैया, तेरा नाम के रे यार? "  नारिवलको तेलले चिप्लिक्क परेको जुल्फी हल्लाउदै सोधे दाइले|
"ल ठाकुरे दाई पनि, कति चाडै हो बिर्सेको? म राजेश नि| " सामीप्यता देखाउदै मैले भने|
"हो त, सब कुछ याद आयो अब त राजेश भैया|  " अरे भैया, यो चट्टी को  जो बात छ, त्यों अंतरे बुढाको घर नेर मेने टट्टी देखे यार, टट्टी को पार कर्न लाग्दा तो,
चट्टी त टूट गयो यार, साला पहाड़मा यी आदमी को टट्टी कहा करने हो सिकाउनु पर्छ| कंपनी १५ रुपियामा खरीदेको चट्टी टूट गयो|"
 के के नै जाने जस्तो ठाकुरे दाइले लैन छोकडी हिंदी छाटी हाले|
ठाकुरे दाई र म चौतरामा नै थियौ| रुखबाट चराहरूले खादै गरेका  पाकेका बरका गेडा फ़्यात्त खसेर प्वात्त फुट्थे| सायद तिने गेडाको  गंधले होला,
ठाकुरे दाईको नारिवलको तेलको गंध फीका थियो|

गाउलेहरु आफ्नै सुख दुःखका कुरा गरी रहेका थिए| पिंग बनाउने हरु पनि ब्यस्तनै थिए|बाहा, डांडी, ठेडी सब ठोक ठाक पारेर पिंग लगभग तयार भैसक्यो|
पिंग थाल्नु भन्दा अगाडी पिंग वोरिपोरीका काठका टुक्रा, ढुंगा टिपेर सफा बनाउने जिम्मा चाही हामी केटा केटी को भयो|
काठका टुक्रा टिप्न  केटा केटी सबै पिंग को वोरिपोरी गएऊ|'ओई राजेशे, हेर्न मलाई त कस्तो चर्पी जान पर्यो| त चाई तिप्दै गर है "
 भन्दै जमुनी त तूफ़ान चौतरा मुन्तिरको खरबारीमा हाम फाली हाली| "तैलाई किन यो लगनको बेलामा हगन हुन्छ ये मरिचे?"
भन्न पनि भ्याइन, उ त खरबारीमा छिरी सकिछ| यो खान की काललाइ  काम पर्योकी यसका पेटमा सुल चल्छ|
हामी तेसेरी काम छोडेर खरबारी पसेको भये तेल्ले "तिम्लाई मोहि तिघ्रे काम टारा हो, काम परेसी तिम्लाई छेर्पाटे लाग्छ" भन्दै   खरबारीमा ढुंगा पल्टाइसक्थि|
उसलाई मन परेको कुरा छ भने  सब भन्दा अगाडी पुग्थी| गाउमा सत्यनारायणको पूजा को नैबेद बाड्दा होस वा श्रीपंचमीमा
स्कूल मा सरस्वोती पूजाको  लड्डू बाड्दा होस, भीड़माँ सब भन्दा पाहिले मरिचेनै हुन्थी|
 
 पिंग तैयार भयो| सधै जस्तो यस बर्षको पहिलो फंको पनि   कन्या केटीलाइ राखेर घुमाउने भये|२ मिनेट अगाडी मात्र पेटा सुल चलेर खरबारी
हल्लाउन गयेकी जमुनी त पिंग चड़नलाइ तछाड मछाड गर्न  पूगी सकिछे|जमुनी, मैना, देबी र श्रीमाया छानिए पहिलो फंको घुम्नलाई|
पिर्कामा देबी, जमुनी, श्रीमाया र मैना क्रमश बसे|जमुनी मादलमाथी पुग्दा मैना सिधै उसको तल पर्ने भई|मैना एकदम सोझी थी| तर तेल्लाई जमुनिले देखि सहन्नथि|
 एकपटक मैनाको घरमा एउटा बाख्रो थियो| हरियोको नाममा लुतो आएको बेलामा दल्ने अन्गेरको पात देखि काचोपात सम्म खाने भएर तेस्को नाम नै अघोरी राखेका थिए|
खोई कहिले हो कुन्नी,  तेहि अघोरी बजियाले जमुनिको आँगनमुनि लगाएको काचोपात खाइदियेछ|"हाम्रो काचोपातबारी तेरो बाउको गौचरण हो? "
भन्दै जमुनिले  बिचारा मैनाको कपाल घास काटने हसियाले मुडीदिएकी थी| तेस्पछि त यी दुई जना कुकुर बिराला जस्ता थिए|

पिंग हल्लाउनेहरुले  पिंग हल्लाउन थाले, पिंग क्वावा  गर्दै पहिलो फनको घुम्न थाल्यो|पिंगका पिर्कासंग  संगै सबैका आंखा तल माथी गर्न लागे|
पिंग अलिक चाडो घुम्न थाल्यो| हामीचाइ हाम्रो पालो कुरेर बसी रहेका थियेऊ|
 
क्रमश:


भाग ४


त्यो दिन पिंगमा २ -४ फंको लगाएर आइयो|  रोहोटे पिंगको आनन्द नै बेग्लै|
 
घटस्थापनाको भोली पल्ट-  द्दित्तियाको दिन, जून हेर्न लाइ गाउलेहरु साझपख फेरी  चौतारामा जम्मा भए|हामीभने दिनभरी कहिले घर, कहिले चौतराको  पिंगमा थियौ| द्दित्तियाका जून, तेती सजिलोसंग कहा देख्न सकिन्छ र| केटा केटीहरु देखी हालिन्छ की भनेर " छोड्देल चमारे मामा छोड्देल " भनेर कराइरहेका थिए|गणेश चौथीमा झुक्कियर जून देखे भने  नचोरेको पनि दोष लाग्छ र आजको जून देखे चोरेको पनि दोष लाग्दैन भन्थे| तेसैले होला गाउका कहलिएका काक्राचोरहरु दिउसै देखी पश्विमतीर घित्रो फर्कायर बसेका थिए|हुन त मैले र जमुनिले त्यों दिनको जून जसरी पनि हेर्नु पर्थ्यो|
 
२-४ दिन अघाडी   हो  " आमालाई भारीबोक्ने नाम्लो पुर्याएर आईज त  राजेशे- आमा सिस्नेरीमाँ घास काट्दै छ, तैले पनि एउटा मूठो एसो टाउकामा हालेर आईज|" नाम्लो र भारी बादने डोरी देखाउदै बाले भन्नु भयो|सिस्नेरी खेत गाउको बेसीमा पर्थ्यो| बिच छातीमा गाउको टाउकोबाट खुट्टासम्म जोड़ने गल्ली- गल्ली ओरालो झरेर तल्लो पदेरा बाट फलाके बुढाको गल्ली हुदै जानु पर्थ्यो सिस्नेरी पुग्नलाइ|जमुनी साथी जान्छेकी भनेर तेस्का घर तिर झरे|"ओई जमुनी, हेर्न म सिस्नेरी जान ला'को, त पनि हिडन हेर"  नरम स्वरमा मैले भने|  "जान्न|अरु बेलामा चाई मरिचे र सरिचे भन्छस काम परेसी चाई रुझेको बिरालो हुन्छस|  तलाई मैले चिन्या छैन र ?" झोक चल्ने पारामा रन्कि जमुनी| "भैगो नि त, अब नभनुला|हिडन हेर, मलाई एक्लै जानै मन छैन| 
बाटा भरी तैले भनेकै मानुला|"  झन नरम स्वरमा भने|  किन हो कुन्नी  मेरा पाइतला सिस्नेरी तीर एक्लै लाग्न मान्दैनथे| बाटाभरी  सेनापति हुन पाउने भए पछि बल्ल जाने भै|"ओई तैले फलाके बुढाका निबुवा देखेको छस? अस्ति त्यों असती बुढाले कसरी गाली गरेको थियो हामीलाई पिंगमाँ? आज तेस बुढाका निबुवा चोर्नुपर्छ बुझिस?"  घरबाट अली तलको गौडो काट्नी बित्तिकै जमुनिले फलाके बुढा माथीको तुस फ्याकी| "फलाके बुढाका जुलुशले  समातेर  निबुवाको रुखमाँ बाधे भने के गर्ने नि जमुनी?" आफु भित्रको कातरपनलाई ह्वात्त बाहिर ल्याए| "पानी मरुवा, जाबो फलाके बुढाका बर्सौटेसंग पनि डराउछ|  मैले फालेका निबुवा त टिप्न सक्छस नि? की तेती गर्ने पनि हिम्मत छैन तेरो?"   बाघैका जुंगा उखेलौला जस्तो गरेर कुर्ली| पछि पछि फलाके बुढाका खलक र तिनका घरको पाटे कुकुरले   कान्ला कान्लै लखेटने लगभग पक्का थियो, तै पनि हुन्छ, तं  निबुवा झार, म टिपुला भन्नै पर्यो|  कुरा गर्दा गर्दै फलाके बुढाको गल्ली पनि आईपुग्यो|कान्ला माथी लटरम्म  निबुवा गल्लीबाट नै देखिन्थ्यो| कान्ला माथी टाउको निकालेर  फलाके बुढाका  तिर हेर्दा न त आंगनमाँ कोई खेलेको    देखे न त कुकुर नै देखे| "ओई हेर्त, बुढाको कुकुरलाइ त बाघ ले घिसारेछ की क्या हो, मैले त देखिन, तैले देखिस?"  बिस्तारै सोधे| "के हो तेरा आँखामा फूलो पर्यो की क्याहो, देख्दैनस? उ , त्यहा  हेर्त बादेर राखेका छन"  दुबै हातले कान्लामाँ घास समातेकी जमुनिले ओठले फलाके बुढाको धन्सार तीर देखाउदै भनी| कुकुर उत्तर फर्केको थियो, हामी दक्षिण| बिस्तारै जमुनी कान्ला माथि चडेर निबुवा टिप्न थाली| पहिलो निबुवा टीपी, अर्को टिप्नमात्र के खोजेकी थी, निबुवा बारिमा भ्वाक्क झरो|  फलाकेका खलकले कुकुर फुकाएर लाउनु भन्दा अघाडी नै भाग्नुको अर्को बिकल्प थिएन| हतार हतार कान्ला बाट खुर्मुरिदै हामफाल्यौ र भाग्यौ| कुकुर जोड़ जोड़ ले भुक्दै थियो| फलाक्नी बूढी चाई सात पुस्तालाई पुग्ने गरी सराप्तै थिन|तेहि चोरको दोष नलागोस भनेर जसरी पनि द्दित्तियाको जून हेर्ने सल्लाहा थियो,मेरो र जमुनिको|
 
गाउका लगभग सबै केटा केटी आई सक्दा पनि जमुनी  किन हो आइन| त्यों नआएको देखेर एकातिर अब दोष जति तेसैले मात्र पाउछे भनेर  रमाइलो लागी रहेको थियो भने कतै "म मात्र हो र राजेशे पनि थियो" भनेर मलाई पनि झोस्छे की भन्ने डर पनि थियो|  अली अली  होकी होकी जस्तो देखिए पनि जून देखियो देखियो  भनेर सब जना कराउथे| एस्सो एउटा आंसीजस्तो आकार क्षितिजमाँ देखियो, तेहि नै रहेछ द्दित्तियाको जून| क्षण भरमाँ नै त्यों जूनको आकृति बिलाएर गयो, तैपनि जमुनी आइन|  पक्की पनि  तेस्को स्यान्दाईले होला तेल्लाई आउन नदिएको जस्तो लाग्यो| तेस्को स्यान्दाई  एस एल सी दिने थियो त्यों बर्ष| हाम्रो गाऊ नजिक हाई स्कूल नभएकोले  मामाघरमाँ नै बसेर पद्थ्यो| खुबै जान्ने पल्टनु पर्थ्यो स्यान्दाईलाइ| अरु को अघाडी केही गर्न नसके पनि मेरो र जमुनिको अघाडी दादा हु भन्थ्यो|कहिले काही बिना सित्तिमै जमुनिलाई लपेटा पनि लाउथ्यो| अरु कोहीसंग नडराउने जमुनी त्यों संग डराउथी|
 
भोली पल्ट फेरी जमुनी र म पिंगतीर लाग्यौ| "ओई त हिजो किन जून हेर्न न आकी जमुनी?" मैले जान्न खोजे|"आउछु भनेको त हो नि, त्यों फलाके बुढा को राहिलो हो की ठाहिलो कुनचाही छोराले हाम्रो स्यान्दाइलाइ "तेरी बहिनी त चोर्नी पो रहिछे " भनेर लाइदिएछा | मोर्न नसकेको| काही नभएको छ नि फेरी हाम्रो स्यान्दाई, के के न गर्छु भन्छ, मलाई त पिट पाट पारेर पीढीको खामा पो बादेर राख्यो| अनि कसरी आउनु हेर्त| यो दशै तिहार आएको अति मन पर्छ तर स्यान्दाई आएको मन पर्दैन| " जमुनिले बिलौना पोखी|
"अनि तैले फेरी निबुवा चोर्दा राजेशे पनि थियो भनेर त भनिनस?"  मैले सोधे|
"तै जस्तो हो क्यारे, अर्कालाई पोल लाउदै हिड्ने, आफु त परे परे तलाई किन पोल्थे"|जमुनिले आफ्नो मित्रता ब्यक्त गरि|
"होत रहेछ  जमुनी, तैले द्दित्तियाको जून हेरिनस र तेस्तो भयो, मैले हेरेर मलाइ दोष लागेन" भन्न मन लागेको थियो फेरी "ए बजिया तलाई बचाउने म की त्यों आशी जस्तो जून? " भनेर फेरी जन्गिन्छे  जस्तो लाग्यो अनि चुप्प लागे|
क्रमश:
 
भाग - ५

जमरा अली अली उम्रिसकेका थिए | तुलसीको मोठको माटो टपरीमा राखेर आमाले जौका जमरा रोप्नु भएको थियो|अरु गाउलेका घर जस्तै हाम्रो घरमा पनि ढोकाबाट छिर्ने बित्तिकै मजेरी, मजेरीमा २-४ वोटा तामाका गाग्री  र एउटा माटोको घैटो राखिएका हुन्थे| गाग्रीबाट करुवामा पनि सार्दा पोखिएर हो वा गाग्रीहरु चुहुने भएर हो , सधैं जसो  नै मजेरीमा पानी जमीरहेको हुन्थ्यो|अगेनाको एकापट्टी मुल ओछ्यान र अर्को पट्टी भान्छा थियो|अगेनो भन्दा पर भडार थियो, भडारको एउटा कुनामा मधुस  थियो, तेही मधुस नेर राखिएको थियो, जमरा|घटस्थापनाको दिन देखी प्रत्यक  बिहान् उठेर मुख धोइ वोरी एकपटक दुर्गा भवानीको तस्बिरमा ढोग्ने अनी जमरामा पानी हाल्ने जिम्मा मेरो थियो|"फेरी जमरामा पानी धेरै हालेर भडारमा आहाल जमाउलासनी" सधैं जमरामा पानी हाल्दा आमाले सम्झाउनुहुन्थ्यो|
 
 
दसै नजिकै आउँदै गर्दा हामी चाँही झन बेफर्सुदिला हुँदै गइयो|दिन भरी पिङमा झुन्डिनु त छदै छ, अब त दमैको मा पनि धाउनु पर्ने भयो| सोर सरात लाग्ने बित्तिकै बाले बजारबाट सट र पाइटको कपडा किनेर ल्याइदिनुभएको थियो| ४ कक्षामा फस भएकोले पहिलो पल्ट  दसैंमा   पाइट  लगाउन पाउने भए|तेस्को भोली पल्टै भिर्खे दमै दाइ लूगा छेक्न घर आएका थिए| "ल यो बर्ष त हलक्कै बढेछन नि हाम्रा साना , खोइ खोइ साना, तिम्रो नाप लिन पर्‍यो" भन्दै फन फनी घुम्न लगाए र पिढीको अलिकती रातो माटो चिम्टिएर कपडामा मेरो नाप अनुसारको चिनो राखे|खोइ किन हो, ति दाइले मलाई सधैं साना भनेर बोलाउथे|धनका गरीब भए पनि मनका अती धनी थिए तिनी| जहिले सुकै भेट्दा पनि "ए साना, पढ् है पढ| भोली पर्सी डाग्डर भएर हाम्रो औषधी गर्नु पर्छ| हेर साना, मेरो छोरो मंगले पनि स्कूल जान्छ, तेल्ले पढेन भने  कल चलाएर लुगा सिएर खान सक्छ, तिमी बाहुनका छोरा परेउ,  न त लुगा सिउन सक्छौ न त घन ठटाउन|" भन्थे|  उमेरमा तिनी हाम्रा बाका दामाली थिए, तैपनी जत्रा सुकै केटा केटी ले पनि भिर्खे दाई भन्थे|
 
"हेर भिर्खे दाई, यो पटक चाँही टिकाको दिन भन्दा अघाडी नै यस्को लुगा सिलाएर सक्देउ है, बोरु हाम्रो जहिले भए पनि हुन्छ|" आमाले टाक र धागोको पोको भिर्खे दाईतिर फाल्दै भन्नुभयो|
"यो बर्ष त खुट्टे कल किनेको छु,यस्ता लुगा त खटट एकै छिनमा सकी हाल्छुनी बजै, बरु अश्टमी तिर यिनै सानालाई लुगा लिन पठाइदिनु|" बढो आत्मबिश्वास थियो तिन्को त्यो खुट्टाले चलाऊने मेसिनमाथी|
 
"ल ल जे जे किने पनि फेरी पोहोर जस्तो दसैंकै टिको चै ढिलो नबनाइदेउ|" आमाले भिर्खे दाई का कुरा तेत्ती पत्याए जस्तो लागेन|
" ल बजै, पोहोर त नवमीको दिनमा कलको सियो भचिएर पो हो, अहिले त त्यस्तो हुन्छ कि भनेर ३-४ वोटा सियो समेत ल्याको छु|" कपडा पोको पार्दै भिर्खे दाइले भने|

हुन पनि ति भिर्खेदाइले गाउ भरीका को लुगा सिउन पर्थ्यो|अश्टमी, नवबी र टिकाको दिन बिहान त तिन्का घरमा नयाँ कपडा लिन आउनेहरु को सान्-सानो जुलुशनै हुन्थ्यो|अघिल्लो बर्षको  अश्टमी, नवमीको दुबै दिन कुर्दा कुर्दा लुगा नसकिएर टिकाको दिनमा पनि आधी दिन सम्म  भोकै, रुदै  कुरेको थिए|
 
जमुनिका जेठा दाइले  सधैं लाहुरबाट दसैंको छुट्टीमा फर्कादा लुगा ल्याउथे, तेसैले तेल्लाई तेती दमैको मा जानु पर्दैनथ्यो| तर, यो बर्ष चाँही तिन्को कम्पनीले छुट्टी दिएन अरे, तेसैले जेठादाइ दसैंमा नआउने भएका थिए|नभए त घटस्थापनाको दिन देखी नै कलकत्ते झ्याम्फर र कमिज लगाएर चप्पल पड्काउदै दिनको एक पटक गाउ चाहारी सक्थी| यसपटक जामुनिलाई एउटा रेडिमेढ झ्याम्फर तर त्यसमाथी लगाउने लगाउनेको कमिजको कपडा किन्देका रहेछन| तेसैले दमैकोमा जानलाई अब जमुनी साथी हुने भई|फुलपातीको अघिल्लो दिन जमुनी आई |त्यो दिन लुगा सिएर त सकिएको छैन भन्ने पक्का थियो तैपनी भिर्खेदाइ ले कपडा काटेका छन कि छैनन भनेर बुझ्न जाने भएऊ|पिङ भएको चौतरामा पुगियो|त्यहाबाट दाहिने तिर लाग्दा हाम्रो स्कूल पुगिन्थ्यो भने सिधै ठाडो लागे दमै गाउ पुगिन्थ्यो|२-४ फन्को पिङ खेलेर उकालो लागियो|
 
पुरै रातोमाटाले पोतेको घुमाउने घर थियो ति दमै दाइको| घर सँगै एउटा धन्सार थियो, धन्सारमा भैंसीका २-३ वोटा पाडा -पाडी बाधेका थिए|ति पनि खोइ कस्का हुन अधियामा पालेका रे| घरको एउटा पिढीमा  लुगा सिउने  कल थियो, अर्को पिढीमा कुखुराको खोर |तिनै कुखुराले खोस्रेर फालेकाले होला आगन, मलखादो  वरीपरी कपडाका रङीचङी  धुजा छरिएका थिए| आगनको बिचमा कुखुराका चल्ला छोपेको डोको थियो|एउटा पिढीमा  बस्दा  कुखुराको सुली ठ्वास्स गनाउथ्यो भने अर्को पिढिमा रातो कोइला राखेको इस्त्रिको गन्ध|हामी पुग्दा भिर्खे दाई खट्खट पार्दै खोइ कस्को हो दौरा खुट्दै रहेछन|तिन्की बुढी भने निलो रङको एउटा कमिजमा ताक लगाउदै थिन|
 "लुगा लिन आयौ क्या हो साना?" हामीलाई देख्ने बित्तिकै कलको घुमि�
 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-27-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसबेला सम्म जमुनी देखिएकी थिन, नभए "बाट बाटै धारो लाउदै हिड्छस, अनी   तेरा  तिर धुंवा नआए कता जान्छ त ?" भनी सक्थी|


यो जमुनि लाई कुरा गर्न पनि कती आउदो हो , बदमाशि कुरा भने पनि बदमाशि काम गरेको चाँही नलेखम है राजा
जे होस् मज्जा  आउँदै छ पढ्नलाई


 
Posted on 07-27-09 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन देखी तपाईंको कथा पढि रहेको थिए। कमेन्ट गर्न खोज्दा शब्दहरु नै नभेटेको जस्तो भईरहन्थ्यो। गाउँले परिभेषको बर्णन र भाषाले त्यही पुगेको जस्तो अनुभब हुन्छ। यस्तो बिषय बस्तुमा लेखिएका कुराहरु कमै पढ्न पाईन्छ। यस्तो उत्कृष्ट रचना हामीलाई बाँड्नु भएकोमा धेरै धेरै धन्यवाद। लेखन यात्रा जारी रहोस्।


 
Posted on 07-27-09 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चिको रे छ। तिर्खा लागेको बेला पानी भेट्या जस्तै भो।
 
Posted on 07-27-09 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taruni vetya vaya  Panee tira lagthyo kee Taruni tir Bange la vannus ta

 
Posted on 07-27-09 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल ढुक्कले पढियो 'जमुनी महात्म्य'! क्या काईताको कथा!! राजा ब्रो यस्तो खर्राँट कथा-शिल्पी पनि हो भन्ने थाहा थिएन। साँच्चैनै मन छोयो गाऊँले जीवनको यो मनमोहक प्रस्तुतिले। बाँकी भागको ब्यग्र प्रतिक्षामा छु।
Last edited: 27-Jul-09 09:47 PM

 
Posted on 07-28-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ५ ६ एकै चोटि पढियो निकै मज्जा आयो , दसैं को तयारी कस्तो मनै छुने गरी गर्या , नेपाला दसैं मनाएको झल्झली याद आयो, हाम्रा घरा नि काफल को रुख थियो सानो छदा सब बच्चा पाटी हरु रुख चढेर भेट्टाइ खेलेको नि याद आयो । ल ल प्रभु अझै पेलुम  
 
Posted on 07-31-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist:


कथा पढेर सुक्ष्म बिश्लेशण गर्नु भएकोमा मुरी मुरी धन्यवाद|


polly-


प्रेरणाको लागि धन्यवाद| कथामा "ट्विस्ट" आउछ कि आउँदैन भन्न् नमिले पनि तपाईंको "राजा हरिस्चन्द्र" माथिको विश्वाशलाई धोका नदिने प्रयत्न गर्नेछु|


1710s:


<<From your writing, I believe you are from suburb of Pokhara.>> ठ्याक्कै पार्नुभो क्या रे नि|


nakkali keti, serial,  stat:  प्रेरणाको लागि फेरी पनि धन्यवाद |


deep: <<


घच्चिको रे छ। तिर्खा लागेको बेला पानी भेट्या जस्तै भो। >>

 प्रभो एती भन्नु भो, आजको दिन बन्यो|


aman: तेही त भने, कि कसो?


Gautam. B: ब्रो के को म कथा -शिल्पी हुनु नि, काठ काट्दा अक्षर परेको मात्र हो\


बैरे: हो त, त्यो पो लाइफ| काफल रूख बाट चिप्लेर पछारिए पनि नदुख्ने नि तेती बेलाँ त| कि कसो?


 
Posted on 08-20-09 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाग -७ 

 

"यो मरिचेलाई डोली चडाएर लानेलाई दुइटा थाल दाईजो दिन्थे|यस्का बरीवात बाजा बजाउदै कहिले भन्ज्यांगबाट ओरालो लाग्लान?" म र जमुनी पधेरा बाट फर्कदै थियौ, दीपककी आमा अलिक अघाडीनै थीइन्| मुन्तिर गल्लीमा  हामी हिंडेको देख्ने बित्तिकै मैनाकी आमा धारे हात लगाउदै गाली गर्न थालिन|   जमुनी भने मैनाकी आमाले तेस्का नाममा गरेको प्रार्थना सुन्ने बित्तिकै कान्लामा  जुको टासिए जस्तै टसिएर लुकेकी थीइ| "फेरी मैना माथि के चाँही उपद्रो गरेर मरिछे यो मरिचेले नत्र भने यतिन्जेल सम्ममा यस्ले मैनाकी आमाको मुखमा बिर्को ठोकी सक्थी" मन मनै सोचे| मैले हातको पार लगाएर "किन हो ?जमुनी " भन्न  नपाउदै उस्ले चोर औलो देखाएर चुप लाग भनी|बारीको पाटाबाट अली अली फुल खेल्न थालेका कात्तिके  बोडीका झ्याङ लहरिदै गल्लीको कान्ला सम्म आई पुगेका थिए| तिनै झाङको छेल परेर लुक्दै जमुनी चाँही भागी|नबिराउनु नडराउनु भन्ने लाग्यो| हुँदा न खादो,  बिना सित्तिमै किन आफ्नै गल्लिमा पनि लुते कुकुर हिंडेझै गर्नु भनेर म सामन्य रुपले नै हिंडे|  अल्ली अगाडि  बांसको झ्याङ नेर मलाई कुरेर बसी रहेकी रहिछे जमुनी|  "किन त्यसरी लुकेर भागेकी जमुनी?" पलाक पुलुक हेर्दै मैले सोधे|" तेस्की छोरीले  पिङ खेल्दा  चप्पलको धुलो मेरो टाउको मा खसाली,  हिजो कोत जांदा मैले पनि तेस्को दसैंको लुगामा अलिकती गोब्बर लगाइदिए, तेही भएर होला नि " अझै खुबै रिसाएकी देखिन्थी जमुनी|

 

 

भिर्खे दमै दाईको घरबाट करिब १ घण्टाको ठाडै उकालो लागे पछी आउने वन काटेर फेरी अलिकती छड्के उकालो हिंडे पछी खुरी खण्ड  छानाको पाखो आउथ्यो, तेही एउटा खुल्ल चौरमा कोत घर थियो| तेही घरमा फुलपाती भित्र्याउने चलन थियो| अरु बेलामा  कोईलीको एकोहोरो आवाजसङै बिरक्त लाग्ने त्यो छानाको पाखो पनि चैते दसैं र दशैमा ब्यस्त देखिन्थ्यो| दसैं मा कोत घरमा पूजा गर्ने जेठो पूजारी, कोत घर लिप पोत पार्ने र पूजाको सहयोग गर्ने माइलो पूजारी, र कालरात्रीमा पन्च बली दिने कान्छो पूजारी हुन्थे|फूलपातीको दिन कोत घरमा फूलपाती भित्र्याउने तामझाम हेर्न पर पर गाउका मान्छे समेत आउथे| मलाई चप्पलको धुलो भन्दा पनि "आफ्नो लुगा दमैकोमा, आफ्नै अगाडी , आफ्नै दुश्मनले दसैंको नयाँ लुगा ढल्काएर हिंडेको" सहन नसकेकी होली जस्तो लाग्यो | "अघिल्लो दिनमा दलेको गोबरको रिस आज सम्म पनि नमोर्ने गरी कती धेरै दलेकी तनी तैले पनि?" बासको एउटा सिन्को पिटिक्क भाच्दै मैले सोधे|"तेस्का लुगा कती गोबर लाग्यो भनेर त आँफै गएर नाप्न, मैले त गोबर को थाप्रोमा ढुङ्गा हानेर तेस्का जिउ मा छिटा पार्देकी हुँ " मलाई समेत  रिस उठ्ने गरी भनी|   


 हामी  आईपुग्दा दीपककी आमा घरजान लागेकी रहिछिन, स्यान्दाइ चाँही अझै सम्म पनि खसीको टाउको खुइल्याउदै थियो| आगनमा पोखिएको खसीको रगत सायद घामले सुकेर होला, कालो भईसकेको थियो|रतन दाई चाँही हिडिसकेछन| "ल आज भिर्खेकोमा लुगा लिन जानु पर्ने, यिनिहरू त दिन भरी पधेरामै चेपागाडा मारेर बसेछन कि क्या हो? " सालको पात खुटेर बनएको दुनुमा अड्किएको रक्ती हातमा टकटकाउदै बाले भन्नु भयो| "पोलेर पनि खाए जस्तो छ कान्छा बा यिनिहरुले चेपागाडा त"  झिल्स्याउन सजिलो हुन्छ भनेर होला सिङ फुस्कीसकेको टाउकोको मुख मा एउटा दाउरो छिराउदै स्यन्दाइ ले मौकामा चौका हान्यो|दसैंलाई चिउरा खान भनेर जमुनीको गैरी खेतमा प्र्याय: ताइचिन धान रोप्थे|तेही धानको अलिकती चिउरा, अलिकती भुटेको भित्र्यास र अलिकती रक्ती खाएर म र जमुनी भिर्खे दाइका तिर हान्नियौ|

 

यो बर्ष भने भिर्खे दाइले भनेकै दिनमा लुगा सिएर सकेका रहेछन|"यो बर्ष भने यि सानाले टिकाको दिन सम्म कुर्नु परेन, ल यो चाँही तिम्रो पाइट, यो चाँही तिम्रो कमिज, अनी यो चाँही तिम्रो बा र आमा को लुगा" कपडा राखेको डालोबाट  एउटा कन्नानी जस्तो डोरिले बाधेको कपडाको पोको निकाल्दै मलाई दिए भिर्खे दाइले|"यिनी नानीको चाँही यो ल " भन्दै अर्को तेस्तै तर अलिक सानो पोको जमुनीलाई दिए|नयाँ लुगाको गन्ध र चमक श्पष्ट अनुभव गर्न सकिन्थ्यो| "म भोली बिहान भाग लिन आउछु भन्देउ है बा आमा लाई " हामी हिंड्न लागे पछी भिर्खे दाइले भने| सधैंको दसैंमा खसीको पुछ्छर र् अलिकती मासु दमै भाग भनेर छुट्याउने चलन थियो|

 

 

घरमा पुगेर लुगा लगाएर हेरे, पाइट अलिकती ठुलो र लामो, अनी कमिज पनि अलिकती ठुलो रहेछ| लुगा छेक्ने बेलामा आमाले "बड्ने केटा केटीको लुगा नाप भन्दा ठुलै बनाइदेउ है भिर्खे दाई, फेरी ३-४ महिनामै छोटा हुन्छन " भनेकाले अलिक ठुला सिलाइदेका रहेछन| कमिजको बाहुला अलिकती दोब्राए ठीक ठिकै देखियो| पाइट  दोब्राए, लम्बाइ मिले पनि कम्मर चै ठुलोनै भयो| केही सिप नलागे पछी, हुक लाउने फितालाई ल्याएर पेटी अड्काउने पेटिघर मा बाधेर अड्काए|नँया लुगा पाएको २-४ दिन चाँही रातो माटो लाग्छ भन्ने डरले  पिढीमा बस्न, भित्तामा आँड लाग्न पनि मन नलाग्ने|  "नँया लुगा लाएर चिप्लेटी खेल्ने हैन नि राजेश" बाले अलिक सतर्कता देखाउदै भन्नु भयो| हुन पनि दसैं सिद्दिएको २-३ महिनामा नै गाउका धेरै जसो केटा केटीको जांघेमा टालो हाली सकेको हुन्थ्यो| चिप्ले ढुङ्गामा गयो, चिप्लेटी खेल्यो, ढुङ्गाको तातोले छाला छोए पछी बल्ल जांघेमा भ्वांग परेको थाहा पाइने|अरु कुरा लुकाए जस्तो नहुने, जती गरे पनि जांघेमा पुर्णिमा का चन्द्रमा जत्रा प्वाल घरका मान्छेले थाहा पाइ हाल्थे|  अघिल्लो बर्ष मेरा जांघेका प्वाल देखेर "कत्राहा सधैको नाँगो, कलाहा  सधैंको भोको" भन्दै खुब गाली खानु परेको थियो| कती दिनलाई टिक्ने हो थाहा थिएन, तैपनी मनमनै  चिप्ले ढुंगा र पाइटको स्पर्श नगराउने बाचा गरे|

क्रमश:

 

 

 
Posted on 08-21-09 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was a silent reader from before. But I couldn't stop not commenting after this section.

This just awesome. I saw the whole visual of the typical village life infront of my eyes.

GREAT!!!!!!!

Waiting eagerly for more RajaHarishchandra ji!

 
Posted on 08-21-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ढुङ्गामा गयो, चिप्लेटी खेल्यो, ढुङ्गाको तातोले छाला छोए पछी बल्ल जांघेमा भ्वांग परेको थाहा पाइने


दामी जादै छ राजा पेलौ पेलौ


 
Posted on 08-21-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-- पाइट  दोब्राए, लम्बाइ मिले पनि कम्मर चै ठुलोनै भयो| केही सिप नलागे पछी, हुक लाउने फितालाई ल्याएर पेटी अड्काउने पेटिघर मा बाधेर अड्काए|

Dude, seems you are writing my story! Every single line so clear and vivid... SIMPLY GREAT and REAL!!!

 
Posted on 08-21-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा जि, मैले हिजै पढ्या तर कार्य-ब्यस्तताको कारण कमेन्ट हाल्न भ्या थेन, यो पारट पनि दर्हो गयो, हरेक लाइन पढ्द गाउँले परिवेशको झझल्को आयो, एकदम उत्रिक्स्त लेखाइ भनेर त पैले नै भनी सकेको छु, खै नयाँ भन्न लाई केइ नि बाँकी नै छैन। जय हो!
 
Posted on 08-24-09 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण पाठकहरुलाई कथा पढि दिनुभएको मा धन्यवाद| silugadi,stat, ANS, perfectionist-कमेन्ट को लाई फेरी पनि धन्यवाद|  अर्को भाग यथासक्य चाडो टास्ने छु|
 
Posted on 08-24-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajib kathako lagi Yo Pathak ko tarfa bat pani Dhanyabd hai.

 
Posted on 08-24-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Desperately waiting for next part.

 
Posted on 08-28-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग -८

 

 

 

जमुनिको बिहे हुने दिन| गाउ घरका केटा केटीहरु बिहानै देखी जमुनीको घरमा छन| साँझ जन्ती आउने| कोही आगनमा रङी चङी कागजमा गहुको पिठो दलेर धागोमा टास्दै थिए| जमुनीको मुल ढोका सिधा अगाडि आँगन थियो, अनी घर को दाहिने तिर दाँई हाल्ने खलो| तेही खालो को बिच मा केराका पात, बाँस र सालका सिकेटा राखेर जग्गे बनाएका थिए|कोही भने, बाब्बियाको डोरीमा आँप, पिपलका पात, तिते पातिका मुन्टा, फुल छिराएर जग्गे माथि राख्ने तोरण बनाउदै थिए| जमुनिका बा आमालाई भने भ्याइ नभ्याइ थियो|रातो चोलो र रातै धोती लगाएर जमुनिकी आमा भित्र बाहिर गर्दै थीईन| एकातिर छोरीलाई भने जस्तो घरमा बिहे गरेर दिने आफ्नो कर्तब्य पुरा गरेको मा बुढा बुढी दंग थिए भने अर्को तिर तेसेरी पुल्पुल्याएर पालेकी छोरीलाई कसरी पराइ घरमा बिदा गर्न्रे भन्ने चिन्ता |  टाढा टाढाका नातेदारहरु आउदै थिए| स्यान्दाइ भने गाउका १-२ जना केटा लिएर बेलुका जन्ती पर्सदा बाल्ने  चिराग तयार पार्दै थियो|पिढी भरीका मान्छे मध्ये आधी जती गाउले नै थिए भने, बाँकी आधी चाँही नाता गोता, कुटुम्ब थिए| कोही भने टपरीमा कसार, रोटी र फुरुन्दाना खाँदै थिए|

 

बिस्तारै दिन ढल्किदै गयो, पर भञ्ज्याङमा ड्यांग ड्यांग दुई पटक बन्दुक पड्किएको आवाजलाई क्रमश: नर्सिङाको आवाज ले पछ्याएको सुनिन्थ्यो| "जन्ती त भञ्ज्याङमा आई पुगे जस्तो छ, खोइ अहिले सम्म भत्केरु आई पुगेका छैनन" बेलुकालाई बाल्न भनेर पारी लाहुरेकहा बाट ल्याएको मईन्टोलमा मट्टीतेल हाल्दै जमुनिका मामाले भने|तेतिनै बेलामा, ४-५ नौला अनुहार तगारोनेर देखिए, तिनै नै रहेछन  जमुनिका भत्केरु| सायद जन्ती नजिकिदै गरेकाले होला, नर्सिङाको आवाजसँग सँगै बिस्तारै सहनाइ, दमाहा र ढोलको आवाज पनि सुनिन थाल्यो| बरीयात जमुनिको गल्लिमा आएर रोक्कियो| बाजा जोड जोड ले घन्किन थाल्यो|खुइलिएको टाउकोमा फेता बाधेर जमुनिका बा आँफै  गल्ली तिर गए|उनी संगै गाउलेको भिडमा हामी पनि थियौ|गाउमा अरुको बरीयात आउँदा सब भन्दा पहिला जन्ती सँग मिसिन पुग्थी जमुनी| बेहुली भएर बस्ने दिन, जमुनिले यि द्रिश्य चाहेरै पनि हेर्न पाएकी थिन| सायद, भडारको कुनामा जमुनिलाई राखेर सिङार्दै होलान|कोरी बाटी गरेर, रातै चोली र रातै गुन्युमा मरिचे जमुनी कस्ती देखिने होली? सबै जना जमुनीलाई हेर्न आतुर थिए|

 

ताम्दानीबाट झरेर बेहुला एउटा पिर्कामाथी उभिएको थियो| जमुनिका बाले बेहुलाको पूजा गरे, वोरी पोरी तीन फ्न्को घुमे| "यस्ती जमुनिलाई बिहे गर्ने आंट गर्ने कस्तो मर्द रहेछ" भनेर म पनि नजिकै गएर हेरे|| बेहुला तेही १४-१५ बर्ष जतिको होला, ओठ माथि जुँगाका रेखी मैन्टोलको उज्वालोमा पनि देख्न सकिन्थ्यो| एउटा कागज टाँसिएको कालो चस्मा भित्रका उस्का आँखा अध्यारोमा कता फर्किएका छन देखिदैनथ्यो|अरुको बिहेमा भए जमुनिले "हेर त राजेशे, फलानो ले त छोरी त्यस्तो झुशे झुसिल्किरो सुकुलगुण्डा लाई पो दिएछ" भनी सक्थी होली |जन्ती पर्सन सबैले हातमा अछेता लिएका थिए| "जन्ती पर्सदा अछेतामा धुलो माटो मिसाएर हान्ने हैन नि केटा केटी हो"  बिहानै स्यान्दाई ले उर्दी लगाइ सकेको थियो| हुन पनि केटा केटी ले जन्ती पर्सदा  एक मुठी अछेता सँगै २ मुठी धुलो फ्याक्ने जन्ती माथि| जन्ती पर्सन लाई चिराग बाले, जन्ती हरुले छाता खोलेर बेहुला लाई झ्याप्प छोपे|

 

आँगनको बिचमा स्कूलबाट ल्याएका  दुइटा काठका  कुर्ची सजाएका थिए| बेहुलालाई ल्याएर एउटामा राखे, अर्को जमुनीको पर्खाइमा थियो|सबैका आँखा ढोकातिर नै थिए| जमुनीकी माइजुले जमुनिलाई ल्याएर खाली कुर्चीमा राखिन| रातो घुम्टी भित्र  रातो गुन्यु र रातो चोलो मा सजिएकी थि जमुनी| सायद पटुका लामो भएकोले होला, जमुनीको लम्बाइ र चौडाइ लगभग बराबर देखिन्थो|बेला बेलामा गुन्युको सप्को मिलाउदा हातका चुरा बजेको आवाज सुन्न सकिन्थ्यो| "बाख्रीको पुछ्छर खाए " जस्ती जमुनी त्यो काठको कुर्चीमा चुप चाप बसेकी थि| "केटा केटीको जोडी त ठ्याक्क मिलेको छ, हैन त कान्छा" स्वम्बर गर्न उठेका बेहुला र बेहुली तिर हेर्दाइ फलाके बुढा ले हाम्रा बालाई भने|खोइ, जमुनीका नयाँ जुताले हो कि, केटा अलिक होचो भएर हो, साच्चै जोडी चाँही मिलेकै थियो|डरले हो वा के ले हो, स्वम्बरको औठी लगाउने बेलामा बेहुला थर थर कामे जस्तो देखिन्थ्यो|जन्ती र घरबेटी को ताली, पन्चै बजा र ३ नाल बन्दुकको तोप सँगै जमुनिले केटालाई दुबोको माला लगाइदी|  

 

 

माल घुम्ने बेलामा मलाई पनि जग्गेमा एउटा नाङ्लो  समाएर उभिन लगाए| स्यान्दाइ पनि सँगै थियो|  जमुनी अघी अघी, अचल गाँठो समाएर बेहुला चाँही पछी पछी| बेहुला बेहुली एक फन्को घुमेर हामी भए ठाउमा आउँदा स्यान्दाइले  मैले समातेको नांग्लो बाट एक पसरो  भुटेको लाहा जमुनिलाई दिन्थ्यो, अनी पुरेत ले पढेको मन्त्र संगै जमुनिले त्यो लाहा आगोमा होम्थी|हामी दाजु भाईका नाती नातिना भए पनि त्यो क्षणले म र जमुनिको नाता लाई अझै एउटै घरको दाजु बहिनिको रुपमा नजिक ल्याइदिएको थियो| म परिवारको एउटामात्र सन्तान| आफ्नै घरमा भाई बहिनी भए कस्तो हुन्थ्यो भन्ने अनुभव नभए पनि, सायद जमुनीसँग को मेरो संगत ले त्यो खालीपन लाई केही भने पनि अवश्य पुरेको हुनु पर्थ्यो|

 

सिन्दुर हाल्ने बेला भएछ| दाजु भाईले हेर्न हुँदैन भनेर हामीलाई भित्र लखेटे| भित्र बाट " वोरी पारी सिन्दुर को घेरा, माइती जती कसैले नहेर" भन्ने गीतको सुरमा शाहनाइ बजेको स्पस्ट सुनिन्थ्यो| भित्र एउटा कुनामा जमुनिकी आमा सुक्क सुक्क गर्दै रोहेकी थीईन| बुढेसकाल मा जन्मे कि छोरी, सानै मा बिहे गरेर पठाउन पक्कै पनि गाह्रो भएको थियो| आमा रोएको देखे पछी के के सोचेर हो, स्यादाइ पनि घुक्क घुक्क गर्न थाल्यो| मैले आफुलाई रोक्ने बढो कोशीस गरे, केही सिप नलागे पछी म पनि घुक्क घुक्क गर्दै थिए, "टिका को दिनमा पनि यस् बेलासम्म सुत्छ, ओई उठ" भनेर आमाले घचघचाए पछी झल्यास्स बिउँझीए| बिहानी हुने बेलामा देखेको सपना साँचो हुन्छ भन्थे, जती झगडा गरे पनि साच्चै जमुनिलाई डाँडो कटाईदिन्छन कि भन्ने पिर लाग्न थाल्यो| हुन त, उल्लाई मन नपरेको कुरा गर्न किन मान्थी जमुनी| उस्ले चाँही भने,  तेल्लाई हेर्न आउने केटालाई भिरको टुप्पा बाट ढुंगा लडाएर भए पनि लखेट्न सक्छे|

 

 

क्रमश:
 

Last edited: 28-Aug-09 12:55 PM

 
Posted on 08-28-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सायद पटुका लामो भएकोले होला, जमुनीको लम्बाइ र चौडाइ लगभग बराबर देखिन्थो|>>>

<<<
उस्ले चाँही भने,  तेल्लाई हेर्न आउने केटालाई भिरको टुप्पा बाट ढुंगा लडाएर भए पनि लखेट्न सक्छे|>>>



यो पनि सार्है राम्रो गयो, ब्याको कस्तो राम्रो बयान भो भने नि, ल दाSSSSSSSमी भो, अर्को भागको प्रतिक्षामा

 
Posted on 08-30-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-८ पढ्ने पाठक हरुलाई  धन्यवाद र


aman, mtrmani, sajha_addict: कमेन्टको लागि फेरी पनि धन्यवाद|


 
Posted on 09-01-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक हप्ता साझा बाट बिलाको थिए २ भाग एकै सास मा पढे , ओहो दशै को त्यो पोल्या मासु , रक्ती र चिउरा याद आयो । मुखै रसायो , म त ७ को अन्तिम बाट ८ मा जादा कसरी जामुनी को  बिहे हुन आट्यो भनेर सोची रहा , सपना पो रहेछ । लौ टिका को दिन को पनि बर्णण सुनौ , अरु भन्दा नि प्रभु आफु खान को लागि प्रख्यात छु , होइन भने perfectionist लाई सोध्नु त्यसै ले प्रभु खाना को कुरो नि गरौ है ।


त्यो सिङो खसीको मासु को बेज्जत नगरौ


 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
🙏 दलाल स्ट्रिट 🙏
सालीको चाक
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
Intellect of Sajhaites and Nepali in general
साझाका लेखाईले आतंकित बनाउछ
जोईटिङ्रे को उदय
मेरो नेपाल यात्रा
Mero USA yatra
ChatSansar.com Naya Nepal Chat
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Corona virus - how deadly is it really? and for whom?
Now we can have dual citizenship!!!
लोगन पिडित संगर्ष समिति
Unlawfully Entered TPS holder can Apply for Green Card
Ring Ring!
सालीको पेन्टी
" म किन हिन्दु होईन" पढ्नु भएको छ ? Must read and know about Hinduism
Saroj Sai - Cover Songs - Music
भाते मुखियाबा
अर्काको मुतको न्यानोमा समाउनेहरु....
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters